८ वैशाख २०८१ शनिबार
विचार

नार्सिसस र नाङ्गा बादशाह

ग्रीक मिथकमा एउटा पात्र छ– नार्सिसस। नार्सिसस आफ्नो रूपमा यति निमग्न थियो, ऊ सधैँ तलाउमा आफ्नो सुन्दर छायाँ हेरिबस्थ्यो। एक दिन ऊ त्यही पोखरीमा डुबेर मर्‍यो। नार्सिससकै नामसँग जोडेर आत्मप्रशंसाको मनोरोगीलाई नार्सिस्ट भनिन्छ। आफ्नो कुनै कमजोरी देख्न नचाहने र सर्वत्र जयजयकार मात्र सुन्न चाहने मनोविज्ञान नै नार्सिस्ट हुनुको लक्षण हो। नार्सिस्टहरू आलोचना वा विरोधदेखि सदैव डराउने गर्छन् जबकि समाजमा आलोचना र विरोध स्वाभाविक हो। राम्रो मनसायले आलोचना गरेको पनि सहन नसक्ने तर झुठै भए पनि प्रशंसा सुन्न चाहने कमजोरीका कारण नार्सिस्टहरू झुठा प्रशंसकहरूकै वरिपरि रमाइरहेका हुन्छन्। सदाशयता राख्ने आलोचकहरूलाई उनीहरू टाढा भगाउने गर्छन्। आत्मप्रशंसामा रमाउने प्रवृत्तिकै कारण नार्सिससको उदेकलाग्दो अन्त्य भएजस्तै हरेक नार्सिस्टको अन्त्य पनि उदेकलाग्दो नै हुने गर्दछ।

हान्स क्रिस्टन एन्डरसनको कथाको पात्र ‘नांगो राजा’ पनि नार्सिस्ट मनोरोगका बिरामी थिए। उनी सबैले आफ्नो प्रशंसा गरिदेओस्, आफ्नो जयजयकार गरोस् भन्ने चाहना राख्थे। आफूस“ग फरक मत राख्नेलाई उनी पर भगाउ“थे र अन्धभक्ति गर्नेलाई काखी च्यापेर हिंड्थे। राजाको प्रतापको त्रासमा बाटो छेउ बसिरहेका मानिसहरूले राजाकै चाहनाअनुसार राजकीय सुन्दरताको जयजयकार गर्थे। तर, राजाको प्रतापको पर्वाह नगर्ने बालकले भनिदिए– राजा त नांगै छन्। बालकको अबोध आ“खाले देखेको थियो, बादशाहको गिद्दीमा सल्बाइरहेका नार्सिस्ट रोगका किटाणुहरू।

मिथक र मिथकीय पात्रहरू आफैँमा सत्य होइनन्। तर समाजका सत्यलाई टुक्रा–टुक्रामा मिथकले परावर्तन गरिरहेका हुन्छन्। मिथकका पात्रहरू जति अजिब खालका देखिन्छन्, बेलाबेला तिनमा बेजोडको सजीवता देखिने गर्दछ। आज सत्तासीन नेकपाका नेताहरूको मनोविज्ञान र क्रियाकलापको अध्ययन गर्दा ग्रीक मिथकको यो पात्रको मनोविज्ञानले बेजोड सजीवता पाएको देखिन्छ। नार्सिससहरूको कमजोरी, उनीहरूलाई आफ्नो शक्ति क्षणिक हो भन्ने स्वीकार्न सबभन्दा गाह्राे हुन्छ। उनीहरू आफूले कुनै बेला उपभोग गरेको शक्ति नै अन्तिम सत्य हो, यो सधैँका लागि हो भन्ने भ्रममा हुन्छन्। त्यसकारण शक्ति हु“दासम्म उनीहरूलाई आफ्नो सुन्दरताबाहेक कुनै अरु कुराप्रति चासो राख्नुपर्छ भन्ने लाग्दैन, आलोचनात्मक नै भए पनि अरुका विचार र बुझाई सुन्नुपर्छ भन्ने लाग्दैन। जब शक्ति क्षीण हु“दै जान्छ, आफूलाई प्रशंसाले पुर्ने मानिस पनि पर–पर जान्छन् तब उनीहरू छटपटाउ“छन् र पोखरीमा डुब्छन्।

आज सत्तासीन दलका नेताहरू नग्नतालाई नग्न भन्न हिम्मत नगर्नेहरूको चौघेरामा फसेका छन्। नार्सिससजस्तै आफ्नो सुन्दरतामात्र हेर्न चाहने प्रवृत्तिबाट आक्रान्त छन्– हाम्रा सत्तासीनहरू। प्रधानमन्त्री र सत्तासीनहरू नग्नतालाई नग्न भन्न नसक्ने र नभएको लुगाको प्रशंसा गर्नेको घेरोमा परेको प्रस्ट छ। नार्सिसस र ‘नांगा बादशाह’ले चलाएको देश कसरी पो समृद्धिको बाटो हिँड्ला खोइ ?

