२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

घातक अतीत मोह

हामी जतिजति आधुनिक पूर्वाधार, उन्नत शहर, स्वतन्त्र जीवनका कुरा गर्छौँ उति नै विगतप्रति पनि लोभिइरहेका हुन्छौँ। झन् अहिले त धेरै कुरा पहिलेकै ठीक थियो, अहिलेको परिवर्तनले सबै बिग्रियो भन्नेहरू पनि छन्। मान्छे जब वर्तमानप्रति सन्तुष्टि र भविष्यप्रति आशावादी छैन भने विगततिरै लालायित हुन्छ क्यार। यदि पहिलेकै ठीक थियो भने अहिलेको परिवर्तन किन ? अनि भोलिको परिवर्तनका निम्ति किन मरिमेट्ने भनेर अनेकौँ प्रश्न उब्जिने गर्छन्।

महिलाले पढाइ पूरा नगरी तथा आत्मनिर्भर नभई विवाह गर्दा विभिन्न सामाजिक तथा मानसिक समस्या झेल्नुपरेको र जीवनका अन्य अवसरबाट समेत वञ्चित हुने गरेको भनेर आत्मनिर्भर भएर मात्र विवाह गर्न सामाजिक तथा लैंगिक सशक्तीकरण कार्यक्रमका लागि नेपाल सरकारको अर्बौं रकम खर्च हुँदै आएको छ। 

एकैछिन विगतका कुरा गरौँ। उहिले बालविवाह हुन्थ्यो। १६ वर्षभन्दा कम उमेरमा पनि बिहे गर्ने चलन थियो। कतिपय किशोरकिशोरीले १७ वर्षमै बच्चा जन्माउने प्रचलन अझै पनि केही ठाउँमा छ।

३०–३५ वर्षको उमेरमा ६–७ वटा बच्चा जन्माइसकेर पनि हुर्काइसक्थे उहिले। एउटा विवाहित जोडिले १२–१५ जना बच्चा जन्माउँथे। जब मान्छे ४० वर्ष पुग्थ्यो, काम दोस्रो पुस्तालाई छाडिदिएर आफू बुढ्यौलीमा प्रवेश गरेको भन्थ्यो। समयक्रमसँगै यो चलन ठीक हैन भन्ने भयो। स्वास्थ्य तथा प्रजनन विज्ञानका अनेकन् तथ्य निकालेर विवाह गर्ने उमेर नै २० वर्ष कट्नुपर्ने बनाइयो। १८ वर्षमुनिकालाई नाबालिग भनियो।

कतिपय ठाउँमा भोकमरी नै चल्थ्यो। खाद्य संस्थानको चामल लिन दुर्गमका मान्छे कैयौँ दिनदेखि लाइनमा बस्थे। पानी लिन घण्टौँ हिँड्नुपथ्र्यो। आज धेरै गाउँमा बाटो पुगेको छ। घर–घरमा पानी धारा जोडिएको छ। चामल, पिठो र तेल बनाउने मिल पुगेको छ। 

अहिले धेरैले योभन्दा पहिले कै ठीक थियो भन्ने थालेका छन्। प्रधानमन्त्रीले त राष्ट्रिय युवा सम्मेलनको कार्यक्रममा २०–३० वर्षभित्रै बिहे गरेर बच्चा जन्माउनुपर्ने, भविष्य भनेको पैसा मात्र हैन सन्तान हो, त्यसैले सन्तान पहिले बनाउनू भनेर युवाहरूलाई सुझाव नै दिए। महिलाले पढाइ पूरा नगरी तथा आत्मनिर्भर नभई विवाह गर्दा विभिन्न सामाजिक तथा मानसिक समस्या झेल्नुपरेको र जीवनका अन्य अवसरबाट समेत वञ्चित हुने गरेको भनेर आत्मनिर्भर भएर मात्र विवाह गर्न सामाजिक तथा लैंगिक सशक्तीकरण कार्यक्रमका लागि नेपाल सरकारको अर्बौं रकम खर्च हुँदै आएको छ। 

हाल विवाह उमेर २० वर्ष अलिक बढी भयो, पहिलेकै ठीक थियो भन्नेहरू धेरै छन्। अझ नाबालिक उमेर १६ वर्ष ठीक थियो, १८ वर्ष बनाएर गल्ती गर्‍यो सरकारले भन्नेहरू पनि छन्। ढिलो विवाहले बाँझोपन, प्रजनन् स्वास्थ्यको जोखिमता र पारिवारिक विचलनसमेत हुने गरेका केही घटनालाई आधार बनाएर विवाह उमेर पहिलेकै ठीक भएको जिकिर गर्ने गरिएको छ। यसका साथै विवाह संस्कार पनि पहिलेकै ठीक भन्नेहरूको पनि कमी छैन। अभिभावकले हेरिदिएको परिपक्व हुने र आफैँ हेरेर विवाह गर्दा विवाह सम्बन्ध नै धरापमा पर्ने भन्दै भागीभन्दा मागी विवाह नै राम्रो भन्ने चर्चा चल्न थालेको छ। विवाहमा मात्र हैन, जीवन जीउने समग्र कुरामा नै मान्छे अतीतप्रति लालायित हुन थालेको छ।

