३ पुस २०८१ बुधबार
image/svg+xml
विचार

मानवकेन्द्रित विश्वव्यापीकरण र जी–२०

‘बसुधैव कुटुम्बकम्’ -यी दुई शब्दले गहिरो दर्शन बोकेको छ। यी दुई शब्दको अर्थ हुन्छ ‘यो पृथ्वी एउटा परिवार हो’। यो समावेशी दृष्टिकोणले हामीलाई हाम्रा सीमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारको रूपमा अघि बढ्न प्रेरित गर्दछ। भारतको अध्यक्षतामा आयोजित यसपटकको जी–२० शिखर सम्मेलनका क्रममा यो भावना मानवकेन्द्रित विकास एवम् प्रगतिको आह्वानको रूपमा जागृत भएको छ। एक पृथ्वीको रूपमा हामी हाम्रो ग्रहलाई सम्भार गर्न हातेमालो गर्दैछौं। एक परिवारको रूपमा हामी प्रगति प्राप्तिका लागि एक अर्काको सहारा बन्छौं। अनि हामी साझा भविष्य वा एक भविष्यतर्फ सँगै अघि बढ्छौं जुन अहिलेको अन्तरसम्बन्धित समयको अकाट्य वास्तविकता पनि हो।

कोभिड–१९ महामारीपछिको विश्वव्यवस्था पहिलेको भन्दा बिल्कुल फरक छ। अहिलेको विश्वव्यवस्थामा तीन वटा परिवर्तन देख्न सक्छौं।

पहिलो, जीडीपीकेन्द्रित विश्व दृष्टिकोण छाडी मानवकेन्द्रित दृष्टिकोण अँगाल्नुपर्ने आवश्यकताक बोध भएको छ। दोस्रो, विश्वले विश्वव्यापी आपूर्ति शृंखलामा उत्थानशीलता र विश्वसनीयताको महत्व बुझ्दै गएको छ। तेस्रो, विश्वव्यापी संस्थाहरूको सुधारमार्फत बहुपक्षीयतालाई सुदृढ बनाउन आवाज उठेका छन्। जी–२० मा हाम्रो अध्यक्षताले यी परिवर्तनहरूमा अहम् भूमिका खेलेको छ।

भारतका लागि जी–२० अध्यक्षता केवल उच्चतहको कुटनीतिक प्रयास मात्र होइन। भारत लोकतन्त्रको जननी र विविधताको नमुना भएकोले हामीले यो अनुभवको ढोका विश्वका लागि खोलिदिएका छौं।

सन् २०२२ को डिसेम्बरमा जब हामीले जी–२०को अध्यक्षता हासिल गर्यौं, मैले जी–२० ले मानसिकता परिवर्तनमा उल्लेख्य भूमिका खेल्नुपर्ने उल्लेख गरेको थिएँ। यो भावना ग्लोबल साउथ र अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा ल्याउने सन्दर्भमा झनै् आवश्यक देखिन्छ।

सन् २०२३ जनवरीमा आयोजित १२५ राष्ट्रको सहभागी ‘द भोइस अफ ग्लोबल साउथ’ शिखर सम्मेलन हाम्रो अध्यक्षताअन्तर्गत भएको प्रमुख पहलहरू मध्येको एक हो। सो सम्मेलन ग्लोबल साउथका सुझाव एवम् विचारलाई एक ठाउँमा ल्याउने महत्वपूर्ण प्रयास थियो। हाम्रो अध्यक्षतामा ग्लोबल साउथ शिखर सम्मेलनमा अफ्रिकी मुलुकको हाल सम्मकै ठूलो सहभागिता रह्यो भने अफ्रिकी संघलाई जी–२० को स्थायी सदस्यको रूपमा समावेश गर्न जोड दिने काम पनि भएको छ।

अहिलेको परस्पर सम्बन्धित विश्वमा हाम्रा चुनौती पनि अन्तरसम्बन्धित छन्। २०३० एजेन्डाको मध्यवर्षमा आइपुग्दा धेरैले दिगो विकासका लक्ष्य प्राप्तिमा भएको प्रगतिबारे चासो एवम् चिन्ता प्रकट गरेको छन्। दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रयासलाई गति दिन अघि सारिएको जी–२० २०२३ कार्ययोजनाले दिगो विकास लक्ष्यको कार्यान्वयनका लागि जी–२०को कार्यदिशा तय गर्नेछ।

