४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

आदम पिपुल्स नबनिने इसाई पहिचान

चिन्तन

पहिचान कसरी बन्छ?

न्युक्लिक एटम स्मृतिको ढुकुटी हो। डिएनए त्यसैमा हुन्छ। भौतिकवादी पहिचान त्यसैमा हुन्छ। काटीकुटी बाबुको अनुहार, आमाको अनुहार, बानी बेहोरा पनि तिनकै जस्तो छ। मनोविज्ञानले भन्ने पहिचान पनि त्यही हुन्छ।

मूलतः जातजातिगत पहिचान भनेको त्यही हो। फेर्न नसकिने पहिचान, जन्मजात पहिचान। पुर्खाले कुल र मूलको पहिचान फेर्न सकिन्न भनेको पनि त्यही हो अर्थात् कुलको पहिचान जहाँ गए पनि त्यही हुन्छ। मूलको पहिचान जहाँ गए पनि त्यही हुन्छ। फेरिने आवरणीय पहिचान मात्र हो। क्लोनिङ गरेका मानवको स्थिति भने भिन्नै हुन सक्छ। मुसो, बिरालो, भेडा, बाख्रामा गरिएको क्लोनिङले संकेत गरेको कुरा त्यही हो।

जन्मेपछिको पहिचान संस्कृति, भाषा र परम्पराले दिन्छ। सामाजिक तथा ऐतिहासिक पहिचान त्यही हो। यो जानी नजानी आर्जिएको पहिचान हो, अभिभावकले आर्जिदिएको। आलोचनात्मक शब्दावलीमा लादिएको। सरसंगतले बोके कार्यगत पहिचान। रहरले बोके संस्कृतीकरणको पहिचान। स्विकार्नेलाई राष्ट्रले दिए राष्ट्रिय पहिचान, नस्विकार्नेलाई थोपरिएको कथित राष्ट्रवादी पहिचान। सामाजिक पहिचानको सिद्धान्तबाट भन्दा सामाजिक वर्गीकरणले बन्ने पहिचान। सामाजिक चिनारीले बन्ने पहिचान। सामाजिक तुलनाले बन्ने पहिचान।

संवाद तथा सम्झौताले व्यक्तिगत पहिचान बन्छ। सबैले स्विकारे सामुहिक पहिचान। मानक बनाए निर्मित पहिचान । यहींनेर प्रश्न गरौं–फेरिने पहिचान के हो? फेर्न नसकिने पहिचान के हो? पहिचान फेर्दा सामूहिक रूपले फेरिन्छ कि? व्यक्तिगत पहिचान मात्र हुन्छ कि? फेरिएको समुदायले कसरी स्विकार्छ? नस्विकारे के हुन्छ? इसाई पहिचान बनाएका नेपालीहरूले सोही नियति पो भोग्यौं कि त? यही खोजीमा यो लेख गुम्फित छ।

इसाई पहिचान

इसाईहरू आदम र इभमा विश्वास गर्छन्। उनीहरूलाई यहोवाका सन्तान मान्छन्। त्यो विश्वासले जन्माएको शब्द हो–आदमी जनता (आदमिक पिपुल्स)। लैंगिक चिन्तनले होला, इभका जनता भन्ने शब्द छैन प्रयोगमा। इसुको राज्यमा बस्न पाउने तिनै आदमिक जनता मात्र हुन्, आदम तथा इभका पुत्र आबेलका सन्तान मात्र। ती गोराहरू मात्रै हुन्, सभ्य जातीहरू, आर्यहरू अर्थात् सुसंस्कृतहरू, आत्मा भएका परमेश्वर आकृतिका मानवहरू। तिनैलाई मात्रै आदमिक पिपुल्स भनिन्छ (सामुयल, १६ः१२, १७ः४७, जेनेसिस, २४.१६, सोलामन, ५ः१०)। यसको अर्थ हो–आदम सबैका पुर्खा होइनन्, केवल गोराका पुर्खा हुन्। इसाई बने–बनाइएका अरू त बाइबलको शब्दमा ‘बिस्ट अफ फिल्ड’ हुन्, खेतका जनावरहरू, जन्तुहरू। बाइबलको जेनेसिस, १ः२५ त्यसै भन्छ, जोहानको ३ः८ त्यसै भन्छ।

