५ वैशाख २०८१ बुधबार
विचार

सनातनी बन्चराहरूको सन्देश

चिन्तन

वैदिक, सनातनी र हिन्दू

वेदका तीन अभ्यास देखिन्छन्– सनातनी, समाजी र सन्तपन्थी। वेद, उपनिषद्जस्ता ग्रन्थले सुझाएका कर्तव्यमा चल्नेहरू सनातनी हुन्। पाल्ही शब्दावलीमा धम्मो सनन्तनोवाला। तिनले आफूलाई वैदिक सनातनी भने (मनुस्मृति, ४–१३८, भागवत पुराण, ८.१४.४)। अर्थात् परम्परा समात्नेले सनातनी भने। वेद र परम्परा जोड्नेले वैदिक सनातनी भने। सनातनी वैदिक भने। अविनासी सत्यका पक्षधर, ब्रह्म सत्य मान्नेहरू, ऊर्जा सत्य मान्नेहरू, ऋषि समात्नेले आर्ष धर्म भने। समाज समात्नेले आफूलाई समाजी भने, आर्यसमाजी, राधास्वामी समाजी, रामकृष्ण मिसन समाजी। सन्त समात्नेले आफूलाई सन्तपन्थी भने, कवीरपन्थी, रविदासपन्थी। यसरी उनीहरू भिन्न देखिए।

संस्कृतको इन्दु बुझेकाले हिन्दु भने। इन्दु भनेको चन्द्रमा हो। ग्रिक तथा फारसीको इन्दोइ बुझ्नेले पनि हिन्दु नै भने। टर्की र अरू समूह छुट्याएर बुझ्न बुझाउन चाहनेले पनि हिन्दु नै भने। क्रमशः हिन्दु शब्दले समूह चिनायो, भूगोल चिनायो, संस्कृति चिनायो। समग्रमा हेर्दा हिन्दु भनेका वेदका पक्षधर हुन्।

सनातनदेखि नै वैदिक ज्ञानको अभ्यास गर्छन्। ब्रह्म (कस्मिक इनर्जी) को चिन्तन गर्छन्। मोक्षको चिन्तन गर्छन्। धर्म (कस्मिक अर्डर) को पालना गर्छन्। पुनर्जन्ममा विश्वास गर्छन्। कर्मवादमा विश्वास गर्छन्। प्रवृत्ति मार्ग (भौतिकवाद)बाट निवृत्ति मार्ग (अध्यात्मवाद) मा जाने अभ्यास गर्छन्।

महावीरको बन्चराले अहिंसालाई स्थान दियो। अनेकान्तवाद अर्थात् बहुसत्यमा विश्वास जगायो। इच्छा आकाङ्क्षा दबाउने तरिका सिकायो अर्थात् अपरिग्रहमा जिउन सिकायो। तीर्थंकरमा विश्वास जगायो। इन्द्रियजित बने मात्र जैन बनिन्छ भन्ने सन्देश दियो।

यजुर्वेदीय शब्दमा भौतिकवाद र अध्यात्मवादको सन्तुलनमा मोक्ष देख्छन्, मुक्ति देख्छन्। त्यसैले ब्रह्मको ध्यान गर्छन् कोही तन्त्रले, ती तन्त्रयोगी हुन्। कोही मन्त्रले, ती मन्त्रयोगी हुन्। कोही शून्यबोधले, ती निराकारयोगी हुन्। कोही मूर्तिले, ती मूर्तयोगी हुन्। कोही ज्ञानले, ती ज्ञानयोगी हुन्। कोही कामले, ती कर्मयोगी हुन्। कोही भक्तिले, ती भक्तियोगी हुन्, लययोगी हुन्। यसको अर्थ हो–ध्यान केमा लगाउने भन्ने व्यक्तिको रहर हो, स्वभाव हो। ब्रह्म ऊर्जामा आफ्नो ऊर्जा जोड्ने उसको अभ्यास हो।

विद्युतीय शब्दावलीमा शरीरलाई रिचार्ज गर्ने तरिका हो। त्यसका लागि उपयुक्त बसाइ आसन हो। ब्रह्म ऊर्जासँग जोडिने रहरमा बने–बनाइएको हुनाले यसको नाम योगासन हो। अहिले योग साझा भएको छ। हिन्दुको धर्म र बुद्धको धम्म साझा भएको छ। न्युरोमेडिकल साइनिटस्टको शब्दमा ब्रह्माण्डीय क्रम (कस्मिक अर्डर वा प्राकृतिक नियम) एक बनाई आनन्दित हुने अभ्यास।

बन्चराको करामत

वेदमै अनेकन् बन्चराहरू जन्मिए। एकले अग्नि प्रमुख मान्यो, अर्काेले पानी अनि तेस्रोले वायु। तर ती पूरक बन्चरा थिए, पञ्चतत्त्व चिनाउने, पञ्चमहाभूत चिनाउने, पञ्चकोष चिनाउने, ब्रह्म चिनाउने, पदार्थ चिनाउने ब्रह्म/ पुरुष/ब्रह्मऊर्जा) र प्रकृति (पदार्थ)को अन्तरसम्बन्ध चिनाउने। बोलीचालीको भाषामा निराकार, ब्रह्मका रूपमा एकेश्वर, ऊर्जा र पदार्थका रूपमा दुई ईश्वर, जन्म, पालन तथा मरणका रूपमा तीन ईश्वर, ऊर्जा तथा प्रकृतिको विस्तारका रूपमा बहुईश्वर।