भारतमा प्राचीन कालदेखि नै प्रकृतिसँग संगतिमा जीवन बिताउने चलन रहिआएको छ र हामीले आधुनिककालमा पनि जलवायु अनुकूलन कार्यमा आफ्नो तर्फबाट योगदान गरिरहेका छौं। ग्लोबल साउथका धेरै देशहरू विकासका विभिन्न चरणमा रहेका छन् र जलवायु अनुकूलन कार्यलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ। जलवायु अनुकूलन कार्य जलवायु वित्त तथा प्रविधिको हस्तातरणसँग मेल खानेगरी अघि बढाउनु पर्दछ।

जलवायु परिवर्तन रोक्न के गर्न हुँदैन भन्ने विशुद्ध प्रतिबन्धात्मक मनोवृत्तिबाट हटेर के गर्न सकिन्छ भन्ने रचनात्मक विचार अँगाल्न आवश्यक छ। ‘द चेन्नाई हाइ–लेभल प्रिन्सिपल्स फर अ सस्टेनेबल एन्ड रेजिलियन्ट ब्लु इकोनोमी’ हाम्रा समुद्रलाई स्वस्थ एवम् स्वच्छ राख्नेतर्फ केन्द्रित छ। हाम्रो अध्यक्षता र हरित हाइड्रोजन इनोभेसन केन्द्रको पहलले सफा र हरित हाइड्रोजनका लागि पारिस्थितिकी प्रणालीको निर्माण गर्नेछ।

अहिलेको परस्पर सम्बन्धित विश्वमा हाम्रा चुनौती पनि अन्तरसम्बन्धित छन्। २०३० एजेन्डाको मध्यवर्षमा आइपुग्दा धेरैले दिगो विकासका लक्ष्य प्राप्तिमा भएको प्रगतिबारे चासो एवम् चिन्ता प्रकट गरेको छन्।

सन् २०१५ मा हामीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सुरुवात गर्यौ। हामी अब ग्लोबल बायोफ्युल्स एलान्यसमार्फत चक्रीय अर्थतन्त्रका फाइदा अनुरूप ऊर्जा परिवर्तन सक्षम बनाउन विश्वलाई नै सहयोग गर्नेछौं।

जलवायु अनुकूलन कार्यको लोकतान्त्रिकीकरण आन्दोलनलाई गति दिने उत्तम तरिका हो। जसरी व्यक्तिहरूले आफ्नो दीर्घकालीन स्वास्थ्यलाई ख्याल गर्दै दैनिक निर्णयहरू गर्छन्, त्यसरी नै तिनीहरूले आफू बस्ने ग्रहको दीर्घकालीन स्वास्थ्यमा परेको असरको आधारमा आफ्ना जीवनशैलीसँग सम्बन्धित निर्णयहरू गर्न सक्छन्। जसरी योग स्वास्थ्यका लागि विश्वव्यापी जनआन्दोलन बनेको छ, त्यसैगरी हामीले विश्वलाई ‘लाइफस्टाइल्स फर सस्टेनेबल इन्भारोमेन्ट (एलआईएफई)’ तर्फ अग्रसर गराएका छौं।

जलवायु परिवर्तनको प्रभावका कारण खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्नु महत्वपूर्ण हुनेछ। कोदोजन्य बाली वा श्री अन्नले यसलाई समाधान गर्न मद्दत गर्नुका साथै ‘क्लाइमेट–स्मार्ट एग्रिकल्चर’लाई प्रवर्द्धन गर्नेछ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षमा हामीले कोदोजन्य बालीलाई विश्वका भान्साभान्सामा पुर्‍याएका छौं। खाद्य सुरक्षा र पोषण सम्बन्धी डेक्कन उच्चस्तरीय सिद्धान्तहरू पनि यस दिशामा सहयोगी छन्।

प्रविधि परिवर्तनशील छ तर यसलाई समावेशी बनाउन पनि उत्तिकै जरुरी छ। विगतमा प्राविधिक विकासका फाइदाले समाजका सबै वर्गहरूलाई समान रूपमा लाभान्वित तुल्याएको थिएन। भारतले पछिल्ला केही वर्षहरूमा प्रविधिलाई व्यापक बनाउनुको सट्टा कसरी असमानता घटाउनमा उपयोग गर्न सकिन्छ भनेर देखाएको छ।