अर्काे शब्दमा भन्दा गोराबाहेकका नवइसाईहरू आदम वंशी होइनन्। तिनले आदमसँग जोडिन पाउँदैनन्। हावार्ड र्‍यान्डको सिद्धान्तले त्यही भन्छ। र्‍यान्ड र विलियम क्यामेरोनका लेखहरूले त्यही भन्छन्। गोराहरूको दुनियाँमा चलेको ‘इसाई पहिचान’ले त्यही भन्छ। ती त ‘खेतका जनावर’ (बिस्ट अफ दि फिल्ड) हुन् (जेनेसिस, ३.२०, कोरिन्थस १५ः४५, एक्ट १७ः२६, गालाटिपल्स, ३ः२८, रोमन्स, १०ः१२)। त्यसो हो भने नेपाली इसाईहरू को हौं? आदमिक पिपुल्स त बन्न सक्तैनौं किनकि नश्ल नै मिलेन। बिस्ट अफ फिल्ड हौं त? हौं भन्ने हो भने हामी महान् परमेश्वरका सन्तान हुनै सक्तैनौं अनि इसुको राज्यमा बस्न पनि पाउँदैनौं। र्‍यान्ड र क्यामेरोनको सिद्धान्तअनुसार इसाई पहिचान पनि पाउँदैनौं। के हामी इसाई बनेकाहरूले पहिचानहीन इसाई बन्न स्विकारेकै हौं त? विषय सोचनीय छ।

इसाई पहिचानमा जोड्न नमिल्नेहरू

आबेल र केन जुम्ल्याहा हुन्, इभका सन्तान। आमा इभ, बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्, केनका सन्तान।

बाइबलको बोलीमा ती ‘ईश्वरका छनौटमा परेका मानिसहरू’ (चुजन पर्सन) होइनन् किनकि उनीहरू आदम र इभका सन्तान होइनन्। ती त सर्प र इभका सन्तान हुन्। एउटै आमाका सन्तानलाई पनि बाबु फरक हुँदा नस्विकार्ने आदमिक पिपुल्सले हामी सुम्निमा र पारोहाङका सन्तानलाई स्विकार्लान्? मनु र शतरूपाका सन्तानलाई स्विकार्लान्? फलानाका सन्तान नभन्ने बौद्धमार्गीलाई अपनाउलान्? सोचौं, नेपाली इसाईहरू बाइबलको इसाई पहिचानमा कहाँ पर्छाैं? के हामी दोस्रो दर्जाको इसाई हौं र? त्यो पनि स्वीकार्य छ भनी इसाई बनेका हौं त? (जोन ३ः८, एक्सोडस ११ः ५–७, १९ः१३) नेपाली इसाईहरू हराएका जाति (लस्ट ट्राइब) का सन्तति हौं त? हुनसक्छौं त? बाइबलले भनेका ती दश जाति इजराइली हुन्–रेयुबेन, साइमन, डान, नाफताली, गाड, अशेर, इजाचर, जेबुलन, मनल्सेह र इफाइम। यहुदीको धर्मग्रन्थ तल्मुडले भन्यो–ती हराएका जाति, लखेटिएका जाति वा निर्वासित जातिहरू पनि फर्किएर आइसके। तीमद्धे कोही इसाई बने,कोही यहुदी बने।

आबेल र केन जुम्ल्याहा हुन्, इभका सन्तान। आमा इभ, बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्, केनका सन्तान।

यसरी हेर्दा के नेपाली इसाईहरूले हराएका जातिसँग नश्ल जोड्न सक्छौं त? अहिले गन्धर्व जातिले हामी किराँत हौं भन्ने दाबी गरेजस्तै (डिबी दमाई, दीपक गन्धर्व तथा गोविन्द सार्की, २०७८ नेपालका रैथाने गन्धर्व सभ्यता। सारङ्गी भिलेज फाउन्डेसन) गर्न सक्छौं त? गरिहाल्यौं भने पनि हामीलाई हराएका दश जातिले स्विकार्छन् त? गन्धर्वको हकमा त तिनलाई किराँतहरूले स्विकारेका छैनन् अर्थात् दाबी गर्नेले गर्‍यौं, तर स्विकार्ने समूह तयार छैन।

त्यस्तै सोही किताबमा दलितहरू द्रविड हौं, नाग हौं, मिश्रित रगत हौं भन्यौं। हाम्रो भनाइलाई भारतमा भएका द्रविडले स्विकार्लान्? द्रविडहरू त आफूलाई भाषिक समूह हौं भन्छन्। के नेपालका दलित पनि भाषिक समूह नै हौं त?

