१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

सार्वजनिक सवारीमा सुरक्षा

पहिले पहिले पूर्व–पश्चिम राजमार्गमा गाडीहरू डाँकाको फन्दामा पर्ने गरे पनि सार्वजनिक सवारी साधनमा लुटपाटका घटना सुनिन छोडेको निकै भइसकेको हो। अहिले राजधानी काठमाडौँभित्रै लुटपाट हुन थाल्नु अनौठो भएको छ। सहरका सार्वजनिक स्थान र सवारीमा आपराधिक घटनाले नयाँ रूप लिइरहेको छ। सार्वजनिक बसहरूमा पाकेटमाराले सहजै काम तमाम गर्न सक्नु चिन्ताको विषय हो। यसले सर्वसाधारणमा त्रास बढाएको छ। राजधानीका मुख्य सडकमा चल्ने सार्वजनिक बस असुरक्षित हुने अवस्था आउनु स्थानीय प्रहरी र प्रशासनका निम्ति पनि चुनौतीको विषय हो। अचेल पीडितहरू आपराधिक समूहले बाटोघाटोमा हिँड्दा आक्रमण गरिहाल्ने हुन् कि भनेर बोल्न डराउँछन्। लुटेरा आतंककै कारण अहिले धेरै पीडितले प्रहरीसमक्ष उजुरीसमेत गरेका छैनन्। वास्तवमा राजधानीमा यस्तो किसिमको सुरक्षा चुनौती उत्पन्न भएको छ भन्ने केही अघिसम्म थाहा पनि थिएन। केही घटना सार्वजनिक भएपछि प्रहरीले पनि यसमा आफ्नो सक्रियता बढाएको छ। राजधानी काठमाडौँलाई धेरैले सुरक्षित सहर ठान्ने गरेका छन्। अहिलेसम्मको यसको प्रवृत्ति पनि त्यही हो। हातका झोला खोस्ने वा गलाको सिक्री तान्नेजस्ता घटना हुँदैनथे। लुटपाटमा परिने डर नहुँदा निर्धक्क यात्रा गर्न सकिन्छ। तर, यसरी लुटपाटका घटना बढेपछि भने स्वतन्त्र घुमफिर गर्न समेत गाह्रो भएको छ।

सहरका सार्वजनिक स्थान र सवारीमा आपराधिक घटनाले नयाँ रूप लिइरहेको छ। सार्वजनिक बसहरूमा पाकेटमाराले सहजै काम तमाम गर्न सक्नु चिन्ताको विषय हो। यसले सर्वसाधारणमा त्रास बढाएको छ। राजधानीका मुख्य सडकमा चल्ने सार्वजनिक बस असुरक्षित हुने अवस्था आउनु स्थानीय प्रहरी र प्रशासनका निम्ति पनि चुनौतीको विषय हो।

पछिल्लो समय चक्रपथ घुम्ने सवारी साधनमा पाकेटमारादेखि लुटपाट गिरोहसम्म सक्रिय भएको समाचार नागरिकले खुलासा ग-यो। प्रहरीकहाँ उजुरी नपरेका घटनाबारे समाचार प्रकाशित भएपछि यसबारे पीडित बल्ल बोल्न थालेका छन्। उनीहरू आफू वा आफ्नो नातेदार पीडित भएको घटनाबारे जानकारी पनि दिए। राजधानीभित्र सार्वजनिक यातायात र सडकमा लुटिने पीडित धेरै रहेछन्। यसपछि सक्रिय भएको प्रहरीले घटनाका अभियुक्तलाई धमाधम पक्राउ ग-यो। महानगरीय प्रहरी वृत्त सातदोबाटोले मात्र १२ जना डाँकाचोरीका अभियुक्त पक्राउ गरी मुद्दा चलाइसकेको छ। पक्राउ परेका थप १३ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरी स्वयंले सार्वजनिक स्थानमा सामान्य नागरिक असुरक्षित रहेछन् भन्ने तथ्य स्वीकार गरेको छ। वास्तवमा यस्तो समस्या पनि छ भन्ने हेक्का धेरैले गरेकै थिएनन्।

सामान्य नागरिकका लागि सडक र सार्वजनिक स्थल निकै महत्वपूर्ण हुन्छ। उनीहरू कि पैदलयात्रा गर्छन् कि सार्वजनिक सवारीमा यात्रा गर्छन्। काठमाडौँ उपत्यकामा पैदल हिँड्ने र सार्वजनिक यातायातमा यात्रा गर्ने लाखौँको संख्याका सर्वसाधारणलाई तारो बनाएर चोरी र लुटपाट मच्चाउने समूह संगठित हुनुले एक्लै वा दुक्लै आवतजावत गर्नेहरू घरबाट निस्कँदा सुरक्षित रूपमा फर्कन सकिने हो होइन भन्ने त्रासमा रहने अवस्था बनेको हो। ढिलै भए पनि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ। अपराध गर्ने जोसुकै भए पनि कुनै न कुनै रूपमा पक्राउ पर्छ भन्ने पनि यसले स्थापित गरेको छ। पछिल्लो पटक महानगरी प्रहरी वृत्त सातदोबाटोले चार जना डाँकाचोरीका अभियुक्तलाई पक्राउ गर्दा सिसिटिभी फुटेजको सहारा लिएको थियो। लुटेको डेबिट कार्ड बोकेर एटीएम मेसिन पुगेका अभियुक्त सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका थिए। सफल अनुसन्धानका कारण प्रविधिको प्रयोगले अपराधी पत्ता लगाउन सजिलो हुने प्रमाणित भएको छ। सहरी क्षेत्रमा हुने आपराधिक घटना अनुसन्धानमा सिसिटिभी फुटेज निकै सहयोगी भएको छ। काठमाडौँ उपत्यकाका प्रमुख चोकहरूमा सिसिटिभी जडान गरिएको छ। जसका कारण आपराधिक गतिविधिमा संलग्नहरू त्यस्ता ठाउँमा अपराध गर्न आँट गरिहाल्दैनन्। तर, यो पर्याप्त होइन। जति सिसिटिभी क्यामरा जडान हुनुपर्ने हो भइरहेको छैन। जहाँ जहाँ सिसिटिभी क्यामरा जडान हुनुपर्ने हो त्यो पनि भइरहेको छैन। हुन त सबै ठाउँमा सिसिटिभी क्यामेरा जताततै राख्दा सर्वसाधारणमाथि ‘सर्भिलियन्स’ गरेको जस्तो हुन जान्छ। तर, धेरै मानिसको हित र अपराध रोकथामका निम्ति यो अत्यावश्यक देखिएको छ।

