२९ श्रावण २०७७ बिहीबार
विचार

बिपी, पिएल र ‘छु मतलम’ ?

गत साता निष्ठा राजनीतिका पहिलो पुस्ताका अन्तिम व्यक्तित्व रामहरि जोशी बिते । भ्रष्टाचारको कीर्तिमान आरोपी चुडामणि शर्मा अदालतमा पेस भए । किड्नी काण्ड सदनमा प्रवेश गर्‍यो । पत्रकार स्टिङ अपरेसन छताछुल्ल भयो । राज्यको ठूलो धनराशि एक हप्तैमा खर्च भयो, भूकम्पपीडितका वेदना ज्युँका त्युँ रहे । दान–व्यवसाय मौलाए । सप्तरीमा बाढी बौलायो । अन्यन्त्र निर्वाचित स्थानीय सत्ताले काम सुरु गर्न थाल्दा पनि २ नम्बर प्रदेशमा चुनावै हुन पाएन । राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता भने भयो । सबभन्दा नजिकका छिमेकी चीन र भारत भुटानको दोकलाम पठारमा आमनेसामने भिडन्ते मुडमा छन् । तर ती गम्भीर विषय सतहमा आए पनि यथोचित बहसमा भने देखिएनन् वा योजनाबद्ध खारेजीमा परे ।

अहिले हरेक विषय, व्यक्तित्व, इतिहास र संवेदनशील घटनालाई अत्यन्तै सहज र सरल तरिकाले बुभ्mन र बुझाउन थालिएको छ । यो एउटा खतरा सामाजिक रोग ‘छु मतलम’ ? (मलाई केको वास्ता ?) बनेर फैलिँदो छ । यो भनेको गम्भीर विषयलाई सरलीकृत गर्ने वा बहसहीन बनाउने वा त्यो बहसथलो कब्जा गरिदिने खतरनाक खेल हो । आफ्ना गम्भीर गल्तीको ध्यान अन्त मोड्न तैले पनि त त्यो गल्ती गरेको थिइस् भनेर चोरीजुहारी त्यत्तिकै चल्दो छ । अरुका अपराध बचाउने कोसिस आफ्नो अपराध छिपाउने तरिका पनि हो । त्यसैले हरेक संवेदनशील विषय, इतिहास र नायकको बेवास्ता र सामाजिक मौनता भनेको पनि दुर्भाग्यपूर्ण समय हो । आफैं समस्यामा नपरेसम्म ‘छु मतलम’ भन्ने सोच समाज तीव्र गतिमा टुट्दै गएको निशान हो । 

जब कांग्रेस, कांगेस रहेन् न कम्युनिस्ट कम्युनिस्ट नै रहे तब जय नेपाल र लालसलामका ट्रेडमार्कमा टिकेको राजनीतिलाई कोइराला र पिएलको याद श्रद्धा नभई सराद्धे हुने नै भयो । 
 

साउन ६ र ७ गते बिपी र पुष्पलाल जयन्ती पर्ने हुँदा उहाँहरूबारे नै केन्द्रित हौँ । नेपाली राजनीतिका श्रेष्ठ पुरुषद्वय बिपी कोइराला र पुष्पलाल हुन् । जब कांग्रेस, कांगेस रहेन् न कम्युनिस्ट कम्युनिस्ट नै रहे तब जय नेपाल र लालसलामका ट्रेडमार्कमा टिकेको राजनीतिलाई कोइराला र पिएलको याद श्रद्धा नभई सराद्धे हुने नै भयो । गम्भीर विषयलाई कसैले ‘छु मतलम’ भनेर वास्ता नगरे पनि घटनाहरूले भने सबैलाई वास्ता गर्दोरहेछ ।

समाज परिवर्तनको गम्भीर मोडमा इतिहास सम्झँदै नायकलाई याद गरिनु भनेको उनीहरूको आदर्शीय भूमिका वर्तमानमा झन् खट्किएको संकेत हो । नायक ‘देवता’ हैनन्, उनीहरूका पनि सीमा र समस्या हुन्छन् ।  इतिहासलाई कहिल्यै पनि एकांकी र आग्रहले अध्ययन गर्न हुँदैन् । त्यसैले बिपी र पिएलबारे अहिले चर्चाको झन् आवश्यकता र अर्थ भनेको बजारको दबाब झेल्न नसकेर आर्दशहीन बन्दै गएको राजनीति र समाजलाई जहिले पनि नायक र इतिहासले शक्ति र सोच दिन्छन् भनेर हो ।   

