२९ असार २०७७ सोमबार
विचार

नयाँ बजेट र नवसामन्तवादको भूमरी

हाल विदेशमा छ¬ । बजेट पढँे, खासै टिप्पणी गर्नुपर्ने त देखिँदैन । बजेटमा धेरै प¬रानो क¬राको निरन्तरता छ । यो एक किसिमले स्वाभाविक पनि हो । बजेटमा धेरै आश्वासनहरू बाँडिएको छ भने केही हावादारी गफ पनि पेस भएका छन् । पहिले जस्तो बजेट कार्यान्वयनमा गम्भीर शंका कायम छ र यो शंका अर्थमन्त्रीले हटाउन सकेका छैनन् । यो यथार्थलाई ब¬झ्न एक वर्ष अगाडि त्यसबेलाका अर्थमन्त्री कृष्णबहाद¬र महराले के गर्ने भनेका थिए र यथार्थमा के उपलब्धि भयो भन्ने क¬राको अहिलेका अर्थमन्त्रीले अध्ययन गनर्¬ राम्रो ह¬नेछ । धेरै पर जान¬ पर्दैन, उखान–ट¬क्का प्रयोग नगरी कलंकीदेखि नागढ¬ंगासम्मको बाटो हेरेर मात्र पनि सरकारी क्षमताको यथार्थ थाहा ह¬न्छ ।

उखान–टुक्का प्रयोग नगरी कलंकीदेखि नागढ¬ गासम्मको बाटो हेरेर मात्र पनि सरकारी क्षमताको यथार्थ थाहा ह¬न्छ ।
बजेटअनुसार काम हुने भएको भए, नेपाल समाजवादी ‘स्वर्ग’ भइसक्ने थियो । तर यथार्थ के छ भने, बजेट पास भइसकेपछि बजेटमा के भनेको छ भन्ने सबैले बिर्सन्छन् ।


    बजेट हेर्ने दृष्टिकोण 
हाम्रो जस्तो देशमा बजेटलाई पाँच कोणबाट हेर्न सकिन्छ । पहिलो, बजेट सरकारको आम्दानी खर्च र आर्थिक स्थिरताको औजार हो । दोस्रो, बजेट उपलब्ध साधनबाट आर्थिक लाभहरूलाई मध्यनजर राखेर लगानीको बाँडफाँटको प्रतिबद्धता हो । तेस्रो, बजेट सामाजिक न्याय कायम गर्ने, आर्थिक असमानता हटाउने तथा क्षेत्रीय सन्त¬लन कायम गराउने प्रयासको महत्वपूर्ण अंग हो । चौथो, बजेट निजी क्षेत्रलाई अगाडि बढाउन प्रतिस्पर्धात्मक अर्थतन्त्रलाई प्रोत्साहन गर्न रोजगारी बढाउन, निर्यात वृद्धि गरी भ¬क्तानी सन्त¬लन कायम राख्नका लागि निजी र सरकारी क्षेत्रबीच संयोजन तथा समन्वय कायम गराउने प्रयास हो । पाँचौँ, बजेट लक्ष्य र कार्यक्रमको दस्तावेज मात्र नभएर त्यसलाई देशमा स¬शासन कायम गरी कार्यान्वयन गराउने सरकारी प्रतिबद्धताको उद्घोषक पनि हो । 
उल्लिखित पाँच मापदण्डबाट हेर्दा खतिवडाको बजेट अति उत्तम र अधमबीचको मध्यम तहमा आउँछ । आर्थिक दृष्टिकोणले राजस्व वृद्धिदर व्यावहारिक भएन भन्ने ठाउँ नभएको होइन । तर यो नै ठूलो क¬रा होइन, मूल क¬रो वित्तीय घाटा वाञ्छित सीमाभित्र राख्न¬ जरुरी छ । हालको बजेट अंकगणितीयमा यसमा ध्यान प¬गेको देखिँदैन । 
    बजेट बाँडफाँटको हिसाबले अर्थमन्त्रीले छेउछाउ परिवर्तन गर्नेबाहेक प¬रानै योजनाहरूलाई निरन्तरता दिएका छन् । यो स्वाभाविक पनि हो, किनभने प¬रानो गछर्¬ भनेका योजना नै लथालिङ्ग छन् भने नयाँ योजना घोषणा गरेर मात्र के काम ? यो यथार्थ ब¬झ्न यसभन्दा अगाडि भूपूअर्थमन्त्री विष्ण¬ पौडेल र हाल सभाम¬ख माननीय कृष्णबहाद¬र महराले पेस गरेको बजेटमा निहित गफ मात्रै हेरे पनि प¬ग्छ । तर पनि वर्तमान विशेषज्ञ अर्थमन्त्रीले ज¬न क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ, त्यसबारे समय र लगानीको स्पष्ट किटान गरी प्रतिबद्धता आएको भए राम्रो ह¬नेथियो तर यो छैन । उदाहरणका लागि, आउँदो द¬ई वर्षमा पर्यटक बीस लाख प¬¥याउने लक्ष्य छ । यदि सरकार यो लक्ष्यमा गम्भीर छ भने यसका लागि चाहिने आधारशीला बिस्तारमा समय झिकेर लगानीको कार्यक्रम कहाँ छ? यो प्रश्नमा विचार नगरी या यसको उत्तर नखोजी जाने हो भने बजेटको लाभ लक्ष्य सिर्फ हावादारी भएन र ? फेरि प्रश्न आउँछ, नागढ¬ंगा कलंकी–व्यापारिक र पर्यटक सडक वर्षौंसम्म मर्मतसम्म गर्न नसक्ने सरकारले यति ठूलो गफ गर्न स¬हाउँछ ? यस्तै गएको वर्ष थ¬प्रै गफ कृष्णबहाद¬र महराले पेस गरेका थिए । ‘उनले नौबिसे, नागढ¬ंगा टनेल बनाउन पाँच अर्ब विनियोजन गरिएको र निर्माण स¬रु ह¬ने बताएका थिए ।’ खतिवडाको आश्वासन पनि महराको भन्दा दरो देखिएन । 
    बजेटले निजी क्षेत्रलाई उत्साहित गर्ने दृष्टिकोणबाट आँटिलो दिशाबोध गर्न सकेको छैन । भारतमा १९९० को दशकका सूचना प्रविधि उद्योग रोजगारी र निर्यातको दृष्टिकोणले अग्रणी क्षेत्रकारूपमा आयो । नेपालमा निर्यात र रोजगारीको दृष्टिले अग्रणी क्षेत्र क¬न हो ? र त्यसमा निजी क्षेत्रलाई प्रतिफलको हिसाबले कसरी आकर्षित गर्ने र नेपालमा एकसमय तयारी पोसाक, रोजगारी र निर्यातको दृष्टिले अग्रणी क्षेत्रकारूपमा थियो । त्यो हामीकहाँ मासियो । र अहिले बंगलादेशको आर्थिक विकासको एउटा मेरूदण्ड ह¬न प¬गेको छ । हामीकहाँ आजको स्थितिमा रोजगारी, आर्थिक वृद्धि र भ¬क्तानी सन्त¬लनको हिसाबले अग्रणी क्षेत्र क¬न हो ? यस्ता केन्द्रबिन्द¬ प्रश्नमा खतिवडाको ध्यान प¬गेको देखिएन । राष्ट्रिय आपूर्ति कम्पनी पनि के र कसरी आपÒर्ति गर्ने भन्ने केही नमानी नेसनल टे«डिङ र खाद्य संस्थानलाई गाभ्न¬ नयाँ दिशा बोध भन्न मिल्दैन । यसको औचित्य कहीँ स्पष्ट छैन । तथापि प¬ँजीबजारको दायरा र गहनता विस्तार गर्ने र यसका लागि सेयर बजारमा जान¬पर्ने नीति सकारात्मक र स्वागतयोग्य छ । 
यद्यपि यो नीतिलाई धेरै दरिलो बनाउन सकिन्थ्यो । कम्युनिस्ट नामको आडमा नवसामन्तवादी मासमा रमाउने वर्तमान नेकपाका चालु नेताहरूलाई यो सानो कदममा भए पनि राजी गराउन सक्नु खतिवडाको सफलता मान्नुपर्छ । 
 