प्रविधिको प्रयोगले अपराधीलाई निरुत्साहित पार्नुका साथै आपराधिक घटनाको अनुसन्धान छिटो हुने उदाहरण धेरै छन्। गत वर्ष निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नहरूको पहिचान गर्न सिसिटिभी फुटेज सहायक बनेको थियो। सडकमा राखिएका सिसिटिभी फुटेजबाट हत्या गरेर फरार भएकाहरूले विभिन्न समयमा गरेका गतिविधिहरू समेत रेकर्ड भएको थियो। यसले अपराधी पत्ता मात्र लागेन अपराधको प्रमाण समेत सुरक्षित भयो। भारतको नयाँ दिल्लीमा सन् २०१२ मा घटित निर्भया हत्याकाण्डका दोषी पक्राउ गर्न सडकमा जडित क्यामराले काम ग¥यो। बसमा बलात्कारपछि क्रुरतापूर्वक आक्रमण गरिएकी निर्भयाको उपचारपछि निधन भयो। सिसिटिभी फुटेजले बलात्कारमा प्रयोग भएको बस र अपराधीहरूको गतिविधिको दृश्य कैद गरेको थियो। भारतले सडक सुरक्षालाई दृष्टिगत गरी सडकमा सिसिटिभी क्यामरा जडानलाई निकै जोड दियो। जसका कारण सार्वजनिक स्थानहरूमा अपराध गर्नेहरू धमाधम पक्राउ परे।

नेपालमा सडक र सार्वजनिक सवारीका साधनमा असुरक्षा बढ्दै जानुले सुरक्षाका लागि गतिलो उपाय अवलम्बन गर्न जरुरी छ। सडकमा सिसिटिभी क्यामरा धेरैभन्दा धेरै जडान गरिहाल्नुपर्छ। सडकका मुख्य चोकहरूमा मात्र नभई मापदण्ड बनाएर निश्चित दूरीमा क्यामरा जडान गरिनुपर्छ। सार्वजनिक सवारीका साधनहरूमा सिसिटिभी क्यामरालाई अनिवार्य गरिनुपर्छ। बस र ट्याक्सीमा समेत सिसिटिभी क्यामरा जडान भएमा यात्रु असुरक्षित हुने खतरा कम हुन्छ। यात्रुमाथि कुनै किसिमको दुव्र्यवहार हुने खतरा हट्छ। सार्वजनिक सवारीमा यात्रुको नगद वा सरसामान लुट्ने÷चोर्ने गतिविधिमात्र हुँदैन, यौनजन्य हिंसा समेत हुनेगरेको छ। सिसिटिभी क्यामराले निगरानी गरिरहेको अवस्थामा त्यस्तो सम्भावना सायदै हुन्छ। आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई निरुत्साहित बनाउँछ।
अपराध भएपछि अपराधी पक्राउ गर्नतर्फ लाग्ने भन्दा अपराध हुन नदिने उपाय उत्तम हुन्छ। देशमा प्रहरी निकाय अझैसम्म अपराध हुन नदिने भन्दा अपराध भएपछि दोषी खोज्न सक्रिय हुनेगरेको छ। कार्यनीतिमा परिवर्तन ल्याउन जरुरी छ। प्रविधिको अधिकतम प्रयोगले अपराधको निदानभन्दा अपराध हुन नदिने वातावरण निर्माण हुन्छ। सडक र सार्वजनिक सवारीमा अनिवार्य सिसिटिभी क्यामराको व्यवस्था गर्ने हो भने सार्वजनिक स्थान र सवारीमा हुने अधिकांश अपराधका घटना नहुने अवस्था बन्छ। प्रविधिको प्रयोगले मानव संसाधानको प्रयोग पनि कम हुन्छ। सार्वजनिक सवारीका साधनहरूमा पनि सुरक्षाको सुनिश्चितता भई यात्रु आकर्षित हुन्छन्। सवारी साधनदेखि यात्रुसम्म नियमानुसार यात्रा गर्ने परिस्थिति निर्माण हुन्छ। यो आफैँमा आवश्यक र उपयोगी उपाय हो। सरकारले अबिलम्ब नियम बनाएर सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामरा जडान अनिवार्य बनाउनुपर्छ। अपराधीलाई निरुत्साहित गर्न यस्ता घटना हुनासाथ प्रहरीले चाल पाउन सक्ने प्रविधि उपयोग गर्न सक्छ। तत्काल चालकले कुनै बटन थिचेर सुरक्षा निकायलाई जानकारीसमेत पठाउन सक्छ। सडकलाई सुरक्षित बनाउन अहिलेका कमजोरी तत्काल हटाउनु पर्छ।

प्रकाशित: २१ मंसिर २०७५ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App