१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

जयतुु संस्कृतम् र उत्तरमहाभारत

समाजमा हिजोआज पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय हराउँदै गएका र घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियार व्यापक हुुँदै गएका छन्। यसले गर्दा शाश्वत मानव अस्तित्वमा गम्भीर कठिनाइ आएर ठूूलो दुुर्घटना हुुन सक्ने सम्भावनाको अनुुमान लगाउन गाह्रो छैन। यसमा सुधार ल्याई आपसी भलाइका लागि मित्रता र पारस्परिक सहयोगको बाटो पहिल्याउन अत्यन्त जरुरी भइसकेको छ। किनकि मानिस सामाजिक प्राणी मात्र होइन, विवेक प्रयोग गर्ने, ठीक–बेठीक छुट्याउने र कर्तव्य–अकर्तव्य बोध गर्ने चेतनशील प्राणी पनि हो। प्राणीशास्त्री, मानवशास्त्री र मानव विकासका अभियन्ताहरूले मानिसको समकक्षमा आउने अरू प्राणीहरू नभएको निचोड लामो अध्ययन र अनुसन्धान पछि गरेका पनि छन्।

यद्यपि, देश र जाति नै पिच्छे जन्मदेखि मृत्युसम्मका धेरै कुरामा सामीप्य र एकरूपता भए पनि मानिसहरूमा विवेक, विचार, प्रेम सद्भावका विषयमा भने असन्तुलन र असमानता देखिने गरेको छ। यो किन भयो, रगत रातै भए पनि विचार र चिन्तन किन फरक भयो? यसरी मानव जातिमा बढ्दै गएको फरक चिन्तनलाई नजिक ल्याउने सामग्री वा उपाय के हुन सक्ला।

संसारकै विद्वान्हरू संस्कृत संस्कृति, वेद र वैदिक परम्परालाई हिन्दुुहरूको मात्र नभएर विश्वकै बौद्धिक निधिका रूपमा लिने गर्छन्।   

भनिन्छ, खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ। अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्याकर्तव्यलाई प्रभाव पार्छ । कर्तव्याकर्तव्यले सुकीर्ति र दुष्कीर्ति पैmलाउँछ । सुकीर्ति र दुष्कीर्तिले तत्काल मरेतुल्य बनाउँछ वा अजरामर तुल्याउँछ । यो विश्वजनीन सत्य हो । प्राकृतिक नियम पनि यही हो।

मानिसको स्वभाविक गुण सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्व शान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुताजस्ता विषयको प्राप्ति र आर्जनसँग सम्बन्धित हुुन्छ । त्यो भावना नै सुुखद र सफल जीवनको आधार पनि हो । त्यो हुँदाहुुँदै पनि ती विषय कहाँ छन्, कुुन शास्त्र वा दर्शन वा वादमा छन्। संसारभर चिन्ताको विषय बनेको पाइन्छ।

सबै देशहरूमा धार्मिक ग्रन्थहरू नै नीति, कानुन, समाज व्यवस्था र सामाजिक सद्भाव जगाउने स्रोत मानिन्छन् । मुुस्लिम कानुन कुुरानबाटै आएको हो भने क्रिश्चियन कानुन बाइबलबाटै सारिएको जस्तो छ । परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्वको जगेर्ना गर्ने स्रोत र आधार पनि तिनै कानुन हुुन् । त्यस्ता स्रोतहरूमा वेदलाई प्राचीन र सर्वोत्कृष्ट मानिन्छ र विश्वभरमा वेदको विरुद्धमा कुुनै ग्रन्थ लेखिएको यो पंतिकारलाई जानकारी छैन । वेदमा पृथ्वीको, अन्तरिक्षको, वनस्पतिको, सूूर्यको महत्व दर्शाई महत्वपूूर्ण मानिएपछि पूूजा गर्नुुपर्छ भन्ने मान्यता भएकाले यसलाई यदाकदा धार्मिक ग्रन्थका रूपमा परिभाषित गर्न थालिएको पाइन्छ । वेदको थोरै मात्र अध्ययन गर्दा पनि त्यो अल्पज्ञता हटेर जान्छ। वेदको मूूल रूप संस्कृत हो । संस्कृत संसारकै प्राचीनतम भाषा हो । यही भाषामा वेद लेखिएको हुुनाले वेदको प्राचीनतामा कतै पनि शंका गरिँदैन  । अहिले जर्मनी, बेलायत, फ्रान्स, अमेरिकामा भएका खोज र अनुुसन्धानहरूले पनि वेदको महत्व अतुुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको कुुरालाई स्वीकारिसकिएको छ । यस्ता महत्वपूर्ण विषयको स्रोत र उपलब्धता संस्कृत वाङ्मयमा भेटिने भएकाले संस्कृतलाई देवभाषा वा प्राचीनतम भाषाका रूपमा लिइँदै आएको स्पष्ट छ। वेदले हरेक व्यक्ति, संस्था र राष्ट्रले आ–आफ्नो अस्तित्वको रक्षा गर्न पाउनु र सक्नुपर्छ, एक अर्कामाथि थिचोमिचो हुनु हुँदैन, स्वतन्त्रता र समानताका आधारमा आ–आफ्नो अस्तित्वको उपयोग गर्न पाउनुपर्छ भन्ने शंखनाद गर्छ। सबै मानिस सुखी होऊन्, निरोगी बनून्, सबैको उन्नति होस् (सर्वे भवन्तुु सुुखिनः) भन्ने विश्वजनीन चिन्तन बोक्ने आदर्श संस्कृत वाङ्मयमै पाइन्छ । संस्कृत वाङ्मयले नै आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ । यिनीहरूको अस्तित्वमा नै संसार खडा भएको छ । हामी यसैभित्र छौँ । ‘यत्र विश्वं भवत्येक नीडम्’लाई लोक व्यवहारमा ल्याउने शास्त्रसमेत संस्कृत वाङ्मय नै हो । यसमा संसारका कुनै पनि विद्वान्हरूले विरोध जनाएका छैनन् । आजकाल धेरै भाषामा वेदको अनुवाद भइसकेको र भइरहेको पनि छ।