नेपालको भाषा आयोगसँग त त्यो कुराको जानकारी छैन। त्यस्तै द्रविडहरूको इतिहासले भन्छ–उनीहरू १७ थरीका छन्: बडागास, ब्रहुइस, चेनचुस, इरुला, गिराभारु, गौण्डिस, खोण्डस, कन्नाडिगास, कोडाभस, कुरुख, कुरुम्बर, मलयालिज, पानिया, तामिल, तेलेगु, टोडास र तुलुभास। तीमध्ये नेपाली दलित फलानो समूहमा पर्छौं भन्न सक्ने आधार छ त ? मेरो जानकारीले भन्छ–छैन।

ऐतिहासिक जानकारीले भन्छ–नागहरू राजपरिवार हुन्। केपी जैसवालले १२ वटा नागले राज गरेको कुरा लेखेका छन्–वृष, भीम, स्कन्द, वसु, वृहस्पति, विभु, रवि, भव, प्रभाकर, देव, व्यग्रह र गणपति। पुराणलाई आधार मानी लेखिएको जैसवालको पुस्तकलाई इतिहासकारहरूले गलत अथ्र्याई भनेका छन्। यो स्थितिमा दलितहरू नाग हुन् भन्ने प्रामाणिक आधार हुन्छ त?

त्यस्तै सोही किताबमा दलितहरू द्रविड हौं, नाग हौं, मिश्रित रगत हौं भन्यौं। हाम्रो भनाइलाई भारतमा भएका द्रविडले स्विकार्लान्? द्रविडहरू त आफूलाई भाषिक समूह हौं भन्छन्। के नेपालका दलित पनि भाषिक समूह नै हौं त?

डा. राजाराम सुवेदीले भनेझैं दलितका राज्य तथा नागहरूका राज्यबिच कुनै रक्त वा अन्य सम्बन्ध भएको प्रमाण हामीसँग छ त? काठमाडौंको हनुमान ढोका संग्रहालयमा भएका छालाका मुद्रा र नाग राजाहरूका मुद्राबिच केही सम्बन्ध छ त? त्यस्तै डिएनए मिल्ने कुनै प्रमाण छ त? भगीराज इङनामले किराँती पहिचानका लागि लेखेको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह, २०७७ ले प्रस्तुत गरेकाजस्ता दस्ताबेजहरू छन् त?

यी प्रश्नको उत्तर नहुँदा पनि दलितहरूले हामी गैरहिन्दू हौं भनेझैं नेपाली इसाईले हामी आदमिक पिपुल्स हौं भनेका पो हौं कि? एकपटक विज्ञ नेपाली इसाईहरूले सोच्ने बेला पो भयो कि त? कसैले घर फुटाउने चाल चालेको पो हो कि त? कतै हामी त्यसकै पो गोटी भयौं कि? सोच भएका नेपाली इसाईहरूले खोजीनिधी गर्ने कि त?

इसाई बनेका नेपालीहरूको स्थिति

पेटे पेट्टिस्सनले सन् २०२१ को १६ अगस्टमा बिपी न्युज ३ मा पोस्ट गरेको लेखअनुसार नेपाली इसाईको ६५ प्रतिशत दलित हौं। सोही अनुसन्धानात्मक लेखअनुसार दलितहरू चार कारणले इसाई भएका छौं।

पहिलो जातीय मुक्ति हुन्छ कि भनेर, दोस्रो दीर्घ रोगीको निःशुल्क औषधी हुन्छ कि भनेर, तेस्रो पुरोहित तथा धामीझाँक्रीमा खर्च गर्नुपर्दैन कि भनेर र चौथो विदेशी पैसा आर्जन हुन्छ कि भनेर। तर सोही लेखले चितवनको मनहरीमा चेपाङका छुट्टै चर्च छन्, तामाङका छुट्टै चर्च छन्, दलितका छुट्टै चर्च छन् भनेको छ।

नेपाली इसाईको जातजातिगत चर्च बनाउने संस्कृतिले  हाम्रो पहिलो आशालाई निराशामा बदलिदिएको छ। अर्थात् इसाई बन्दा पनि हामी चेपाङ इसाई हौं, तामाङ इसाई हौं, दलित इसाई हौं, अन्तर्घुलित इसाई होइनौं।

