८ कार्तिक २०७७ शनिबार
विचार

विभाजित विश्व

संसारमा असमानता बढ्दो छ । तर यो असमानता केवल पैसास“ग मात्र सम्बन्धित छैन । यो शक्ति, अधिकार र अवसरहरूसँग पनि सम्बन्धित छ। र, यसका धेरै आयाम छन् जुन एक अर्कामा परिपोषक छन् । एउटा अत्यन्तै कम ध्यान दिइएको आयाम प्रजनन् अधिकारहरूको उपयोग वा अस्वीकार र त्यसले मानवताकै आधा हिस्सामा पारेका प्रभाव हुन् । यो नै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को मुख्य प्रतिवेदन, ‘विश्व जनसंख्याको स्थिति २०१७’ को प्रमुख जोड हो । प्रत्येक वर्ष युएनएफपिएले ‘विश्व जनसंख्याको स्थिति’ सार्वजनिक गर्छ।

अधिकांश विकासोन्मुख मुलुकहरूमा सबैभन्दा विपन्न महिलासँग आफू गर्भवती बन्ने कि नबन्ने, कहिले बन्ने र कतिपटक बन्ने भन्ने निर्णय गर्ने सामथ्र्य अत्यन्तै न्यून छ । त्यस्ता महिलासँग गर्भवती र सुत्केरी भएका बेला आवश्यक गुणस्तरीय रेखदेखको पहु“च पनि अत्यन्तै न्यून छ । यी असमानताका स्थायी असरहरू महिलाको स्वास्थ्य, कार्यगत जीवन र कमाउने सम्भाव्यता तथा उनीहरूले आफ्नो मुलुकको विकास र गरिबी निवारणमा पुर्‍याउन सक्ने योगदानमाथि परेको छ । महिला र किशोरीहरूको प्रजनन् अधिकारमा असमानताको प्रभावबारे एउटा उदाहरण दिन चाहन्छु:

लामो समयसम्मको सुत्केरी व्यथाले फिस्टुला (प्रसुतिजन्य घाउ) गराउन सक्छ जसले बच्चा बाहिरिने योनिमार्गमा प्वाल पार्छ । संसारका धनी मुलुकहरू र विपन्न मुलुकभित्रकै पनि सम्पन्न समुदायमा यो समस्या लगभग अन्त्य भइसकेको छ । प्रसुतीजन्य घाउ रोकथाम र उपचार गर्न सकिन्छ तापनि कमजोर स्वास्थ्य प्रणाली, गरिबी, लैंगिक असमानता र कम उमेरमै विवाह तथा गर्भधारणजस्ता कारणले यो अझैसम्म पनि विद्यमान छ ।  फिस्टुला विपन्न तथा अति सीमान्तीकृत  महिला र किशोरीहरूको प्रजनन् अधिकार सुरक्षित गर्न नसक्नुको एउटा दुःखद् परिणाम हो ।

युएनएफपीएको पूर्वप्रतिनिधिका रूपमा मैले फिस्टुलाका कारण अनावश्यक रूपमा अति कष्टकर पीडा प्रत्यक्ष रूपमा देखेको र असाध्यै हृदयविदारक कथा सुनेको छु ।  विपन्न र खासगरी ग्रामीण क्षेत्रहरूमा बस्ने कम शिक्षितहरूमा गर्भनिरोध पनि प्रायः पहु“चबाहिर छ । र, यसले महिला तथा किशोरीहरूलाई अनिच्छित गर्भधारणको ठूलो जोखिममा पारेको छ । अनिच्छित गर्भधारणले अवसरहरू र महसुस नगरिएका सम्भाव्यताहरूबाट आजीवन वञ्चित गराएर महिला र उनका सन्तानहरूलाई अन्त्यहीन गरिबीको चक्रमा धकेलिदिन सक्छ । त्यसरी ओरालो लागेको आर्थिक अवस्था पुस्तौँपुस्ता सम्म पनि नउकासिन सक्छ ।

हामीलाई के पनि थाहा छ भने धेरै आकस्मिक र मानवीय संकटहरू असमानताहरूकै कारण सिर्जित हुन्छन् । र, तिनीहरूले पैदा गर्ने असमानता र अति कमजोर अवस्थाहरू संकटका बेला झनै बढ्छन् । धेरै पर पुग्नै पर्दैन, रोहिंग्या संकटलाई हेरे पुग्छ जहा“ निकै कम संख्यामा रहेका सीमान्तीकृत मानिसहरूले अहिले आफूलाई अझै न्यून वा केही नभएको अवस्थामा पाउ“छन् । त्यसमध्ये पनि पहिल्यैदेखि अति जोखिम समूहमा ती महिला छन् जो गर्भवती वा बच्चा जन्माउने अवस्थामा छन् तर उनीहरू समक्ष अत्यावश्यक आधारभूत रेखदेखको पहु“चसमेत छैन।