गाउँ छोडी आएर शहरमा बसेपछि गाउँ राम्रो देख्ने, गाउँको विगतको दुःख नै आनन्द लाग्ने। अनि देश छोडेर विदेशमै बसेर स्वदेश राम्रो लाग्ने तर फर्केर नआउने भनेको साहित्यिक बिम्ब जस्तो मात्र हो, यथार्थ होइन।

विगतको जिउने शैलीकै कुरा गर्ने हो भने गाउँमा बाटोघाटो नपुग्दा, धान कुट्ने मिल नहुँदा, बजारबाट चामल/तेल जस्ता आधारभूत खाद्यान्न नपुग्दा गरिबी उच्च थियो। जनजीवन कठिन थियो। कतिपय ठाउँमा भोकमरी नै चल्थ्यो। खाद्य संस्थानको चामल लिन दुर्गमका मान्छे कैयौँ दिनदेखि लाइनमा बस्थे। पानी लिन घण्टौँ हिँड्नुपथ्र्यो। आज धेरै गाउँमा बाटो पुगेको छ। घर–घरमा पानी धारा जोडिएको छ। चामल, पिठो र तेल बनाउने मिल पुगेको छ। 

वास्तवमा गाउँमा मिल पुग्नु भनेको ठूलो क्रान्ति नै हो। धानबाट चामल बनाउन, चामल र गहुँबाट पिठो बनाउन र तोरी पेलेर तेल बनाउन आमा, दिदी/बहिनीले गरेका मेहनत र दुःख कम्ता थिएन। औषधि नपाएर सामान्य झाडापखालाले पनि ज्यान जान्थ्यो। गर्भावस्थाको स्वास्थ्य उपचार नपाएर कैयौँ आमाको बच्चा पेटमै खेर जान्थ्यो। अहिले गाउँमा पुगेका सुविधाले यस्ता समस्या धेरै कम भएका छन्, जीवन सहज हुन थालेको छ तर फेरि भन्न थालिएको छ– गाउँको मौलिकता सकियो। गाउँमा मोटर बाटो पुगेर स्थानीयलाई विस्थापित गर्‍यो। अझ गाउँमा मोटर बाटो आएर राई माइलाले गाउँ छाडेको कथा बनाएर गाउँ आएको बाटो फिल्म नै बन्यो।

 शिक्षा पनि पहिलेको ठीक थियो, ऊबेला विद्यार्थीलाई शिक्षकले कुट्थे, विद्यार्थी अनुशासित थिए र शिक्षकको ठूलो इज्जत थियो तर आजभोलिको शिक्षा प्रणालीमा अराजकता मौलायो, त्यसैले योभन्दा त पहिलेकै ठीक भन्ने मनोविज्ञानले घर गरिरहेकै छ।

मौलिकता हराएकोबारे अनेक गीत, टुक्का र राजनीतिक भाषण पनि चलिरहेकै छन्। आहा ढिकीले कुटेको चामल, मूलको पानी, गोरेटो बाटोमा सुस्ताउँदै सुसेल्दै हिँड्दा कस्तो मज्जा हुन्थ्यो तर अहिले मोटर बाटोले सबै मौलिकता भत्कायो, बाहिरी खाद्यान्नले रैथाने खाद्यान्न निमिट्यान्न पार्‍यो भनेर चिन्ता पोख्नेहरू पनि गलत हैनन् तर अहिलेको सामाज पुरातन प्रविधि र कार्यप्रणालीले मात्रै चल्न सक्दैन होला नि त! अनि यो पनि सोचौँ कि साहित्य र समाजशास्त्र फरक छ। गाउँ छोडी आएर शहरमा बसेपछि गाउँ राम्रो देख्ने, गाउँको विगतको दुःख नै आनन्द लाग्ने। अनि देश छोडेर विदेशमै बसेर स्वदेश राम्रो लाग्ने तर फर्केर नआउने भनेको साहित्यिक बिम्ब जस्तो मात्र हो, यथार्थ होइन।

अहिलेको राजनीतिक व्यवस्थाप्रति पनि यस्तै प्रकारको मनोविज्ञान हाबी हुन थालेको छ। जनताको लामो संघर्ष र बलिदानीले मुलुकमा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशितासहितको शासकीय व्यवस्था छ। तर अहिले यो व्यवस्थाले केही गर्न सकेन योभन्दा त पहिलेकै ठीक थियो भन्नेहरूको आवाज ठूलो हुँदै गएको छ। संघीयता, धर्म निरपेक्षता र समावेशीकरणको औचित्यबारे त ठूलै राजनीतिक दलहरूभित्र पनि बहस हुन थालेको छ।

अहिले देशमा युवाको जनसंख्या बढी भएकाले जनसांख्यिक लाभ लिनुपर्छ, यो मौका गुम्यो भने ठूलो समस्या आउनेछ भन्ने सवाल अहिले टड्कारो बनेको छ। ठीक हो, विकासका लागि मानवीय र भौतिक तथा प्राकृतिक स्रोत महत्वपूर्ण छ तर यही मात्र निर्णायक होइन। निर्णायक त शासन सञ्चालन विधि हो।