बीसौँ शताब्दीको नेपाली राजनीतिमा सर्वाधिक महत्व राख्ने दिवंगत नेताहरूमा बिपी कोइराला, पुष्पलाल र राजा महेन्द्र नै हुन् । अझ सत्ता राजनीतिको असली द्वन्द्व बिपी र महेन्द्रबीच भयो, श्रेष्ठको त लाससमेत देशमा ल्याउन प्रतिबन्ध लाग्यो । बिपी र महेन्द्र दुवैको द्वन्द्वमा समकालीन नेपाली राजनीतिमात्रै हैन, क्षेत्रीय शक्ति सन्तुलनका साथै शीतयुद्धको झझल्को र रडाकोले समेत काम ग¥यो । तीनैजनाका समान गुण भनेका आआप्mना सिद्धान्त, संस्कृति, मान्यता र आदर्शअनुरूपको राजनीतिक अभ्यास गर्नु थियोे । अहिले सबभन्दा खड्किएको विषय भनेकै सिद्धान्तको राजनीतिले निर्देशन गरेको आचरण र सक्रियताभन्दा पनि हावी भएको बजार सिद्धान्त सुविधाअनुसारको सिद्धान्तको व्याख्या र गरिने आचरण नै हुन् । कांग्रेस र कम्युनिस्टमा एकातर्फ मौलिक सिद्धान्तमा टिक्न नसक्नु अर्कातर्फ पार्टीको  नाम र झण्डा छोड्न पनि नसक्नाले बिपी र पुष्पलालका योगदान बहस अहिले झन् सान्दर्भिक भएका हुन् ।

बिपीले सत्ता र संघर्ष दुवै मोर्चाको अभ्यास गरे भने पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण, नेपाली इतिहासको भौतिकवादी अध्ययन, सिद्धान्त, संस्कृति, आचरण, प्रतिबद्धता, संगठन र संघर्षमै जीवन बिताए । नायकको परीक्षा सत्ता र सुविधामा कसरी जीवन–व्यवहार र सिद्धान्त निर्देशित आचरण गर्दोरहेछ भन्ने परीक्षा हुँदोरहेछ । त्यो परीक्षा भने पिएलले दिन पाएनन् । 

वर्गीय समाजमा सोचजस्तै इतिहासको पनि व्यवस्थापन हुने गर्छ । महेन्द्र आधुनिककालको सामन्ती सक्रिय राजतन्त्रात्मक सिद्धान्त अभ्यास गर्थे, बिपीको सामाजिक प्रजातन्त्र अभ्यास थियो, पुष्पलालको कम्युनिस्ट । प्रजातन्त्र र राष्ट्रियताको नाममा एकअर्काको अन्तरविरोधमा खुब खेल्थे, प्रयोग गर्थे । आज जस्तो अर्थराजनीति हावी नभई सिद्धान्तको आदर्शले पार्टीहरू चल्ने, आन्दोलन बन्ने र अन्तर्राष्ट्रिय द्वन्द्व पनि सिद्धान्तकै कारणले विश्व दुई ध्रुवमा बाँडिएको अवस्थामा त्यसको प्रयोग भूसंवेदनशील क्षेत्र नेपालमा हुनु स्वाभाविकै थियो । ती सामाजिक, राजनीतिक सांस्कृतिक द्वन्द्व बनेर देखापर्थे । द्वन्द्व कतिपय सन्दर्भमा विपरित सिद्धान्तबीच कार्यनीतिक एकतामा पनि देखिन्थ्यो भने मूलतः संर्घषमा ।  

बिपीबारे चर्चा गर्दा समयको नाडी छामेर कार्यनीतिमा फेरबदल गरिरहन सक्ने र शक्तिको केन्द्रमा आपूmलाई नै राख्ने नेताका रूपमा हेर्नुपर्छ । त्यसै आधारमा नियाल्ने विषय भनेको कुनै पनि कार्यनीति असफल हुने लक्षण देख्नेबित्तिकै अर्को तरिका अपनाउनु र सत्रु पक्षसग पनि कलामय तरिकाले संघर्षरत हुनु, दुई सत्रुबीच छान्नुपर्दा राष्ट्रियतालाई प्रधानता दिनु, आन्दोलनको राष्ट्रिय÷अन्तर्राष्ट्रिय  सम्बन्धको भरपुर उपयोग गर्नुमा देखिन्छ । राजा र भारतप्रतिको उनको दृष्टिकोणलाई सूक्ष्म नियाल्नुपर्छ । ७ सालको सशस्त्र संर्घष, मात्रिका, महेन्द्र र उनीबीचको द्वन्द्व, पहिलो निर्वाचित सरकार, १७ सालको कु, जेल जीवन र संघर्ष, १८ साल र ओखलढुंगा सशस्त्र संघर्ष, राष्ट्रिय मेलमिलाप, स्वदेश आगमन, अदालती बयान, जनमत संघर्ष जस्ता विषयमा उनको रणनीति मातहत कार्यनीतिलाई जोडेर हेर्न सकिन्छ । 

