६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

जापानी मन्त्री नेपाली सञ्चारकर्मी

जापानबाट नेपाल–भ्रमणमा आउने उच्चस्तरीय सरकारी पाहुना प्रायः छोटो यात्रामा हुन्छन्। हालै काठमाडौं आएकी परराष्ट्रमन्त्री योको खामिखावा पनि अपवाद भइनन्। सन् २००० मा जापानका प्रधानमन्त्री योशिरो मोरीको एकदिने भ्रमण हुँदा म समाचार सङ्कलनमा सक्रिय थिएँ। पाटन दरबारको अवलोकनका बखत सानो झ्यालबाट बाहिर चिहाएको मोरीको चित्र निकै चर्चित भएको थियो।

खामिखावा काठमाडौं ओर्लिएको दिन उनको नामबाट गोरखापत्र र राइजिङ नेपालमा लेख छापिएका थिए। त्यसमा जापानकी विशिष्ट अतिथिले आफ्नो यात्राको उद्देश्य र जापान–नेपाल सम्बन्धबारे विस्तृत चर्चा गरेकी थिइन्। जसले गोरखापत्रमा ‘मेरो पहिलो नेपाल–भ्रमण’ शीर्षकको लेख पढे तिनलाई उपयोगी र आधिकारिक जानकारीहरू प्राप्त भए। जस्तो–सन् १९६९ यताको अवधिमा जापानले नेपालमा सडक, बिजुली, विमानस्थल र खानेपानीसमेतका पूर्वाधारमा उल्लेख्य सहायता गरेको प्रसङ्ग। 

अर्को शब्दमा, जापानको नेपाली समुदाय (डायस्पोरा) तीव्र गतिमा ठूलो हुँदै गएको छ। सम्भावनाको साथमा चुनौतीहरू थपिंदै जाने कुरा स्वाभाविक नै हो।

जापान नेपालको मामिलामा कुनै रणनीतिक स्वार्थ नभएको मुलुक हुनाले त्यताबाट प्राप्त हुने सहायताबारे तर्क–वितर्क गरिरहनु पनि परेन। एमसिसी र बिआरआई त भिन्दै मामिला भएका छन्, ती परियोजनासँग गाँसिएका सर्त र सम्झौताका कारण।

खामिखावाले दुवै देशमा भूकम्पका घटना हुँदा एक देशले अर्कोलाई सघाएको विषयलाई पनि ससन्दर्भ उल्लेख गरिन्। त्यसैगरी, उनबाट यो जानकारी पनि आयो– ‘हाल जापानमा बस्ने नेपालीको संख्या एक लाख ७० हजार नाघिसक्यो।’ यो जापानमा बसोबास गर्ने विदेशीहरूको संख्यामा छैटौँ ठूलो रहेछ। 

जापानका एक अनुभवी पत्रकार काजुओ नागाताले यस हरफको लेखकलाई हालै दिएको जानकारी अनुसार, नेपालीहरूको गन्ती सन् २०१२ मा २४ हजार रहेकामा सन् २०२२ मा पाँच गुणाले बढेर झण्डै एक लाख ४० हजार पुगेको थियो। यो बढ्ने क्रममै छ। अर्को शब्दमा, जापानको नेपाली समुदाय (डायस्पोरा) तीव्र गतिमा ठूलो हुँदै गएको छ। सम्भावनाको साथमा चुनौतीहरू थपिंदै जाने कुरा स्वाभाविक नै हो।

प्रधानमन्त्री फुमिओ किसिदा सत्तारुढ दल एलडिपीको आन्तरिक राजनीति सुल्झाउने क्रममा लागेका बखत खामिखावा आर्थिक कूटनीतिको परिचालनमा सक्रिय रहेकी हुन् भन्ने जापानी प्रेसको अनुमान छ। अ