त्यस्तै स्थानीय पत्रिकामा आएको अर्को जानकारीअनुसार पोखराका इसाईहरूले चर्चमा आफ्नो कमाइको दशांश दान गर्नुपर्ने व्यवस्था छ। दानको यो अनिवार्यताबाट इसाई बन्ने बनाउने तेस्रो तथा चौथो कारणलाई पनि बेकामे बनाएको छ। अर्थात् पुरोहित तथा धामीझाँक्रीमा खर्चिने रकम चर्चमा खर्चनुपरेको छ।

पहिलो जातीय मुक्ति हुन्छ कि भनेर, दोस्रो दीर्घ रोगीको निःशुल्क औषधी हुन्छ कि भनेर, तेस्रो पुरोहित तथा धामीझाँक्रीमा खर्च गर्नुपर्दैन कि भनेर र चौथो विदेशी पैसा आर्जन हुन्छ कि भनेर। तर सोही लेखले चितवनको मनहरीमा चेपाङका छुट्टै चर्च छन्, तामाङका छुट्टै चर्च छन्, दलितका छुट्टै चर्च छन् भनेको छ।

अर्काे शब्दमा भन्ने हो भने जोते पनि तीन गरा, खने पनि तीन गरा भएको छ। त्यसो भए इसाई बन्नेहरू दीर्घरोगको निःशुल्क औषधी पाइन्छ भनेर मात्रै पो पछि लाग्यौं कि त ? केहीले विदेशीबाट लिएको वा पाएको फाइदामा पो इसाई बन्यौं बनायौं कि त ? कतै इसाई बन्नेहरूले घोत्लिनु पर्ने हो कि त?

इसाई बनेका भारतीयहरूको स्थिति

सन् २०२१ मा पिउ अध्ययन केन्द्रले भारतमा गरेको शोधले भन्छ–इसाई बन्नेमा ७४ प्रतिशत दलित तथा विपन्न छन्। ५४ प्रतिशत कर्ममा विश्वास गर्छन्, टीका लगाउँछन्, जुत्ता फुकालेर चर्चमा प्रार्थना गर्छन्। यी सबै कुरा गैरइसाई संस्कार हुन्। त्यसो हुँदा पनि जातिगत विभेद तथा छुवाछुत भोगेकै छन्। एकाधलाई छोडेर आर्थिक अवस्था पनि उस्तै छ। आठ वर्षअगाडि भारतमै भएको अर्काे अध्ययनले पनि भन्छ–इसाई भएका दलितले द्वैध पहिचान बोकेका छन्।

पहिलो पहिचान दलित भएर, दोस्रो पहिचान दलित इसाई भएर। यस अर्थमा इसाई बन्नेहरूलाई ताईको माछा भुंग्रोमा परेझैं पो भयो कि त? यी दुवै अध्ययनबाट देखिन्छ कि नश्लीय पहिचान हामीसँगै रह्यो, छुटेन। जातीय विभेद पनि छुटेन, आर्थिक हैसियत पनि फेरिएन। यसले संकेत गरेको कुरा के हो भने बर्मा गए पनि कर्मसँगै गयो इसाई बनेकाहरूका निम्ति।

यसो हो भने थोमस एलेनले लेखेजस्तो मान्छेको रूपमा यहोवाले जन्माएको आदम हो। आदमको सन्तान भनेको गोरा हो, सभ्य मान्छे हो, जेनिसिसको १ः२७ ले भनेको पनि त्यही हो। के त्यो सत्यता स्विकारेर पनि हामी इसाई भएका हौं त? हामी बिस्ट अफ दि फिल्ड हौं भनी स्विकारेर इसाई भएका हौं त? अरूलाई इसाई बनाएका हौं त?

पिउकै अध्ययनअनुसार भारतका इसाईमा ४ प्रतिशत हिन्दुबाट रूपान्तरित छन्। हिन्दु रहँदा तिनले रहरअनुसार स्वर्गनर्क हुन्छ भन्ने बुझेका हुनुपर्छ। जन्ममरण चक्रीय हुन्छ भन्ने जानेको हुनुपर्छ।

