१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

माओवादी विद्रोह : न सम्भव न उचित

वर्गोत्थान भइसकेका, सत्तासुख चाखिसकेका र वैचारिक विचलन वा परिवर्तन आइसकेका पूर्वविद्रोहीले फेरि जङ्गल पस्ने दुःख गर्न सक्दैनन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएर सबै तहका चुनावसम्पन्न भई पूर्वविद्रोही माओवादी आफैँसमेतले सरकार बनाएको अवस्थादेशमा छ। यस्तोमा,सशस्त्र विद्रोहका त्रासदी अबका पुस्ताले भोग्नुपर्ने छैन, अब देशमाशान्ति हुनेछ,राजनीतिक स्थिरता आउनेछ, समृद्धि र विकासको ढोका उघ्रनेछ भन्ने जनजनले आशा गर्ने भइगए। जुन आशामाथि धावा बोल्दैसत्तारुढ दल नेकपाकैदुईमध्येका एक अध्यक्ष एवं माओवादी विद्रोहका कमान्डर पुष्पकमल दाहालले ‘अर्को माओवादी जन्मने र झन् ठूलो लडाइँ हुने खतरा’को चेतावनी दिए गत हप्ता।

अमेरिकालगायतका पश्चिमा राष्ट्र जतिलाई दाहालले भेनेजुएलाबारे अनावश्यक र विवादास्पद वक्तव्य निकालेर अर्को धेरै वर्षका लागि बैरी बनाइसकेका छन्। यस्तोमा कुन अन्तर्राष्ट्रिय समर्थनले माओवादी विद्रोह जन्मिने र सफल हुने?

हो,दाहाल बेलाबेलामा प्वाक्क बोल्छन् जुन सुनियोजितहुँदैन तरउनको यो भनाइआकस्मिक होइन,सुविचारित देखिन्छ। एमालेसँगको पार्टी एकतामा आपूmले चाहेजस्तो नभइरहेको,सरकार सञ्चालनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग परामर्श नगरी एकलौटी गरिरहेकोजस्ता कुराले उनी खुसी थिएनन्। हालै भेनेजुएला प्रकरणमा उनले निकालेको विज्ञप्तिलाई लिएर प्रधानमन्त्रीले सार्वजनिकरूपमै आलोचना गरेपछि उनी आक्रोशित पनि छन्।यिनै कुराको जवाफमा र ओलीलाई तर्साउनमात्र उनले ‘माओवादी पुनर्जन्म’को कार्ड खेलेका भए भइहाल्यो।तर यदि त्यसो होइन र उनले उद्देश्यपूर्णतवरबाटै सो कुरा भनेकाहुन् भनेउनलाई केही प्रश्न गर्नु, केही कुरा स्मरण गराउनुपर्ने हुन्छ।

फर्केर हेर्दा
माओवादीहरूले जनयुद्ध भन्नेसशस्त्र विद्रोह प्रारम्भ गर्दा देशमा ठूलो जनआन्दोलनको फलस्वरूपभर्खर प्रजातन्त्र पुनस्र्थापित भएको थियो। नयाँ संविधानलेइतिहासमै पहिलोपटक जनतामासार्वभौम सत्ता निहित रहेको कुरा स्वीकारेको थियो।जननिर्वाचित सरकारले अर्थतन्त्रलाई खुला गरेसँगै आर्थिक विकासको दर ७–८ प्रतिशत पुगेको थियो। स्वयं माओवादीले एकता केन्द्रको ब्यानरमा चुनाव लडेर संसद्मा ६ प्रतिशत सिट ल्याएका थिए। र,संसद्देखि सडकसम्म आफ्ना कुरा भन्नउनीहरूस्वतन्त्र थिए। उतामाओवादीले विद्रोहबाट ल्याउँछौँ भनेको जस्तोसाम्यवाद विश्वभरि नै धमाधम ढल्दै थियो।यसरीदस वर्ष लामो सो विद्रोह न देशको आवश्यकताको उपज थियो न समयको। 

