५ श्रावण २०८१ शनिबार
image/svg+xml
विचार

असल अभिभावकत्व अभावको असर

अभिभावकत्व शब्दको क्षेत्र व्यापक छ। राष्ट्र, जनता, प्रशासन तथा राजनीति आदिको असल अभिभावकत्वले नै असल परिणाम निर्धारण गर्छ। यो लेखमा मुख्यगरी बालबालिका र उनीहरूले प्राप्त गरिरहेको अभिभावकत्व र असल अभिभावकत्वबारे चर्चा गर्ने प्रयत्न गरिएको छ।

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो। यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्छ। यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन्, भावी जीवन उस्तै हुन्छ। शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ।

खेल खेल्नु बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो। खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गिण विकास आशा गर्न सकिँदैन। खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो। सबै बालबालिकाले खेल्न पाउनुपर्छ।

अभिभावक भन्नाले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइ/दिदी र अन्य स्याहारकर्ता हुन्। बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी, आमाबुबा वा अभिभावक नै हुन्। बालबालिकालाई पालनपोषण, स्याहारसुसार, स्वास्थ्य, सरसफाइ, सुरक्षा, उत्प्रेरणा, खेल, कुराकानी र स्नेहपूर्ण व्यवहारले विकासमा प्रत्यक्ष सहयोग पुर्‍याउने तथा कानुनी हक अधिकार दिलाउने जिम्मेवारी अभिभावकत्व हो। अभिभावकबिना शिशुको लालनपालन असम्भव हुन्छ।

अभिभावकको विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सिप विकासमा महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र अभिभावक पहिलो शिक्षक हुन्। खेल खेल्नु बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो। खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गिण विकास आशा गर्न सकिँदैन। खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो। सबै बालबालिकाले खेल्न पाउनुपर्छ।

उमेरअनुसार र जति यी इन्द्रियहरूले उत्प्रेरणा पाउँछन् त्यति नै सक्रिय हुंदै जान्छन्। आँखाले नयाँ कुरा हेर्न, जिब्रोले नयाँ वस्तु चाख्न, कानले सुन्न र हातले वस्तुहरू चलाउन छुन कहिल्यै थाक्दैनन्। यस्तो क्रियाकलापले उनीहरूको बौद्धिक क्षमता बढाउँछ।

विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ तथा विश्व बैङ्कको संयुक्त पहल तथा विभिन्न अनुसन्धानका आधारमा बालबालिकाको सर्वाङ्गीण विकास हासिल गर्न आवश्यक वैज्ञानिक उचित स्याहारको ढाँचा तयार गरी सदस्य राष्ट्रहरूलाई लागु गर्न आह्वान गरेको छ। यसै ढाँचाभित्र रहेर नेपालमा पनि अभिभावक शिक्षाको विकास भएको छ तर अपेक्षाकृत परिणाम भने अझै देखिएको छैन।

राम्रो स्वास्थ्य, पर्याप्त पोषण, संवेदनशील स्याहार, सुरक्षा र संरक्षण उत्प्रेरणा र सिकाइ बालबालिकाको गर्भदेखि नै सुरु हुन्छ। बालबालिकाको सिकाइका ढोकाहरू अर्थात पाँच इन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) पाएका अनुभव नै उत्प्रेरणा हुन्। उमेरअनुसार र जति यी इन्द्रियहरूले उत्प्रेरणा पाउँछन् त्यति नै सक्रिय हुंदै जान्छन्। आँखाले नयाँ कुरा हेर्न, जिब्रोले नयाँ वस्तु चाख्न, कानले सुन्न र हातले वस्तुहरू चलाउन छुन कहिल्यै थाक्दैनन्। यस्तो क्रियाकलापले उनीहरूको बौद्धिक क्षमता बढाउँछ।

सिकाइमा बन्देज लगाउने तर राम्रो नतिजाको अपेक्षा राख्ने, तुलना गर्ने, अनावश्यक दण्ड सजाय दिने अभिभावकको स्वभावले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर परिरहेको उनीहरूले व्यक्त गरेका शब्दले पुष्टि गर्छ। 

प्रत्येक क्रियाकलाप वा उत्प्रेरणाबाट शिशुले नयाँ सिप सिकिरहेका हुन्छन्। यसमा पनि उनीहरूको भावना बुझेर सोअनुरूप अभिभावकले सहभागी भएर सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ। अभिभावक शिक्षाले यी उत्प्रेरणा र सिकाइमा गर्भदेखि, शिशु, बाल्यावस्था किशोर अवस्था आदि उमेर क्रमअनुरूप सिकाइमा अभिभावकले गर्नुपर्ने सहयोगबारे ज्ञान र सिप सिकाउँछ। बालबालिकाले गर्न चाहेका क्रियाकलापहरूलाई निरुत्साहित गर्ने गरी ‘तिमी सक्दैनौ, गर्नुहुन्न, सानो छौ’ भनिरहँदा उनीहरूले सिक्ने मौका कहिले पाउँछन् ? बालबालिकाको सर्वाङ्गीण बिकासका लागि उनीहरूका क्रियाकलापमा स्वयं अभिभावक सहभागी हुँदै हौसला र प्रेरणा जागृत गर्न जरुरी हुन्छ।