ऋग्वेदका अत्रि ऋषिले भनेको मान्छे मरेपछि जहाँबाट आयो, त्यहीं जान्छ भन्ने कुरा थाहा पाएको हुनुपर्छ। ज्ञान मित्रले हालै कोसी अनलाइन डटकममा लेखेको लेखले भनेझैं विज्ञानी शब्दमा मरेपछि पनि कर्म बोक्ने न्युक्लिक एटमलाई चिनेको हुनुपर्छ। पुर्खाको शब्दमा स्थूल शरीर, सूक्ष्म शरीर तथा कारण शरीर जानेको हुनुपर्छ। बृहदारण्यकोपनिषद् तथा निरालम्बोपनिषद्ले भनेको स्वर्ग र नर्क त मनको कुरा हो। मन नासिएपछि न स्वर्ग हुन्छ न नरक भन्ने कुरा बुझेकै हुनुपर्छ। बह्म अविनाशी हो। ईश्वर सत् र असत्को उपज हो। उपयोगी वस्तु देवता हो। मानव योनीबाट जन्मेर असल काम गर्ने भगवान् हो भन्ने भेद जानेको हुनुपर्छ। त्यसको आधारमा इसु को हुन् भन्ने बुझेको हुनुपर्छ अनि इसाई बन्दा त इसुको राज्यमा बस्न पाउने नपाउने चिन्तन मात्रै पो रहेछ भन्ने थाहा पाएको हुनुपर्छ।

पिउकै अध्ययनअनुसार भारतका इसाईमा ४ प्रतिशत हिन्दुबाट रूपान्तरित छन्। हिन्दु रहँदा तिनले रहरअनुसार स्वर्गनर्क हुन्छ भन्ने बुझेका हुनुपर्छ। जन्ममरण चक्रीय हुन्छ भन्ने जानेको हुनुपर्छ।

हिन्दुहरू त त्यसभन्दा पर मुक्तिको कुरा पो गर्दा रहेछन् भन्ने जानेको हुनुपर्छ। इसाई धर्मशास्त्रीहरू हामी स्वर्गको कुरा गर्छांै, हिन्दु तथा बुद्धमार्गीहरू मोक्ष तथा निर्वाणका कुरा पनि बुझ्छन् तथा अभ्यास गर्छन् भन्ने जानकारी राखेको हुनुपर्छ। यस अर्थमा इसाई ज्ञानको तरेलीको अनुभूति गरेको हुनुपर्छ। विज्ञानी शब्दमा सब्लिमेसन जानेको हुनुपर्छ। हिन्दुको शब्दावलीमा आत्माको परमात्मामा मिलन भन्ने कुरा बुझेकै हुनुपर्छ। बुद्धमार्गीको शब्दमा निर्वाण जानेको हुनुपर्छ। धम्मचक्रबाट बाहिरिने कलाबारे जानकार हुनुपर्छ।

यस अर्थमा हिन्दु तथा बौद्ध धर्मबाट इसाई बनेकाहरूले भवसागर वा धम्मचक्रमै बस्ने रहर पो गरेछौं कि भनी सोच्नुपर्ने हो कि? किराँत धर्मावलम्बी तागेरानिङमाफुमा मान्छौं भने इसाई चिन्तन कहाँ पर्ने रहेछ भनी सोच्ने पो हो कि? यी र यस्ता कुरामा धर्मवेत्ता नेपाली इसाईहरूले घोरिनुपर्ने पो हो कि त?

इसाई बनेकामध्ये केही पदाधिकारी छौं। केही अनुयायी मात्र छौं। बाइबलको शब्दमा ‘विश्वासी’ मात्र। भारतको अध्ययनले भन्छ–इसाई बनेर विसप पद पाउनेमध्ये ४ प्रतिशत मात्रै दलित हुन्। कार्डिनल बन्न पाउनेहरू ८ प्रतिशतभन्दा पनि कम छन्। यसको अर्थ हो–झन्डै तीन चौथाइको स्थान ओगटेका इसाई दलितले पनि समानुपातिक नेतृत्व पाउने अवसर रहनेछ। यसबाट नेपाली इसाई दलितले पनि सोच्नुपर्ने अवस्था आएको हो कि?