आकलनको पाटो

परराष्ट्रमन्त्री खामिखावा १० दिनको विदेश यात्रामा २६ अप्रिल (१४ वैशाख)का दिन जापानबाट प्रस्थान गरेकी थिइन्। थालनीमा उनी तीन अफ्रिकी मुलुक माडागास्कर, कोटे डिआइभोर र नाइजेरिया गइन् भने त्यसपछि युरोपको फ्रान्स पुगिन्। अन्तिम चरणमा उनी पहिले श्रीलङ्का र त्यसपछि नेपाल आइन्। र, काठमाडौंमा छँदै उनले जापानका सञ्चार माध्यमलाई आफ्नो समग्र यात्राको आकलन सुनाइन्।

प्रधानमन्त्री फुमिओ किसिदा सत्तारुढ दल एलडिपीको आन्तरिक राजनीति सुल्झाउने क्रममा लागेका बखत खामिखावा आर्थिक कूटनीतिको परिचालनमा सक्रिय रहेकी हुन् भन्ने जापानी प्रेसको अनुमान छ। अर्को अनुमान के पनि छ भने खामिखावा प्रधानमन्त्री किसिदा पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट अलग हुने अवस्था आएमा उनी ती पदको दाबेदार हुन सक्छिन्। अर्थात् उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने नेतृ हुन्। तर के उनको नेपाल–भ्रमणबारे नेपाली प्रेसले यथोचित महत्त्व दिन सक्यो त ?  

भनौं, पाठकका कतिपय जिज्ञासा अनुत्तरित नै रहे। रुसले युक्रेनमा आक्रमण गरेको विषय र नेपाल चीनको छिमेकी भएको पक्षलाई एक हदमा उद्घाटित गरिन्। नेपालको नागढुङ्गा सुरुङमा जापानको सहभागिता पनि उनको मन्तव्यका क्रममा आएको रहेछ।

केही छापाका शीर्षक हेर्दा ‘सकेन’ भन्ने निष्कर्ष निस्कन्छ।

अनलाइन संस्करणसमेतका अखबारका प्रस्तुतिभन्दा प्रसारण माध्यम पनि खासै भिन्न देखिएनन्। जस्तो, एउटा दैनिकको शीर्षक थियो–‘दुई देशबीच विविध सहकार्यमा मौखिक सहमति।’ अर्को दैनिकको शीर्षक यस्तो रह्यो–‘नेपाललाई विकासशील देश बनाउन जापान दृढ।’ अर्को एक शीर्षक–‘नेपाललाई निरन्तर सहयोग गर्ने वचन। एक अंग्रेजी छापामा आयो–जापानका परराष्ट्रमन्त्री नेपालमा।’ न शीर्षकमुनिको बेहोरा पढ्ने जाँगर जगाउँछ न त पाठकलाई भ्रमणबारे जिज्ञासु नै तुल्याउँछ।

भन्नु परेन, चर्चित भ्रमणबारे प्रेसलाई जानकारी दिने जापानी (र नेपाली) त स्रोत एकै थिए होलान्। तब कसरी भिन्नाभिन्नै अर्थ र आशय झल्किने शीर्षबोली आए ? एक दैनिकले खामिखावाको मन्त्रालयकी प्रवक्ता मारिको कानेकोले भनेका एकाध कुराको उल्लेखसम्म त गर्‍यो तर पर्याप्त भएन। भनौं, पाठकका कतिपय जिज्ञासा अनुत्तरित नै रहे। रुसले युक्रेनमा आक्रमण गरेको विषय र नेपाल चीनको छिमेकी भएको पक्षलाई एक हदमा उद्घाटित गरिन्। नेपालको नागढुङ्गा सुरुङमा जापानको सहभागिता पनि उनको मन्तव्यका क्रममा आएको रहेछ।

तर यस वास्तविकताबारे सम्पादकहरू अन्योलमा रहेको अनुभव हुन्छ। त्यस अन्योललाई प्रमाणित गर्ने अर्को पाटो पनि छ र त्यो हो खामिखावाको भ्रमणसम्बन्धी समाचार कुनैमा पहिलो पृष्ठमा त कतै भित्री पृष्ठमा।