जयतु संस्कृतम् २००४ सालमा संस्कृत पढ्नेहरूले पनि आधुनिक विषय पढ्न पाउनुपर्छ भनेर आरम्भ गरिएको अभियान थियो। त्यसबेलाको हुुकुमी राणाशासनको विरुद्ध आवाज उठाउने पहिलो जनप्रयास थियो, त्यो। संस्कृतमा भएका तीन प्रमुुख पक्षहरू– ज्ञान, दर्शन र कर्मकाण्डको प्रचारप्रसारका साथै महाभारत कालपछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तरमहाभारत लेख्न थालिसकिएको छ।

यस किसिमको प्राचीन भाषाको संरक्षण कसले कसरी गर्ने भन्ने प्रश्न चुनौतीपूर्ण बन्दै आएको छ । एकथरी लोकवञ्चक धर्मध्वंशीहरू संस्कृत वाङ्मयलाई नाश गर्ने षड्यन्त्रमा लागिरहेका छन् । हिन्दु सनातन धर्म र संस्कृत भाषामा लेखिएका मानव अस्तित्व सिद्धिका लागि सर्वौषधी मानिएका वेद, पुुराण, उपनिषद्जस्ता कालजयी संस्कृत ग्रन्थ जलाउने, संसारले नै समृद्ध मानेको संस्कृतलाई मृत भाषा भन्ने, योग, आयुर्वेद, तन्त्र, ज्योतिषहरूलाई होच्याउने सम्मका दुश्चेष्टाहरू पैmलाउन लागिपरेका छन् । देशका ९० प्रतिशत हिन्दु सनातनीहरूलाई भड्काएर ललाईफकाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्ने षड्यन्त्र पैmलाइरहेका छन् । यद्यपि, संसारकै विद्वान्हरू संस्कृत संस्कृति सनातन धर्म, वेद र वैदिक परम्परालाई हिन्दुुहरूको मात्र नभएर विश्वकै बौद्धिक निधिका रूपमा लिने गर्छन्। 

यसरी संस्कृत भाषा, साहित्य र वाङ्मयमा देखिएको क्षणिक विरोध र पीडामा मलम लगाउने उद्देश्यले केही संस्थाहरू स्थापना भएका छन् । त्यसरी स्थापना भएका संस्थाहरू मध्येको एउटा हो, ‘जयतु संस्कृतम्’।

जयतु संस्कृतम् वि.सं. २००४ सालमा संस्कृत पढ्नेहरूले पनि आधुनिक विषय पढ्न पाउनुपर्छ भनेर आरम्भ गरिएको अभियान थियो । त्यसबेलाको हुुकुमी राणाशासनको विरुद्ध आवाज उठाउने पहिलो जनप्रयास थियो, त्यो । राणाकालमा स्वचालित रूपमा आएको यो अभियानले केही वर्षमै नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न ठूलो सघाउ पु¥यायो । तर, पञ्चायती शासनकालमा प्रजातन्त्रको शंखनाद गर्ने र मानव विचारलाई प्रश्रय दिने सबै संघ, संस्था र तिनका विचारमा प्रतिबन्ध लागेसँगै जयतु संस्कृतम् आन्दोलन पनि प्रतिबन्धित हुन पुग्यो र मौन प्रायः बन्यो । २०५४ सालमा पुनः संस्कृत क्षेत्रका अग्रणी एवं जयतुु संस्कृतम्का संस्थापकहरूले अभियान स्थापनाको स्वर्ण महोत्सव मनाएसँगै संस्कृत वाङ्मयको संरक्षण गर्ने मूल उद्देश्य राखेर जयतु संस्कृतम् संस्था स्थापना गरी कानुनबमोजिम दर्ता गरिएको थियोे । जयतु संस्कृत् अभियानका अभियन्ता मध्येकै श्रीभद्र शर्मा संस्थाको पहिलोे अध्यक्ष निर्वाचित हुुनुुभएको थियो।