त्यसैले पनि,जुन बुर्जुवा लोकतन्त्रलाई समाप्त पारेर ‘सर्वहाराको अधिनायकत्व स्थापित गर्न’ २०५२ सालमा हतियार उठाएका थिए,शान्ति प्रक्रियामार्फत त्यसैमा समाहितछन्आज माओवादी। सत्ता प्राप्तिलगायतका यस्ता थुप्रै सफलता उनीहरूलाई विगत १२–१३ वर्षका बीचमा मिलेका पनि हुन्। तर तीउनीहरूकोे विद्रोह लोकप्रिय भएर मिलेकाहोइनन्। आन्तरिक ‘फल्टलाइन’ हरूलाई भजाउन सिपालु र बाह्य शक्तिहरूको सहयोग लिन सफल भएकाले मिलेका हुन्।सबभन्दा ठूलोफल्टलाइनथियो गरिबी। त्यसपछि बेरोजगारी थियो, खासगरी ग्रामीण बेरोजगारी।राजनीति र समाज व्यवस्थामा सामन्ती संरचना शेष थियो। सामाजिक विभेद र शोषण, विशेषगरी दलितविरुद्धको छुवाछूतअर्को फल्टलाइन थियो, जुन आज पनि धेरै हदसम्म कायमै छ। किनकि यस्तो विभेद निवारणका लागि शिक्षा र सामाजिक जागरणको जरुरत पर्छ। यसलाईन राज्यले कानुन बनाएरमात्र समाप्त गर्न सक्छ न कुनै विद्रोही शक्तिले

हिंसात्मक आन्दोलन गरेर।
जहाँसम्मराजनीतिक विभेदकोकुरा छ,खासगरी मधेसका सन्दर्भमा एक हदसम्मयो यथार्थ थियो जसलाई फ्रेडरिक गेज जस्ता विदेशी विद्वान्ले संवत् २०१८ सालमै औल्याएका थिए। तर अरु कतिपय ‘विभेद’ मनोवैज्ञानिकमात्र थिए जसलाई माओवादीलगायतका राजनीतिज्ञ, आन्दोलनकर्मी र अभियन्ताहरूले आप्mना उद्देश्य प्राप्तिका लागि चर्काए, बढाइचढाइगरे। आज पनि गरिरहेछन्।शासकहरूले विविधतार तज्जनित पहिचानको जायज चाहनालाई समयमै सम्बोधन गर्न नसक्नु अर्को फल्टलाइन थियो,परम्परागत शासक वर्ग(राजतन्त्रकालीन)को मात्र होइन, परिवर्तित शासक वर्ग(प्रजातन्त्रकालीन)को समेत। विभिन्न कालखण्डका शासकहरूमायुगानुकूलको समावेशिताको भिजनर सुझबुझ नहुनु अनि प्रजातन्त्र पुनस्र्थापनापछि पनि भ्रष्टाचार व्यापक हुनु अर्को सशक्त फल्टलाइन थियो।यी फल्टलाइनहरूबाट उब्जिएका जनअसन्तोषलाई ‘क्यास’ गरेरसशस्त्र विद्रोहका लागि लडाकु तयार पार्न माओवादी सफल रहे।

उपलब्धि थोरै, नोक्सान धेरै र तरिका गलत
हो,आज सामाजिक विभेद एवं शोषण, विविधता, समावेशिता, पहिचान जस्ता फल्टलाइनमा सामाजिक र राजनीतिक दुवै पाटामा ठूलै प्रगति भएको छ। जसको ठूलो श्रेय माओवादीलाई नै जान्छ। तर गरिबी, बेरोजगारी, भ्रष्टाचार र कुशासनजस्ता देश विकास र आमजनताकाप्रत्यक्ष सरोकारका फल्टलाइनमा कुनै प्रगति भएको छैन, आज माओवादी शासक बनेपछिको एक दशक र उनीहरू सम्मिलित दलको बहुमतको सरकार आएपछिको एक वर्षपछि पनि। गरिबी र बेरोजगारीका कारण अरबको मरुभूमिमा श्रम गर्न र मर्न जानेको संख्या बढेको बढ्यै छ। ऊ बेला सिंहदरबारदेखि माओवादी लडाकुका क्यान्टोनमेन्टसम्म व्याप्त भ्रष्टाचार अहिलेअझ बिस्तारित भएर ‘जनताको घरदैलो’ भनी प्रचारित, प्रशंसित स्थानीय सरकारको तहसम्मपुगेको छ। यी सूचकहरूमा गर्व गर्नसक्ने अवस्था नभएकैले सडकका नारासमेत कहिल्यै नबनेका संघीयता र धर्म निरपेक्षतालाई विद्रोहको सबभन्दा ठूलो उपलब्धि बताउनु परिरहेको छ माओवादीलाई। ‘जनयुद्ध’ मा लागेर शिक्षादीक्षा, सिप आर्जन आदिबाट वञ्चित हुनुपरेको हविगत भोग्नेले भोगिसकेका र देख्नेले देखिसकेका छन्। यस्तोमा अब को फेरि विद्रोही बन्न आउने र माओवादी विद्रोह जन्मने?