समाचारको प्रस्तुति

माथि चर्चित प्रस्तुतिहरूले समाचार सङ्कलन र सम्पादनमा खटिएका पत्रकारहरूमा पेसागत दक्षताको टड्कारो कमी देखाउँछ। कदाचित् त्यसो होइन भने कमजोर प्रस्तुतिले तिनको लापरबाहीतिर सङ्केत गर्छ। प्राप्त सूचनाका स्रोत खुलाउन मिल्ने हदसम्म खुलाउँदा नै समाचारको विश्वसनीयता कायम रहने कुरो निर्विवाद छ। तर यस वास्तविकताबारे सम्पादकहरू अन्योलमा रहेको अनुभव हुन्छ। त्यस अन्योललाई प्रमाणित गर्ने अर्को पाटो पनि छ र त्यो हो खामिखावाको भ्रमणसम्बन्धी समाचार कुनैमा पहिलो पृष्ठमा त कतै भित्री पृष्ठमा।

एक आर्थिक दैनिकले त जापानी परराष्ट्रमन्त्रीको समाचार पुछारको पातो (पृष्ठ १०) मा दिनु उपयुक्त ठानेछ! जापान अहिलेकै विश्व व्यवस्थामा पनि अग्रणी आर्थिक शक्ति हो। कतिलाई त ‘योको’ पहिले लेख्ने कि ‘खामिखावा’ पहिले उल्लेख गर्ने भन्ने समस्यासमेत परेछ। एक दैनिक पत्रिकाले समाचार भित्री पातोमा छापेछ तर ‘सम्बन्धको उच्चता’ लाई भने शीर्षबोलीमै समावेश गरेर क्षतिपूर्तिको प्रयास गरेको पाइयो। 

युद्ध रोकिएको छैन। नेपालको अहिलेको परिप्रेक्ष्यमा संवाददाताहरूले त्यस स्तरको जोखिम मोल्नुपरेको छैन तैपनि किन यस स्तरको आलस्यले गाँजिएका छन् हाम्रा प्रेस–प्रतिनिधिहरू? 

कुनै कुनै छापामा एकदिने कार्यक्रमको व्यस्तताबीच पनि खामिखावाले एक पुस्तक पसलमा गई केही किताब खरीद गरेको जानकारीसमेत समेटेको देखियो। हो, जनरुचिका यस्तै प्रसङ्गले पाठकलाई सन्तुष्टि प्रदान गर्छन्। तर कति धैर्य छ यसप्रकारका सामग्री बटुल्न हाम्रा संवाददाता र सम्पादकहरूलाई ? खालि इमेलबाट आउने विज्ञप्ति र वक्तव्यलाई ओल्टाइ–पल्टाइ गरेर समाचार बनाउने प्रवृत्तिले प्रेसको विश्वसनीयता अभिवृद्धिमा किमार्थ मद्दत पुग्दैन।

स्पष्ट छ, सुविधायुक्त कार्यकक्षमा बसेर खँदिला सूचना बटुल्न सकिँदैन। हो, सूचना प्रविधिले केही सघाउ त पुर्‍याएको छ तर त्यो पर्याप्त हुन सक्दैन। कदाचित् यस्तो हुँदो हो त प्यालेस्टाइनमा इजरायलको हमला र युक्रेनमा रुसी आक्रमणका घटनाको विवरण सङ्कलन गर्न संवाददाताहरू लडाञीको मोर्चामा किन पुगिरहन्थे ? किन ज्यान जोखिमा पार्थे ? प्रेसको जानकारीमै आएको कुरो हो, सयभन्दा बढीको संख्यामा पत्रकार र तिनका सहयोगी सञ्चारकर्मीको ज्यान गैसक्यो। युद्ध रोकिएको छैन। नेपालको अहिलेको परिप्रेक्ष्यमा संवाददाताहरूले त्यस स्तरको जोखिम मोल्नुपरेको छैन तैपनि किन यस स्तरको आलस्यले गाँजिएका छन् हाम्रा प्रेस–प्रतिनिधिहरू? 

dhrubahari@gmail.com

प्रकाशित: ४ जेष्ठ २०८१ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App