धर्म परम्परा पनि पहिलेकै राम्रो, अहिले सबै बिग्रियो रे। विगतमा धर्मका नाममा हुने अनेकौँ विभेद, आमा, दिदी/बहिनीले आफ्नै घरभित्र सहनुपरेको सामाजिक कुरीति, कुसंस्कार कस्तो थियो ? एकपटक मनन् गरौँ त। दलित, गरिबलगायत सीमान्तकृत तथा विपन्नहरूको अवस्था हाम्रो सामाजिक सांस्कृतिक र धार्मिक मान्यताअनुसार कस्तो थियो ? महिलाले धार्मिक कर्ममा के–के गर्न हुने, के–के गर्न हुन्न भन्ने कस्ता तघारा तेस्र्याइएका थिए ? अनि आज धार्मिक संस्कार तथा व्यवहार परिष्कृत गर्नुपर्छ, असल र सबैलाई सहज हुने तवरले रूपान्तरण गर्नुपर्छ भनेर परिवर्तन र रूपान्तरणका सवाल उठाउनासाथ लौ मौलिकता सकियो, पहिलेकै ठीक, अहिले खराब भयो भन्नु परिस्थिति खराब भएको हो कि हाम्रो मनस्थिति ?

हिजोआज कतिपय कर्मचारी पनि प्रशासन राम्रो भएन, पहिले कै ठीक थियो भन्ने गर्छन्। पहिले आदेश निर्देशनको पालना राम्ररी हुन्थ्यो, कर्मचारीलाई उच्च सामाजिक मान सम्मान थियो तर अहिले त्यो सबै नष्ट भयो भन्ने गर्छन्। शिक्षा पनि पहिलेको ठीक थियो, ऊबेला विद्यार्थीलाई शिक्षकले कुट्थे, विद्यार्थी अनुशासित थिए र शिक्षकको ठूलो इज्जत थियो तर आजभोलिको शिक्षा प्रणालीमा अराजकता मौलायो, त्यसैले योभन्दा त पहिलेकै ठीक भन्ने मनोविज्ञानले घर गरिरहेकै छ।

वैदेशिक रोजगार र अध्ययनमा जानेहरू बढेपछि स्थिति बिग्रियो नत्र सबै ठीकठाक थियो भन्ने बुझाइ पनि विगतकै धङ्धङी मात्र त हैन ? प्रश्न पनि जोडिएको छ।

अर्को कुरा विदेश जानेहरूको बारेमा मौलिकता र आधुनिकतासँग जोडेर हेरिने गरिएको छ। पहिले मान्छे परिवारमा सँगै बस्थे, अहिले विदेश जाने प्रचलनले परिवार बिथोलियो, धेरै घर बिग्रियो भन्ने गरेका छन्। कसैले त हाम्रो जनशक्ति विदेशियो देश नै रित्तियो भनेर महाचिन्ता व्यक्त गरेका छन्। अहिले देशमा युवाको जनसंख्या बढी भएकाले जनसांख्यिक लाभ लिनुपर्छ, यो मौका गुम्यो भने ठूलो समस्या आउनेछ भन्ने सवाल अहिले टड्कारो बनेको छ। ठीक हो, विकासका लागि मानवीय र भौतिक तथा प्राकृतिक स्रोत महत्वपूर्ण छ तर यही मात्र निर्णायक होइन। निर्णायक त शासन सञ्चालन विधि हो।

यदि प्राकृतिक र मानवीय स्रोतकै कुरा गर्ने हो भने सिंगापुरमा प्राकृतिक स्रोत प्रचुर मात्रामा थिएन तर देश धनी भयो। यदि जनसंख्या घटीबढी नै निर्णायक हुन्थ्यो भने कतारमा जनसंख्या कम भएर र चीन जनसंख्या बढी भएर विकास हुँदैनथ्यो। अहिले विश्वमा युवा जनसंख्या धेरै भएका अफ्रिकी देशहरू छन् तर तिनै देशहरू गरिबीमा छन्। यहाँ जनसांख्यिक लाभलाई बेवास्ता गरौँ भनिएको होइन तर देश विकासका लागि एउटै स्रोत मात्र मानक बन्दैन भन्न खोजिएको हो। वैदेशिक रोजगार र अध्ययनमा जानेहरू बढेपछि स्थिति बिग्रियो नत्र सबै ठीकठाक थियो भन्ने बुझाइ पनि विगतकै धङ्धङी मात्र त हैन ? प्रश्न पनि जोडिएको छ।

अतः विकासका लागि विगतको अनुभव र जानकारी आवश्यकीय पक्ष हो। ऐतिहासिक सन्दर्भहरूबाट पाठ सिक्दै स्रोतसाधनको समुचित परिचालन गरेर देश विकास गर्न दूरदृष्टिसहितको सच्चा राजनीतिक संस्कार अनिवार्य छ। अहिलेको भन्दा पहिलेकै ठीक थियो भनेर रनभुल्ल पर्नु र पार्नु उचित होइन।

प्रकाशित: १० भाद्र २०८१ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App