आर्थिक असमानताले मुलुकहरूलाई धनी र गरीबमा छुट्याउ“छ । प्रजनन् स्वास्थ्य र अधिकार तथा लैंगिक असमानताले मानिसहरूलाई सबल र निर्बलमा विभाजन गर्छ । जुन महिला वा किशोरी स्वस्थ रहन सक्दिनन्, आफ्नो शिक्षा पूरा गर्न पाउ“दिनन्, घरबाहिर गएर सुव्यवस्थित काम गर्न सक्दिनन् र आफ्नो आर्थिक भविष्यको खाका कोर्न सक्दिनन् तिनैले आफ्ना प्रजनन् अधिकार पनि उपयोग गर्न सक्दिनन् । प्रजनन् स्वास्थ्य र अधिकारमा असमानताले कतै उल्लेख नगरिएका लाखौँलाख महिलालाई आफ्ना अधिकारहरूबाट वञ्चित गराउ“छ । यसले त्यस्तो सामाजिक र आर्थिक प्रणालीलाई सहारा दिन्छ जहा“ सुविधा  पाइसकेका थोरैलाई अझ माथि उठ्न र माथि नै रहिरहन तथा अधिकांशलाई उनीहरूका अधिकार हरण गरेर तलको तलै पारिरहन र सिंगो मुलुकको विकासका आधारहरूलाई नै लत्याउन सहज हुन्छ ।

आर्थिक असमानतालाई हल गर्न खोजिरहेका मुलुकहरूले प्रजनन् स्वास्थ्यजस्तै सम्बन्धित र अन्तर्निहित अन्य असमानताहरूलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ ।  प्रजनन् स्वास्थ्य र अधिकारहरू जटिल छन् तापनि यी आर्थिक असमानताको समाधान गर्नका लागि यी प्रशंसनीय परिवर्तनकारी तत्व हुन् । यिनले संयुक्त राष्ट्र संघको गरिबी निवारण गर्ने मुख्य दिगो विकास लक्ष्य हासिल गर्नतर्फ मुलुकलाई प्रेरित गर्छ । दिगो विकास लक्ष्यहरूले पृथ्वी र यहा“का मानिसहरूलाई अझ समतामूलक र समृद्ध बनाउने उद्देश्य राखेको छ । साझा समृद्धि हासिल गर्नका लागि अति पछाडि परेकाहरूलाई सुरुमा ल्याउने क्षमतामा सहायता गर्नुपर्छ ।

गर्भधारणको समय र अर्को गर्भधारणबीचको अवधिबारे आफैँले निर्णय लिने अधिकार उपयोग गर्नका लागि सशक्तीकरणमार्फत अति विपन्न महिलालाई उनीहरूका विकल्प र छनोटहरूको विस्तार गर्नु आर्थिक सुरक्षा र आत्मनिर्भरताको एउटा महत्वपूर्ण बाटो हो । यो थप सन्तुलित अर्थतन्त्र र समाजतर्फ लम्कने बाटो पनि हो । परिवार नियोजनका सबै पूरा हुन नसकेका माग पूरा गर्न मात्र नभई शिशु स्याहारजस्ता सेवाहरूमा पनि लगानी आवश्यक छ जसले महिलालाई पारिश्रमिक पाउने श्रमशक्तिका रूपमा प्रवेश पाउन वा रहन र उनीहरूलाई तथाकथित ‘मातृत्वको घाटा’बाट जोगाउन मद्दत गर्छ ।  र, यदि विपन्न महिला पिछडिए भने विपन्न किशोरीहरू, खासगरी बालिकाहरू, अझ धेरै पिछडिन्छन् । किशोरीहरूमा लगानी महत्वपूर्ण छ ।