सरकारका गतिविधि हेर्दा आज ऊ आफ्नो प्रशंसाबाहेक कतैबाट आलोचना वा विरोधका कुनै शब्द सुन्न तयार देखिंदैन। उसमा यस्तो मनोविज्ञान पलाउनुको कारण दुईतिहाई बहुमतको दम्भ, तीनै तहका राज्यमा आफ्नो बहुमत र कमजोर प्रमुख प्रतिपक्ष। मानिस जब नार्सिस्ट मनोविज्ञानबाट विरामी हुन्छ, उसलाई आफ्नो सड्ढटमा साथ दिने साथीको सम्झना हु“दैन। अझ असल साथीको असल सल्लाहलाई उसले विरोध वा दोषरोपणको रूपमा लिएको हुन्छ। अनि वरपर बसेर हु“दै नभएको लुगाको प्रशंसागान गाउने मन्त्री र आउरेबाउरेलाई आफ्नो ठान्छ। नेकपाका नेताको निम्ति हिजो आन्दोलन र सङ्घर्षको मैदानमा स“गै लडेका योद्धाभन्दा सत्ताबाट फाइदा उठाउन खुट्टा उठाइरहेका स्वार्थी र लोभीपापी नै प्यारो लागिरहेको छ। तिनीहरूले उसलाई आफ्नो नजिकको महसुस भइरहेको छ।

प्रधानमन्त्रीले पानी जहाज कार्यालय उद्घाटन गरे। उद्घाटन भएको भोलिपल्ट कार्यालयमा तालाबन्दी गरिएको मात्र थिएन, अघिल्लो दिन उद्घाटन गरिएको बोर्ड समेत बेवारिसे अवस्थामा छोडिएको थियो। बादशाहको लुगाको सुन्दरताको प्रशंसा गर्ने मानिसहरूले बादशाहलाई नङ्ग्याए जस्तै आफ्नो नजिक मानेका कर्मचारीले प्रमलाई नङ्ग्याइदिए। ओलीको नार्सिस्ट मनोविज्ञान बुझेर प्रशंसाको बौछार गरेकाले नै यस्तो अवस्था निम्त्याए। तर, यो वास्तविकता बुझ्न शासकलाई केही कुराले रोक्छ भने त्यो नार्सिस्ट मनोविज्ञान नै हो। प्रशंसामा रमाउने र विरोध सुन्न नचाहने भए पछि पानीजहाज कार्यालयको तालाबन्दी र बोर्डको बेवारिसे अवस्थालाई पनि ‘सरकारविरुद्धको गम्भीर षड्यन्त्र’का रूपमा मात्र हेरिन सक्छ।

हालै गायक पशुपति शर्माको गीतलाई लिएर सत्तासीन दलसम्बद्ध युवा संगठनले देखाएको गतिविधि नार्सिससलाई खुशी बनाउन नाड्डो बादशाहका मन्त्रीहरूले गरेको भक्ति हो। शर्माको गीत वास्तवमै राज्यको निम्ति आपत्तिजनक भएको भए कानुनअनुसार कारबाही अघि बढाउन सक्नुपथ्र्यो। कानुनको रक्षा गर्न राज्यस“ग थुप्रै जनशक्ति र संयन्त्र छन्। तर तिनलाई बेवास्ता गर्दै सत्तासीन दलसम्बद्ध युवा संगठनले कारबाही चलाउने धम्की दिंदै हिंड्नु कानुनी शासनको उपहास हो। युवा संगठन आफैँ कारबाहीको तहमा उत्रनु भने बादशाहको लुगाको प्रशंसा मात्र हो। सरकारले वास्तवमै समाजलाई मर्यादित बनाउन चाहने हो भने सत्तासीन दलले आफ्ना जनवर्गीय संगठनको सहारा लिनु भन्दा राज्यकै निकायको परिचालन गर्न आवश्यक छ। सत्तासीन दलको जनवर्गीय संगठन हुनुको अर्थ सरकारको आ“खा चिम्लेर पहरेदारी गर्नु ठीक होइन। आफ्नो सरकारले गर्दा जे पनि सदर हुने र आफ्नो पार्टी विपक्षी खेमामा हु“दा त्यही गलत हुने दोहोरो मापदण्डले राजनीतिलाई अनैतिकता र अराजकतातिर धकेल्नेछ।

