२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

निकासी व्यापारका सम्हाल्नुपर्ने पक्ष

देशको सुहाउँदो निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा ह्रास आएको छ। निकासी व्यापारलाई अर्थतन्त्रमा ठूलो महत्वले हेरिनुपर्दछ। तर अद्यावधिक उचित नीतिनियमको अभावमा निकासी व्यापारमा विस्तार हुन सकेको छैन।

निकासी प्रवर्द्धनका अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याइनुपर्दछ। नेपालको निकासी व्यापार प्रवर्द्धन प्रोत्साहनमा देखिएको कमी–कमजोरीले गर्दा नेपाली वस्तु निकासीमा कमी हुँदै आएको छ।

नेपालबाट निकासी हुने वस्तुहरूको निकासी परिमाणका आयतन बढ्न सकेको छैन। प्रमुख निर्यातक वस्तुको निर्यातमा ह्रास  आएको छ जसले गर्दा देशको अर्थतन्त्रलाई समेत प्रभाव पारेको छ। गलैँचा, तयारी पोशाक, पश्मिना, हस्तकलालगायतका वस्तुका निकासी पहिले विगतमा प्राप्त उच्चतम बिन्दुसम्म पनि बढ्न सकेको छैन्।

निकासीमा बढी मूल्य बढ्न नसकेकाले नेपालको व्यापार घाटा चुलिंँदै गएको छ। नेपालमा सम्भव र विस्तारित निकासी क्षेत्र बढाउन दीर्घकालीन प्रतिबद्धता आवश्यक छ। दीर्घकालीन परिप्रेक्षमा सबै क्षेत्रमा राष्ट्रिय प्राथमिकतामा निकासीलाई समेटिनु पर्दछ।

 २०७६ सालपछि भटमासको तेल, पाम तेल र सन फ्लावर तेलको निकासीले निकासीमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भए। यो स्थिति २०७९/८० सम्म केही हदसम्म कायम भए पनि २०८०/८१ आउँदा अलैँची, अदुवा र चियाको निकासी ह्वात्त बढ्न गयो।

सरकारी र निजी क्षेत्रमा निकासीलाई यथेष्ठ ध्यान नदिँदासमेत व्यापार प्रभावीत भएका छन्। सरकारी निकायबाट र निजी क्षेत्रबाट निकासी नीति घोषणा गरिए पनि राष्ट्रिय व्यापार नीति कल्पना गरिएभन्दा समन्वय, एकीकृत र स्थायी गरिएका छैनन्। विनिमय दर, आर्थिक प्रावधान, भन्सार शुल्क छूट र अरू प्रोत्साहन दिने काम कम भएका छैनन्।

 नेपालमा धेरैजसो निकासीका कारोबारका निकासी प्रक्रिया र अभिलेख सरल नबनाउँदा व्यवसायीहरूले धेरै समस्या बेहोरिरहेका छन्। हाल अगाडि सारिएको एकद्धार प्रणालीले  यस्ता समस्या कम गर्लान् भने पनि निकासी ठीक ठाउँमा आउन सकेन।

राम्रोसँग स्थापित केही निकासीकर्तालाई बाहेक अरूलाई माल चलानीपश्चात मात्र निकासी कर्जा दिइने व्यवस्था गरिएको छ। नेपालमा निकासी विस्तारका लागि अत्यावश्यक आवश्यकताका रूपमा पूर्वसामान चलानी र सामान चलानीपश्चातका निकासी कर्जा आवश्यक देखिन्छ।

धेरैजसो निकासीकर्ताका निकायहरू र नेपाली निकासी उद्यमी कम्पनीले व्यापार अभिवृद्धि गर्न अझ क्षमतावान बन्न नसकेका कारण निकासी वातावरण बन्न सकेको छैन। भौगोलिक अवस्थिति, भारतसँगको खुला सिमाना र नेपाल–भारत व्यापार सम्बन्धका कारणले व्यापार अभिवृद्धि हुन सकेको छैन।

व्यापार क्षेत्रलाई उदार, प्रतिस्पर्धी र बजारोन्मुख बनाउने उद्देश्यले समय–समयमा विभिन्न नीतिगत तथा संस्थागत सुधारका प्रयास अघि बढाउँदै लगीएको छ। यस क्रममा नेपालको विश्व व्यापार संगठनमा प्रवेश, साफ्टा र बिमस्टेक जस्ता क्षेत्रीय व्यापार प्रणालीहरूसँगको आबद्धता समेतले आएको परिवर्तनलाई समेट्न वाणिज्य नीति २०६५ पछि २०७२ कार्यान्वयनमा आएको छ र रणनीति २०७३ ले र यसपछि आएको रणनीतिले निकासी प्रवर्द्धन गरिआएको छ वा छैन यथार्थ सामु छ। यससहित प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार संरक्षण, वित्तीय कारोबार, कम्पनी सञ्चालन, भन्सार सम्बन्धित नयाँ ऐन तथा नियमावलीहरू जारी भइ कार्यान्वयनमा छन्।

अनगिन्ती ऐन बने र २०७६ सालमा त नीतिहरू पनि परिमार्जन गरिए। विभिन्न नीतिगत तथा संरचनागत सुधारपश्चात नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात कम भइ हरेक वर्ष व्यापार घाटा बढ्दै गएको र यसबाट शोघनान्तर स्थितिमा समेत प्रतिकूलता सिर्जना भएको छ।

पूर्णतः बन्देज वा परिमाणात्मक वा आंशिक बन्देज गरिएका वस्तुबाहेक अन्य वस्तु निकासी गर्न इजाजत आवश्यक छैन। तर परिमाणात्मक बन्देज गरिएका वस्तुमा निजी क्षेत्रको सहभागिता गराएर निकासी इजाजतपत्र दिइने व्यवस्था गरिएको छ। यसैबीच निकासी रणनीतिमा उल्लेख गरेअनुसार निकासी बढाउन वर्तमानमा रहेको पारबहन र यातायात सुविधामा संस्थागत र भौतिक आधारभूत व्यवस्थामा सुधार गर्न आवश्यक छ।

 निकासी प्रवर्द्धनका लागि कन्टेनर सेवा सुरु गरिने भनिए पनि आन्तरिक राजमार्गमा अरनिको राजमार्गबाहेक अरू राजमार्गमा कन्टेनर ढुवानी सुरु गरिएको छैन।

निकासी वस्तु उत्पादनका लागि चाहिने प्रारम्भिक वस्तु र कच्चा पदार्थ आयातमा लगाइएका भन्सार शुल्क फिर्ता गर्न निकासीका आधारमा भन्सार फिर्ता गर्ने कार्य सबै वस्तुमा गरिएको छैन। केही भए पनि कार्यान्वयन पक्षमा कमजोरी देखिन्छ। नेपाल व्यापार एकीकृत नीति, व्यापार नीति र नेपालको निकासीका चित्रणमा समन्वय अभाव देखिन्छ।

नेपालको चालु खातामा मुद्रा पूर्णतः परिवत्र्य बनाइए पनि निकासी मूल्यांकन व्यवस्था नहुँदा अर्काे समस्या थपिएको छ। निकासी योजना र कार्यक्रम निकासी क्षेत्रको मद्दतले संयोजन गरिनुपर्छ। निकासी व्यापारलाई अर्थतन्त्रको मुख्य आधारस्तभ्भ बनाएर लैजान उचित वातावरण बनाइनुपर्छ ।  

प्रकाशित: १६ आश्विन २०८० ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App