जयतुु संस्कृतम्ले संस्कृतको मात्र जय होस् भन्दैन । त्यो यसको उद्देश्य होइन । यसले त व्यक्ति, समाज, राष्ट्र र विश्वले आ आफ्नो अस्तित्व राख्न पाउनुुपर्छ । स्वको पहिचान दिन सक्नुुपर्छ । एकअर्का माथि थिचोमिचो हुुनुु हुुँदैन । स्वतन्त्रता र समानताका साथमा सबैले जीवनयापन गर्न पाउनुुपर्छ । हिन्दुु होस् वा क्रिश्चियन, मुुस्लिम होस् वा बौद्धमार्गी, महिला होस् वा पुुरुष सबैले आआप्mनो सनातन धर्मको अनुुशीलन गरेर अरूलाई अपाच्य र दुुखित नबनाउने र सामाजिक सद्भाव कायम हुुनेतर्फको बाटो अवलम्बन गर्न पाउनुुपर्छ भन्ने मान्यताको प्रचारप्रसार गर्ने आन्दोलन हो, जयतु संस्कृतम् । विश्वका सबै मानव जातिको समुुन्नति, शान्ति, कल्याण र विश्व बन्धुुत्वको निमित्त एक भएर अघि बढौँ भन्ने आह्वान र विचार हो, जयतु संस्कृतम् । यसैले जयतु संस्कृतम्को कसैसँग पनि कुुनै वैरभाव वा मनमुुटाव छैन । संस्थाको उद्देश्य अनुसार यसले पूूर्वी दर्शनभित्र रहेका साहित्य, दर्शन, आयुुर्वेद, ज्योतिष, कर्मकाण्ड, योग, तन्त्रजस्ता संस्कृत वाङ्मय र त्यसभित्र रहेका अमूूल्य शास्त्रीय सम्पत्तिहरू समाजसमक्ष ल्याउने प्रयास गरिरहेको छ । यस क्रममा यिनै विषयसँग सम्बन्धित २० वटा ग्रन्थ प्रकाशित गरिसकेको छ भने रेडियो नेपालबाट संस्कृतमा समाचार प्रसार गर्ने, गोरखापत्रमा छुुट्टै संस्कृतका पाना प्रकाशन गर्ने, नेपालका विभिन्न स्थानमा गएर संस्कृत कवि सम्मेलन, वक्तृत्व कला, चिन्तन मनन, विद्वत् सम्मेलन समेत गर्दै आएको छ । महाभारत कालपछिका विश्व घटनाहरू समावेश गरेर उत्तरमहाभारत ग्रन्थ रचनाको काम पनि जयतुु संस्कृतम्ले प्रारम्भ गरिसकेको छ । नेपाल टेलिभिजनबाट संस्कृतसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, विश्वमा हरेक ३–३ वर्षमा हुुँदै आएको अन्तर्राष्ट्रिय विश्व संस्कृत सम्मेलन नेपालमा पनि गराउन पहल गर्ने जस्ता काम जयतुु सम्मेलनले गरिरहेको छ।

अहिले जयतुु संस्कृतम् त्यही इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा लागिपरिरहेको छ । यसबाहेक संस्कृतमा भएका अमूूल्य सम्पत्तिहरूलाई धेरैले बुुझ्ने र बोल्ने भाषामा अनुुवाद गर्ने काम पनि गरिरहेको छ । संस्कृतमा भएका तीन प्रमुुख पक्षहरू– ज्ञान, दर्शन र कर्मकाण्डको प्रचारप्रसारमा यसका नियमित र विशेष कार्यक्रम छन् । महाभारतकाल पछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तरमहाभारत लेख्न थालिसकिएको छ । संस्कृत संस्कृतिको संरक्षणमा स्थापना कालदेखि नै अनवरत रूपले लागिपरेको यो संस्थाले गरिरहेका काम र अब गर्नुपर्ने कामका सम्बन्धमा सहयोग गरी वाङ्मय, भाषा र संस्कृतिको संरक्षणमा हौसला प्रदान गर्न राज्य संयन्त्र लगायत सम्पूर्ण शुभेच्छुकहरूमा अनुुरोध पनि छ । यसैमा मानवीय सद्भावको माध्यमबाट विश्व मानव समुुदायको सर्वतोमुुखी कल्याण सुुनिश्चित छ।

अध्यक्ष, जयतुु संस्कृतम्

प्रकाशित: १ असार २०७५ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App