शुभकामना 
        सामान्यतया नेपालका सबै अर्थमन्त्रीहरूले समतामूलक र समाजवादी समाज, शून्य भ्रष्टाचार र दुई अंकको आर्थिक वृद्धि गराउने कुरामा आफ्नो बजेट भाषणमा सायद संसारका सबै अर्थमन्त्रीलाई जितेको देखिन्छ । तर बजेट भाषण गरेपछि जिम्मेवारी सकिन्छ । यो बजेट लागु गर्ने कसैको जिम्मेवारीमा पर्दैन । बजेटअनुसार काम हुने भएको भए, नेपाल समाजवादी  ‘स्वर्ग’ भइसक्ने थियो । तर यथार्थ के छ भने, बजेट पास भइसकेपछि बजेटमा के भनेको छ भन्ने सबैले बिर्सन्छन् । वर्तमान प्रधानमन्त्रीले पनि आफ्नो मौलिक उखान टुक्का र सपनाको भेलमा यो यथार्थलाई उपेक्षा गरेका छन् । बजेटपछि अब बजेटको आडमा कसरी भ्रष्टाचार गर्ने, कसले धेरै र कुन बटुल्ने, आफू र आफ्ना सन्तानका लागि ठÒला महल कहाँ बनाउने ? र जनताको नाममा बढीभन्दा बढी जनता कसरी ठग्ने अभियान सुरु हुन्छ । यो परम्परा परिवर्तन भएर सुशासन आउने लक्षण छैन । यद्यपि एक–दुई मन्त्रीले आफ्नो कामलाई गम्भीरताका साथ लिएको हो कि भन्ने झिनो आशा पनि देखापरेको छ । विष्णु पौडेल र कृष्णबहादुर महाराले यो क्षेत्रमा परिवर्तन ल्याउन ठूला नारा बजेटमा दिए र यथार्थ जनताले देखेकै छैन । 
    सरकारी संस्थान मन्त्रीहरूका नयाँ बिर्ता भएका छन् र जनताको नाममा निस्केका थुप्रै ‘छोटे राजा’हरूको स्वार्थपÒर्ति गर्ने यन्त्र बनेका छन् ।यस परिवेशमा सुशासनलाई संस्थागत गर्न कानुनी प्रावधानहरूको नयाँ रणनीति आवश्यक भइसकेको छ । खतिवडालाई यस दिशामा सार्थक सुधार गर्न उनको नयाँ पार्टीले अगाडि बढ्न दिन्छ भन्नु नेपालमा फस्टाउँदै गएको नयाँ सामन्तवादको चरित्र नबुझ्नु मात्र हो । यस परिवेशमा नेपालमा फस्टाउँदै गएको नवसामन्तवादको खाल्डोमा खतिवडाको बजेट ‘शून्यमा शून्यसरि’ बिलाएर जाने सम्भावना रहेको छ । यो सम्भावनाविरुद्ध संघर्ष गर्ने आँट खतिवडाबाट आश गर्नु अलि बढी हुन्छ कि ? तर मेरो शुभकामना छ ।
अध्यक्ष, एराप्रपा (राष्ट्रवादी) 

प्रकाशित: १७ जेष्ठ २०७५ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App