उसबखत विद्रोह सफल पार्न माओवादीले दूरदृष्टिहीनशासक वर्गका आपसी अन्तर्विरोधलाई पनि कुशलपूर्वक प्रयोग गरेका थिए।राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गिरिजादेखि शेरबहादुर र पूर्वएमालेहरूसम्म सबकुनै न कुनै कालखण्डमा त्यसरी प्रयोग भएकै हुन्।जननिर्वाचित सरकारलाई राजा वीरेन्द्रले माओवादीविरुद्ध सेना प्रयोग गर्न रोकेका थिए।गाउँगाउँमा कांग्रेस जतिलाई ‘खोजीखोजी’ मार्दा, लखेट्दा आफ्ना चुनावी प्रतिस्पर्धी सिद्धिए भनेर केही नबोलेका एमालेहरू त्यही माओवादीको ‘रोजीरोजी’ प्रहारमा आफू पर्न थालेपछि मात्र माओवादीको विरोधमा उत्रेका थिए। यस्ता थुप्रै उदाहरण छन्।‘...सक्यो दैलो देख्यो’ शैलीमै भएपनि अहिले ती सबैले चेतिसकेका हुँदा अब ‘जन्मने’ माओवादीहरूले त्यो रणनीति दोहोर्‍याउन पाउने छैनन्, कमसेकम लामो समय।

यसरी आन्तरिक वस्तुगत परिस्थितिअनुकूल नभएको माओवादीविद्रोहका लागि बाह्य वस्तुगत अवस्थात झनै प्रतिकूल छ। सर्वप्रथम हाम्रा लागि सबैभन्दा महŒवपूर्ण भूराजनीतिक शक्ति भारतको कुरा गरौँ। जसलेउतिबेला माओवादीका शीर्ष नेताहरूलाई उसकै भूमिमा बसेर विद्रोह सञ्चालन गर्न दिएकोदेखि शान्ति प्रक्रियामा अवतरित गराइदिएकोसमेत थियो, जुनसुकै उद्देश्यले होस्। तर अब स्थिति त्यो छैन जसका धेरै कारण छन्। अहिले त्यसमा नजाऔँ। संक्षेपमा, उसले नेपालमा अब माओवादीहरूलाई होइन,उचाल्नै परे अर्कै शक्तिलाई उचाल्छ। उचालेकै पनि हो। चीनको कुरा गर्दा, नेपालका यस्ता विद्रोहको समर्थनमा नउत्रने उसको नीति फेरिएको छैन। अमेरिकालगायतका पश्चिमा राष्ट्र जतिलाई दाहालले भेनेजुएलाबारे अनावश्यक र विवादास्पद वक्तव्य निकालेर अर्को धेरै वर्षका लागि बैरी बनाइसकेका छन्। यस्तोमा कुन अन्तर्राष्ट्रिय समर्थनले माओवादी विद्रोह जन्मिने र सफल हुने?

अबको बाटो
दाहालहरूले बुझ्नुपर्छ, इतिहास यति चाँच्चाँडो दोहोरिन्न।त्यसैपनि विद्रोहीले सम्झौता गरेर शासक वर्गमा रूपान्तरित भएको एक दशकपछि पुनः विद्रोहमा फर्केको संसारमै इतिहास छैन।वर्गोत्थान भइसकेका, सत्तासुख चाखिसकेका र वैचारिक विचलन वा परिवर्तन आइसकेका पूर्वविद्रोहीले फेरि जङ्गल पस्ने दुःख गर्न सक्दैनन्। माओवादीले गरेजस्तो वैचारिक सशस्त्र विद्रोह बितेका ५० वर्षमा संसारमा जहाँ जहाँ भए ती सबै ठाममा दुखान्तमा टुंगिए। मलेसिया, श्रीलंका, फिलिपिन्स र सबभन्दा पछिल्लो उदाहरण पेरुछ। भारतमा कहिल्यै नजितिने लडाइँमा हजारौँको जीवन उनीहरू बर्बाद गर्दैछन्।माथि वर्णित आन्तरिक फल्टलाइन र बाह्य ‘फ्याक्टर’ नभइदिएका भए यहाँको विद्रोहको हाल पनि त्यस्तै हुन्थ्यो। 