पञ्चायतकालमा जनवर्गीय संगठनको सही परिचालन नहु“दा पञ्चायत धेरै कोणमा बदनाम भएको इतिहासबाट सिक्न जरुरी छ। व्यवस्था र सरकार जोगाउने नाममा सत्ता नजिकका युवा कार्यकर्तालाई कानुन नै सुम्पिने, के ठीक के बेठीकको निक्र्योल गर्ने अधिकार दिने, अझ कारबाहीको अधिकार समेत दिने तत्कालीन विकृतिले अन्ततः पञ्चायतको जरा काटिन धारको काम ग-यो। पञ्चायतका जनवर्गीय संगठनहरू पनि आत्मप्रशंसाका भोका राजा र राजपरिवारको भावना बुझेर अन्धप्रशंसाको बौछार लगाइदिए। तर आखिरमा त्यसैले पञ्चायतलाई तलाऊमा डुबायो। नार्सिससहरू मारिए। बादशाह त नांगै थियो।

सत्तासीन दलकै केन्द्रीय सदस्य बनेका नेताहरू बेला–बेला विभिन्न अखबार र सामाजिक सञ्जालका भित्तामा सरकारप्रति गुनासा पोख्ने गर्छन्। उनीहरूका त्यस्तै सरकारप्रतिका आलोचनात्मक टिप्पणी र दृष्टिकोणले उनीहरूलाई सत्ताकेन्द्रमा प्रवेश निषेध गरिएको हुन्छ वा उनीहरू जा“दैनन्। सिंहदरबारको खोपीमा तातो चिया र चौरमा बदाम छोडाउन जाने को हुन् त ? तिनै जसले बादशाहको नांगो आङ देखी देखी सुन्दरताको भजन गाउ“छन्। अनि शासक सिंहदबारको सिंहको टाउकोमा सुरवालको पगरी देख्दैनन्। मकिंदै गएको सिंहदरबारको गेट देख्दैनन्। जसले देखेको हुन्छ, तिनलाई प्रवेश निषेध गरिएको हुन्छ।

आफ्ना सन्तानको प्रशंसा मात्र सुन्न चाहने धृतराष्ट्रले जुवाको खालमा कौरवले द्रौपदीलाई गरेको दुव्र्यवहार रोक्न सकेको भए कौरववंशको नियतिले अर्कै आकार लिने थियो। कौरवलाई समयमै सच्याउन धृतराष्ट्रलाई केहीले रोकेको थियो भने आफ्नालाई काखी च्याप्ने र अरुलाई लखेट्ने चिन्तन नै थियो। आज सत्तासीन दलका नेताहरू नग्नतालाई नग्न भन्न हिम्मत नगर्नेहरूको चौघेरामा फसेका छन्। नार्सिससजस्तै आफ्नो सुन्दरतामात्र हेर्न चाहने प्रवृत्तिबाट आक्रान्त छन्– हाम्रा सत्तासीनहरू। गोबर ग्यास प्लान्ट उद्घाटन गर्न गए प्रधानमन्त्री। हप्ता दिनमै प्लान्ट बन्द भएको समाचार आउ“छ। विद्युत्तीय गाडीको रिबन काट्छन् प्रधानमन्त्री। विद्युतीय यातायातको महत्वबारे लामै चर्चा चल्छ। तर, एकातिरका लागि ल्याइएका गाडी अन्यत्र देखाइएका भनी आलोचना पनि स“गै हुन्छ। यी घटनाले प्रधानमन्त्री र सत्तासीनहरू नग्नतालाई नग्न भन्न नसक्ने र नभएको लुगाको प्रशंसा गर्नेको घेरोमा परेको प्रष्ट पार्छ। नार्सिसस र ‘नांगा बादशाह’ले चलाएको देश कसरी पो समृद्धिको बाटो हिँड्ला खोइ ?

प्रकाशित: २१ फाल्गुन २०७५ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App