उदाहरणका लागि बैंकको पहुँचबाट टाढा वा डिजिटल पहिचानविहीन विश्वभरीका अर्बौ मानिसलाई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डिपिआई) मार्फत आर्थिक रूपमा समावेश गर्न सकिन्छ। डिपिआईको प्रयोग गरेर निर्माण गरिएका उपायहरूले अहिले विश्वव्यापी रूपमै मान्यता पाएका छन्। समावेशी विकासको शक्तिबाट आर्जन हुने लाभ बटुल्न अब  जी–२० मार्फत हामी विकासशील देशहरूलाई डिपिआई अपनाउन, विकास गर्न र मापन गर्न मद्दत गर्नेछौं।

जलवायु परिवर्तनको प्रभावका कारण खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्नु महत्वपूर्ण हुनेछ। कोदोजन्य बाली वा श्री अन्नले यसलाई समाधान गर्न मद्दत गर्नुका साथै ‘क्लाइमेट–स्मार्ट एग्रिकल्चर’लाई प्रवर्द्धन गर्नेछ।

भारत सबैभन्दा छिटो वृद्धि भइरहेको ठूलो अर्थतन्त्र भएको मुलुक यसै बनेको होइन। हाम्रा सरल, मापन योग्य र दिगो समाधानहरूले कमजोर र सीमान्तकृतहरूलाई हाम्रो विकास कथाको नेतृत्व गर्न सशक्त बनाएको छ।

अन्तरिक्षदेखि खेलकुद, अर्थतन्त्रदेखि उद्यमशीलतासम्म, भारतीय महिलाले विभिन्न क्षेत्रमा नेतृत्व लिएका छन्। उनीहरूले ‘महिलाको विकास’ भाष्यलाई ‘महिला नेतृत्व विकास’मा परिवर्तन गरिदिएका छन्। लैङ्गिक डिजिटल असमानतालाई कम गर्न, श्रम शक्ति सहभागीता विभेदलाई घटाउन र नेतृत्व र निर्णय प्रक्रियामा महिलाको बृहत् भूमिका सुनिश्चित गर्न हाम्रो अध्यक्षतामा रहेको जी–२० ले काम गरिरहेको छ।

भारतका लागि जी–२० अध्यक्षता केवल उच्चतहको कुटनीतिक प्रयास मात्र होइन। भारत लोकतन्त्रको जननी र विविधताको नमुना भएकोले हामीले यो अनुभवको ढोका विश्वका लागि खोलिदिएका छौं।

आज मापनमा हासिल हुने चीजहरू एक गुण हो जुन भारतसँग जोडिएको छ। जी–२० अध्यक्षता कुनै अपवाद होइन। यो मानव सञ्चालित आन्दोलन बनेको छ। हाम्रो कार्यकालको समाप्तिसम्ममा भारतका ६० वटा सहरहरूमा दुई सयभन्दा बढी बैठकको आयोजना र एक सय २५ देशका लगभग एक लाख प्रतिनिधिहरूलाई स्वागत गर्नेछौं। यसअघिका कुनै पनि जी–२० शिखर सम्मेलनले यत्तिको विशाल र भौगोलिक विविधतालाई समेटेको छैन।

भारतको जनसङ्ख्या, लोकतन्त्र, विविधता र विकासबारे अरू कसैबाट सुन्नु र भारतका यी विशेषतालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनु बिल्कुलै फरक कुरा हो। म विश्वस्त छु, हाम्रा जी–२० का प्रतिनिधिले आफ्नो अनुभवबाट यसको पुष्टि गर्नेछन्।

भारत सबैभन्दा छिटो वृद्धि भइरहेको ठूलो अर्थतन्त्र भएको मुलुक यसै बनेको होइन। हाम्रा सरल, मापन योग्य र दिगो समाधानहरूले कमजोर र सीमान्तकृतहरूलाई हाम्रो विकास कथाको नेतृत्व गर्न सशक्त बनाएको छ।

हाम्रो जी–२० अध्यक्षताले विभाजनहरू हटाउन, अवरोधहरू भत्काउन र सहकार्यको बीजारोपण गर्न प्रयास गर्नेछ जसले सारा विश्वलाई भरणपोषण गर्नेछ जहाँ कलहलाई एकताले मात दिनेछ र साझा भाग्यले एकांकीपनलाई ओझेलमा पार्नेछ।

जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्वमञ्चलाई अझ ठूलो बनाउने वाचा गरेका छौं ताकि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्‍याउन् । हाम्रो प्रतिबद्धता हाम्रा कार्य र परिणामसँग मेल खाएको म उल्लेख गर्न चाहन्छु।

– मोदी भारतका प्रधानमन्त्री हुन्।  

प्रकाशित: २१ भाद्र २०८० ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App