अधिकांश अभिभावकले वालबालिकाको सिकाइको प्रयत्नको प्रशंसा गर्नुको सट्टा नतिजाको आधारमा बालबालिकाप्रति गरिने नकारात्मक व्यवहारबाट उनीहरू चिन्तित देखिन्छन्। सिकाइमा बन्देज लगाउने तर राम्रो नतिजाको अपेक्षा राख्ने, तुलना गर्ने, अनावश्यक दण्ड सजाय दिने अभिभावकको स्वभावले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर परिरहेको उनीहरूले व्यक्त गरेका शब्दले पुष्टि गर्छ। बालबालिकाको सिकाइमा प्रोत्साहन र हौसला नदिने, उनीहरूसँग समय नबिताउने, साथीसंगीहरूसँग खेल्न तथा समय बिताउन निरुत्साहित गर्ने तर बालबालिकाबाट सर्वाङ्गीण विकासको अपेक्षा राख्ने, अपेक्षाअनुरूप उनीहरूको स्वभाव प्राप्त नहुँदा दबाब र डर पैदा गर्ने अभिभावकको बानीप्रति बालबालिकाका धेरै गुनासो देखिन्छन्।

वैज्ञानिक अनुसन्धानअनुसार बालबालिकाको मस्तिष्क विकास पूर्ण भइनसकेका कारण उनीहरूमा जिद्दी स्वभाव हुनु स्वाभाविक भएको मानिएको छ तर उनीहरूको इच्छा विपरित अभिभावकले गर्ने दबाबपूर्ण व्यवहारले बालबालिकाको विकासमा नकारात्मक असर पुगेको देखिन्छ।

झन् गल्तीबाट नै सिकाइ हुन्छ भन्नेतर्फ अभिभावकहरू जानकार हुन जरुरी देखिन्छ। असल अभिभावकत्वबारे तालिम प्राप्तिका लागि सहभागी अभिभावकहरूले तालिमपश्चात आफूहरूको आँखा बल्ल खुलेको भन्नेखालका अभिव्यक्ति दिइरहँदा राज्य यो विषयप्रति बेखबर जस्तै हो कि भन्ने प्रश्न पैदा भएको छ। विद्यालयदेखि उच्च विद्यालय तहसम्मकै पाठ्यक्रममा बालअधिकार र असल अभिवाकत्वलाई समावेश गर्नुपर्ने आवश्यकता देखिन्छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि असल अभिभावकत्व एक प्रमुख बाल अधिकारका रूपमा स्थापित हुन जरुरी देखिन्छ।

वैज्ञानिक अनुसन्धानअनुसार बालबालिकाको मस्तिष्क विकास पूर्ण भइनसकेका कारण उनीहरूमा जिद्दी स्वभाव हुनु स्वाभाविक भएको मानिएको छ तर उनीहरूको इच्छा विपरित अभिभावकले गर्ने दबाबपूर्ण व्यवहारले बालबालिकाको विकासमा नकारात्मक असर पुगेको देखिन्छ।

बालबालिकामाथि हुन सक्ने दबाबमूलक गाली तथा पिटाइका गुनासाको सिकायत बालबालिकाले गरे भने अभिभावकलाई कार्वाहीको दायरामा ल्याउने कानुनी व्यवस्थाको अमेरिकाले कडारूपमा कार्यान्वयन गर्दै आएको त्यहाँ कार्यरत कानुन व्यवसायी बताउँछन्। 

पछिल्लो समयमा १२/१३ वर्ष उमेर समूहका बालबालिकाले आत्महत्या गर्ने क्रम बढेको पत्रपत्रिकाका समाचारबाट अवगत हुन सकिन्छ। बाल्य अवस्थामै मानसिक रोगको सिकार बन्दै जानु, पछिल्लो समयमा बालबालिकामा देखापरेको अटिजमको समस्या बढ्दै जानु, कुलतमा फस्नु, बलात्कारका घटना बढ्नु, चोरी डकैती, गुन्डागर्दीजस्ता आपराधिक गतिविधिमा समेत बालबालिकाको संलग्नता देखिनु भनेको नै असल अभिभावकत्वको कमी प्रमुख कारण हुन सक्छ। तर यस्तो गम्भीर विषयप्रति राज्यको ध्यान पुगेको देखिँदैन। असल अभिभावकत्वका लागि नीतिगतरूपमै कार्यक्रमहरू सञ्चालन हुनुपर्ने देखिन्छ।

आफ्नो व्यवहारको अन्तर्य नबुझी बालबालिकाबाट सर्वाङ्गीण विकासको अपेक्षा राख्न सकिँदैन। विकसित राष्ट्रहरूमा बालअधिकार संरक्षणलाई उच्च प्राथमिकतामा राखेको पाइन्छ। बालबालिकामाथि हुन सक्ने दबाबमूलक गाली तथा पिटाइका गुनासाको सिकायत बालबालिकाले गरे भने अभिभावकलाई कार्वाहीको दायरामा ल्याउने कानुनी व्यवस्थाको अमेरिकाले कडारूपमा कार्यान्वयन गर्दै आएको त्यहाँ कार्यरत कानुन व्यवसायी बताउँछन्। तर नेपालमा भने असल अभिभावकत्व तथा बालअधिकारको महत्त्वप्रति न अभिभावक सचेत देखिन्छन् न राज्य नै गम्भीर देखिन्छ। अब सरकारी तथा निजी विद्यालयले असल अभिभावकत्वको महŒवलाई व्यापक बनाउँदै राज्यको ध्यान त्यतातर्फ केन्द्रित गराउन दबाब पैदा गर्नुपर्छ।

प्रकाशित: २६ असार २०८१ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App