लन्सेटको एउटा हालैको अध्ययनले के देखाएको छ भने, किशोरीहरूको शारीरिक, मानसिक र यौन स्वास्थ्यका लागि प्रतिव्यक्ति प्रतिवर्ष ४.६० अमेरिकी डलर खर्च गर्ने हो भने यसले समाजलाई १० गुणाभन्दा ज्यादा फाइदा दिन्छ । अझ महत्वपूर्ण कुरा त के भने सबैभन्दा बढी प्रतिफल सबैभन्दा विपन्न मुलुकहरूमा हासिल हुनेछ जो किशोर÷किशोरी मृत्युको ठूलो समस्याबाट ग्रस्त छन् । अति पिछडिएकाहरूलाई अगाडि ल्याउन नवीनता र रचनात्मक समाधान आवश्यक छ । 

सम्पत्ति जति थोरैभन्दा थोरै व्यक्तिहरूको हातमा सीमित रहन पुग्छ, धनी र गरीबबीचको दूरी झनै बढ्दै जान्छ अनि विपन्नहरूको स्तर असमानुपातिक रूपमा ठूलो रहिरहन्छ । चरम आर्थिक असमानताले मुलुकको आर्थिक वृद्धिलाई अवमूल्यन गर्नुका साथै विकासलाई नै विफल पारिदिन्छ । यसले राजनीतिक अतिवाद जन्माउन सक्छ र त्यसलाई सम्बोधन गर्न सकिएन भने शान्ति खल्बल्याउ“छ । जस्तो कि हेलेन केलरले एकपल्ट भन्नुभएको थियो, ‘यो विश्व पीडाहरूले भरिएको छ तापनि त्यसबाट बाहिरिने उपायले पनि भरिएको छ ।’

विद्यमान असमानताको अधोगामी चक्र रोक्न समावेशी समाजहरूका लागि नया“ भिजनको आवश्यकता छ, जहा“ सबै मानव–सम्भाव्यताहरू अनुभूत हुन सक्छन् । यो त्यही भिजन हो जसले युएनएफपिए रणनीतिक योजना २०१८–२०२१ लाई सूचित गरेको छ, जुन दिगो विकास लक्ष्य २०३० का उद्देश्य हासिल गर्न तयार पारिएका तीनमध्ये पहिलो हो । संयुक्त राष्ट्रसंघका अरू निकाय, साझेदारहरू र सरकारहरूसित काम गर्दै युएनएफपिए त्यस्तो भविष्यप्रति प्रतिबद्ध छ, जहा“ शून्य मात्रै एउटै स्वीकार्य संख्या होस् । शून्य मातृ मृत्युदर, शून्य अनिच्छित गर्भधारण र महिला यौनांगमा हुने क्षति र बालविवाहलगायत लैंगिक हिंसा तथा हानिकारक अभ्यास शून्य । 

त्यसैले हामी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारहरूमा हुने सबै प्रकारका असमानतालाई जरैदेखि अन्त्य गर्न र वैकल्पिक समतामूलक भविष्य निर्माणका लागि आधारशिला तयार पार्न आज सबैसित आह्वान गर्छौं ।   एउटा भविष्य जहा“ यौन तथा प्रजनन् स्वास्थ्यमा समान पहु“चसहित सबै महिलाले आफ्नो जीवनमा आफैँ निर्णय गर्छन् र अनिच्छित गर्भधारणबाट मुक्त हुन्छन् । यस्तो भविष्य जहा“ सबै महिला, पुरुष, बालिका र बालकले आ–आफ्ना अधिकार बुझ्छन् र उपयोग गर्छन् अनि उनीहरूको आफ्नो जीवनको बाटो तय गर्ने ज्ञान र सामथ्र्य राख्छन् ।

असमानाता अवश्य पनि शक्तिस“ग सम्बन्धित छ– थोरै व्यक्ति जोस“ग शक्ति छ र धेरै व्यक्तिहरू जोस“ग छैन । ‘विभाजित विश्व’ नामक युएनएफपिएको विश्व जनसंख्याको स्थिति प्रतिवेदन–२०१७ ले आफ्ना प्रजनन् छनौटहरू र भविष्यमाथि नियन्त्रण कायम गर्न महिलाको हातमा शक्ति पार्न बुलन्द आह्वान गरेको छ । महिलाको हातमा हुने त्यो शक्तिबाट विभाजित विश्व धेरै समयका लागि टिकिरहने छैन । त्यो शक्तिद्वारा पृथकता र असमानताको बदला न्याय कायम रहनेछ र महिला तथा किशोरीहरूका लागि अझै समतामूलक विश्व उपहार मिल्नेछ ।

(लेखक संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यकारी निर्देशक हुन्)

प्रकाशित: १ कार्तिक २०७४ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App