टुङ्ग्याउनी

म्याथु तथा टिमोथीको सन्देश बोकेर इसाई बनाउन लागिपरेकाहरू सर्वत्र छन्। तिनले पनि आदम पिपुल्सका हुन् भन्ने जानेको हुनुपर्छ। बिस्ट अफ दि फिल्ड को हुन् भनी चिनेको हुनुपर्छ। लस्ट ट्राइवभित्र हामी पर्‍यौं कि परेनौं भनी बुझेको हुनुपर्छ।

र्‍यान्ड तथा क्यामेरोनको सिद्धान्त जानेको हुनुपर्छ। सोही बाइबलको जोन (३ः८) तथा एक्सोडस (११ः५–७ तथा १९ः१३) पढेको हुनुपर्छ। सामुयल (१६ः१२ तथा १७ः४७) जानेकै हुनुपर्छ। यस्ता अनगिन्ति उद्धरणहरू छन्, बाइबलमा तिनको खोजी गरेकै हुनुपर्छ। त्यसो हो भने नेपाली इसाईले म्याथु र टिमोथीको सोच अरूले उल्टो पारे भनी प्रश्न गर्न सक्छौं त? त्यसो गर्नु पवित्र पुस्तकको अवहेलना पो हुन जान्छ कि? अपाच्य कुरा पो बन्न जान्छ कि? यसबारेमा नेपाली इसाईहरूले सोच्ने कि? हामी आदम पिपुल्स बन्न बाइबलको आदेश हुन्न भन्ने बुझेपछि बिस्ट अफ दि फिल्ड भएरै इसाईमा बसिरहने चिन्तन पो बनाउने कि त?

म्याथु तथा टिमोथीको सन्देश बोकेर इसाई बनाउन लागिपरेकाहरू सर्वत्र छन्। तिनले पनि आदम पिपुल्सका हुन् भन्ने जानेको हुनुपर्छ। बिस्ट अफ दि फिल्ड को हुन् भनी चिनेको हुनुपर्छ। लस्ट ट्राइवभित्र हामी पर्‍यौं कि परेनौं भनी बुझेको हुनुपर्छ।

पेटे पट्टिसनले भेटेका चार कारणले नै इसाई बन्ने बनाउने हो भने हिन्दु, बौद्ध, किराँत धर्ममा विचलन आयो भनी कराउनेहरूले माथिका चार कारणको सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक उत्तर खोजेर पुख्र्यौली धर्ममा नै इसाईहरूलाई फर्काउने हो कि? फर्किने वातावरण बनाउने कि? चार कारणको खोजीमा रहनेहरूलाई सहज उत्तर दिने कि? यसबारे कराउनेवालाहरू घोत्लिनुपर्ने हो कि?

पहिचानको कुरा गर्दा छुट्ट्याउन तथा छुट्टिन मात्रै जानेका नेता तथा जातजाति अगुवाहरूलाई ओमकार परिवारले बोन, बुद्ध, किराँत, हिन्दु, सिख तथा जैनलाई समेटेझैं अ र आ थपेर अल्लाहवादी तथा आमेनवादीलाई जोड्ने कुरा पो सिकाउने कि?

हामी भौतिकवादी भन्ने तथा भनाउनेहरूले किन नेपालीहरू भौतिकवादी बन्नुको सट्टा इसाईवादी बन्न चाहन्छन् भनी बुझ्नुपर्ने हो कि? आमेनवादी वा इसाईहरूले जाने गए पनि ओमकै ध्वनि त खोजेछन् भन्ने सोच भित्र्याएर नेपालीलाई जोड्ने कि?

पहिचानको कुरा गर्दा छुट्ट्याउन तथा छुट्टिन मात्रै जानेका नेता तथा जातजाति अगुवाहरूलाई ओमकार परिवारले बोन, बुद्ध, किराँत, हिन्दु, सिख तथा जैनलाई समेटेझैं अ र आ थपेर अल्लाहवादी तथा आमेनवादीलाई जोड्ने कुरा पो सिकाउने कि?

धर्मसभाका सभासद्हरूले एकअर्का धर्मका जन्म, जीवन, मृत्यु र मरणोपरान्तका सोचबारे तुलनात्मक जानकारी लिने, दिने तथा दिलाउने सामग्री बनाएर स्वेच्छाले धर्म छान्न चाहनेहरूलाई बाटो खुला छ पो भन्ने कि ? इसाई बन्ने बनाउने नेपालीलाई बिस्ट अफ दि फिल्ड बन्नबाट बचाउने कि? जातीय छुवाछुत तथा अन्य विभेद हटाउन बस्ती बस्तीमा अभियान थाल्ने कि? निर्णय नेपाली इसाईहरूमै छोडें, धर्माधिकारीमा छोडें, राजनीतिक चिन्तकहरूमा छोडें, हामी भिन्नै हौं भन्नेहरूमा छोडें, भिन्नहरूलाई जोड्न चाहनेहरूमा छोडें।   

प्रकाशित: १६ भाद्र २०८० ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App