बिपी पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक र संगठनात्मक सदाबहार केन्द्रमै रहे ।  प्रजातान्त्रिक कांग्रेसको अगुवामा सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय भूमिकामै देखिए तापनि कालान्तरमा उनीहरू ओझल पर्दै गए । सरकार बाहिर, भित्र, प्रवास, जेल, पदहीन वा स्वतन्त्र भूमिकामा पनि पार्टी अन्तरसंर्घषमा होस् या समग्र देशको राजनीतिमा आफूलाई बिपीले केन्द्रमै राखे । उनको टकराहट एकातर्फ महेन्द्रवादी सामन्ती सत्तासँग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्टविरुद्धको उग्रचिन्तन । सोभियत रुस समर्थित भारतीय हेपाहा शक्तिको विपक्षमा रहँदा अर्को महाशक्ति अमेरिकाको अघोषित सहयोगी बन्न पु¥यायो । त्यसैले एशियामै इजरायललाई पहिलो समर्थन दिन पुगे भने इन्डोनेसियाको सैनिक कू र तानाशाह सुहार्तोलाई समर्थन दिन डि.एन. अडिट (दिपा नुसान्तारा अडिट नोभेम्वर २२, १९६५मा सैन्य कुमा हत्या) अर्थात कम्युनिस्टको हाउगुजीमा अडिटवाद खडा गर्दा सोसल डमोक्रेट छविमा असर पु¥यायो । त्यसले नेपाली प्रजातान्त्रिक आन्दोलनमा समेत असर पा¥यो ।  

अब पुष्पलालको चर्चा गरौँ । प्रजातान्त्रिक कांग्रेसबाट राजनीति सुरु गरेका सहिद गंगालालका भाइ पुष्पलाल नेपाली कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली इतिहासको भौतिकवादी धारका पहिलो विश्लेषक हुन् । नेपाली समाजको वर्ग विश्लेषण, अन्तरविरोध र सत्रु एवं मित्र किटान गर्दै संघर्षको दिशा निर्धारक अग्रणी नेता । समय गुज्रँदै जाँदा पार्टीमा स्वत्वका टकराहट बढेर सत्ता संघर्षमा हुत्याइँदै गए तापनि आन्दोलनबाट हुत्याउन भने   नसकिएका । राजतन्त्रसँगको संघर्ष प्रधान मान्ने पुष्पलाल राजतन्त्रप्रति नरम धारणा राख्ने साड्दाजु मनमहोन अधिकारीसँग उनको जीवनपर्यन्त मेल खाएन । पिएलको  प्रजातान्त्रिक आन्दोलन कांग्रेस र कम्युनिस्ट सहकार्यमा मात्रै समाज रूपान्तरण हुन सक्छ भन्ने धारणा रहिरह्यो । १७ सालको महेन्द्रशाही ‘कू’ पछाडि त यसमा उनी अझ दृढ रहे । आफन्तबाट प्रताडित हुँदै गएका पिएल मोहनविक्रमबाट ‘गद्धार पुष्पलाल’ भनिए, त्यस्तै आरोप र अस्वस्थतामै सहयात्री जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी र वामदेव गौतमले मुक्ति मोर्चा समूह बनाएर निरन्तरता दिए । बिपी राष्ट्रिय मेलमिलाप नीति लिएर फर्किएपछि पिएललाई पनि राजाको राष्ट्रवादी अभियानमा सहयोग पुर्‍याउन सन्देश लिएर बनारस पुगेका टंकप्रसाद आचार्यको प्रस्ताव उनले स्वीकारेनन् । २०३५ साउन ६ गते बितेका पिएलले प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस–कम्युनिस्ट सहकार्य गर्नुपर्छ भन्ने आफ्नोे विचारको सफलता जीवनकालमै देख्न भने पाएनन् । 

यी दुवैको राजनीति आफ्ना सिद्धान्त निर्देशित आचरण, आदर्शलाई जनताले स्पष्ट अनुभूति गर्न पाएको र त्यसलाई निरन्तरता दिएकाले सार्वजनिक अपिल गर्ने नैतिक हक थियो । त्यसैले हिजो गाली गरेर नथाक्नेले समेत कालान्तरमा उनीहरूलाई पछ्याउनु वा प्रशंसा गर्नुप¥यो । आज नेपाली राजनीतिमा सिद्धान्तहीन, आदर्शहीन सक्रियताले नेताहरूमा सार्वजनिक अपिल गर्न सक्ने नैतिक पँुजी हराउँदै जाँदा बिपी र पिएललाई सम्झनु अनिवार्य र सान्दर्भिक भएको हो ।  

प्रकाशित: ४ श्रावण २०७४ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App