दाहालले यो पनि बुझ्नुपर्छ कि नेपाली जनताले विद्रोही माओवादीलाई होइन शान्ति प्रक्रियामा आएका माओवादीलाईस्वागत गरेका हुन्। विद्रोहलाई मन पराएर होइन,सत्र हजारको ज्यान गइसक्यो, हजारौँ थातथलोबाट बिस्थापित भइसके, हजारौँ बेपत्ता छन्, हजारौँ घाइते/अङ्गभङ्ग भएका छन्, जनजीवन तहसनहस भइसक्यो, देश बर्बाद भइसक्यो, अर्थतन्त्र धराशायी भइसक्यो, यो विनाश कुनै मूल्यमा पनि रोकौँ भनेर स्वागत गरेका हुन्। गाउँगाउँमा माओवादीको त्रास पनि बाँकी रहेको र नयाँ शक्ति हुँदा उसले केही गरिहाल्छ कि भन्ने आश पनि जागेको विशेष अवस्थामा भएको चुनाव (२०६४)को कुरा बेग्लै हो। नत्र त्योबाहेकका सबै चुनावपरिणामबाट विद्रोहलेजनताको मनमा लागेको घाउमा पूरै खाटा बसिनसकेको नै देखिन्छ।यस्तोमा‘शान्ति मार्च’ बाट ‘एबाउट टर्न’ गरेर पुनः विद्रोहमा जाने कुरा गर्नु जनतालाई धोका दिनु हो। माओवादीले बाँडेका धेरै सपनाको विघटन भइसकेको छ तर शान्तिको सपना विघटन भएमा माओवादीलाई जनताले कहिल्यै माफ गर्ने छैनन्।

माओवादीका गल्तीहरूका फेहरिस्त लामा छन्। पहिलो त उसले संसारमै फेल भएको, भइरहेको भाष्यका नाममा विद्रोह गर्‍यो। जुन विद्रोह क्रूर र हिंसक रह्यो। राज्यविरुद्धको विद्रोह भनिए तापनि हिंसा र ध्वंसको निशानामा निर्दोष सर्वसाधारण र माओवादीसँग असहमत राजनीतिकर्मीहरू पनि ठूलो संख्यामा परे। सर्वहाराको मुक्तिका लागि भनी सुरु गरिएको विद्रोहलाई सफल बनाउन माओवादीले जातीय क्षेत्रीय अतिवादको विषवृक्षरोप्यो। जुन झ्याङ्गिदादेशका लागि कपाल दुखाइको विषय बनेको छ।गल्तीका क्रम विद्रोहको समाप्तिसँगै पनि रोकिएनन्। सत्तामा गएपछिका उसका कामहरूत्यत्तिकै त्रुटिपूर्ण र निराशाजनक रहे। यस्तागल्ती र कमी÷कमजोरीको इमानदार आत्मसमीक्षा गर्नुको साटो फेरि माओवादी जन्मने र लडाइँ हुने कुरा गर्नुराजनीतिक बेइमानी पनि हो।

त्यसैपनि ब्रान्डले मात्र साम्यवादी तर अरु सबै कुराले संसद्वादी एमालेसँग पार्टी एकता गरेपछि माओवादीको पहिलो विद्रोहकै औचित्यसमाप्त भइसकेको अवस्थामा दोस्रो विद्रोहको कुरा अर्थहीन हुन्छ।फेरि त्यस्तो विद्रोह गर्नपरे त विप्लब नै थिए, कट्टर विद्रोही भएकैले दाहालसँग फुटेर गएका। दाहाल जत्तिकै चलाख र दुस्साहसी उनको विद्रोहतर अचेल चन्दा आतंक मच्चाउने र गुरिल्ला शैलीबाटयातायातको साधनमा बम हानी बेलाबेलामा नेपालबन्द गराउनेमा सीमित छ। विद्रोहका लागि आतुर मोहन वैद्य पनि छन्,दाहालका पनि सैद्धान्तिक गुरु। विप्लब र वैद्यहरूले नैनसकेका विद्रोह२–२ चोटि प्रधानमन्त्री भइसकेका र अर्को चोटि प्रधानमन्त्री हुने ‘रोल’मा रहेका दाहालले गर्ने भन्नु नपत्याउने कुरा हो न सुहाउने। उनले त अब अविचलित र दत्तचित्त भईशान्ति, समृद्धि, विकास र नवनिर्माणको ‘मिसन’मा होमिनुपर्छ।शान्ति प्रक्रिया, आफ्नै चुनावी घोषणापत्र र पार्टीको हेटौँडा महाधिवेशनले निर्दिष्ट गरेको बाटोमा इमानदारीपूर्वक आप्mनो पार्टी घटकलाई डोर्‍याउनुपर्छ। उसलाई एउटा जिम्मेवार, लोकतान्त्रिक एवं सामाजिक न्याय पक्षधर शक्तिका रूपमा पूर्णरूपले रूपान्तरितबनाउनुपर्छ। त्यसैमाउनीलगायत सबैको कल्याण छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App