वेदान्तको समन्वयकारी सोचमा एकमा अनेकेश्वर, अनेकमा एकेश्वर अर्थात् ऊर्जाको व्यापकताको स्वीकारमा एकेश्वर, ऊर्जाको पृथक्कीकरणमा बहुईश्वर। ऊर्जाको लैङ्गिक रूपमा दुई ईश्वर–प्रकृति र पुरुष सांख्यको शब्दमा। लोकायतमा जोड र घटाउ। विज्ञानको शब्दमा सकारात्मक तथा नकारात्मक ऊर्जा। यसरी हेर्दा वैदिक बन्चराहरूले हिन्दु धर्ममा काँटछाँट खोजे। हर हाँगालाई रुखकै अंग बनाएर हेरे।

शैव, वैष्णव तथा शाक्तको चिन्तनले अर्काे बन्चरो देखाए। यस बन्चराले हिन्दु धर्मका तीन भँगाला चिनायो। अरू भुल्कालाई तिनैमा समावेश गर्‍यो। यजुर्वेदीले विष्णु जोडे। ऋग्वेदीले शिव जोडे। अथर्ववेदीले पशुपति जोडे। ब्रह्म ऊर्जा नै स्रष्टा हो भन्नेले ब्रह्मा जोडे।

यसरी विस्तारित तीन भँगालालाई एकमै जोडे। यस पटकको बन्चराले पनि आवरणीय विभेद मात्र चिनायो। अन्तरंगमा हिन्दु धर्म एउटै छ भन्ने सन्देश दियो।

वेदलाई ज्ञान नमान्ने गुरु बृहस्पतिले चार्वाकीय सोच दिए। उनले अध्यात्म नकारे। पुनर्जन्म नकारे। वर्णाश्रम नकारे। बह्माण्डीय क्रम नकारे। पदार्थ नै सत्य हो भने। ऊर्जा पदार्थको उपज हो भने। ऊर्जा अविनाशी छ भन्ने वैदिक चिन्तनमा धावा बोले। यस अर्थमा उनले न्युटोनियन विज्ञानसम्मको चिन्तन दिए।

शैव, वैष्णव तथा शाक्तको चिन्तनले अर्काे बन्चरो देखाए। यस बन्चराले हिन्दु धर्मका तीन भँगाला चिनायो। अरू भुल्कालाई तिनैमा समावेश गर्‍यो। यजुर्वेदीले विष्णु जोडे।

आइन्स्टाइनको ऊर्जा पदार्थमा तथा पदार्थ ऊर्जामा रूपान्तरण हुन्छ भन्ने बुझेनन्। निल्स बोर तथा म्याक्स प्लांकको क्वान्टाम सिद्धान्त जानेनन्। यस अर्थमा गुरु बृहस्पति वेदका आलोचक रहे। हेगेल उल्ट्याउने मार्कसजस्ता। पदार्थ, ऊर्जा र मनको सहसम्बन्धले मान्छे बन्छ भन्ने तथ्य नजानेका, ब्रह्म ऊर्जा हो र अध्यात्मवादी त्यसमै रमाउँछन् भन्ने नबुझेका, पदार्थमा रम्दा ऊर्जाको तागत बुझिन्न भनी नजानेका, मन, ऊर्जा तथा पदार्थ जता पनि जान वा लान सकिन्छ भनी नबुझेका। यो चिन्तनलाई चार्वाक चिन्तन भनियो।

लोकायत–सुन्दा मिठो लाग्ने, पदार्थवादीलाई मन पर्ने, बार्हस्पत्य सूत्रको अनुयायी बन्ने। दुर्भाग्य त्यो किताब नै हरायो। यसो हुँदा यो बन्चरोले वेदको निश्चयतामा अनिश्चयता जन्माइदियो- कर्मवाद नमानेर, पुनर्जन्म नमानेर, कर्मकाण्ड नमानेर, वैदिक ज्ञानको क्रमबद्धतामा शंका गरेर, ज्ञानेन्द्रीय सत्य मात्र स्विकारेर। यसको आधार थियो ऋग्वेदको दशौं मण्डल, नासदीय सूक्त तर वेदको चुरो कुरो हल्लाएन। बाहिर मात्र ताछ्यो।

श्रमण धर्मका भँगालाहरूले वैदिक सोचमा बन्चरो चलाए। श्रमण भनेका तपस्वी हुन्, सन्त हुन्। ती बन्चराले वैदिक धर्ममा सुधार गरे। यही क्रममा बुद्धले अर्काे बन्चरो चलाए। उनको शालीन बन्चराले आत्मा, ब्रह्माण्डको स्रष्टाजस्ता कुरामा मौन रहन सिकायो। उनकै वशिष्ठसूक्तले जात जन्मले हुन्न भनी बुझायो। गीताको गुण कर्म–चिन्तनको व्यावहारिक अभ्यास गर्न सिकायो। मन मुक्तिका लागि गर्ने गराइने यजुर्वेदीय कर्मकाण्डमा प्रश्न गर्न सिकायो तर कर्मवाद तथा पुनर्जन्ममा सहमति जनाउन लगायो।

श्रमण धर्मका भँगालाहरूले वैदिक सोचमा बन्चरो चलाए। श्रमण भनेका तपस्वी हुन्, सन्त हुन्। ती बन्चराले वैदिक धर्ममा सुधार गरे। यही क्रममा बुद्धले अर्काे बन्चरो चलाए।

महावीरको बन्चराले अहिंसालाई स्थान दियो। अनेकान्तवाद अर्थात् बहुसत्यमा विश्वास जगायो। इच्छा आकाङ्क्षा दबाउने तरिका सिकायो अर्थात् अपरिग्रहमा जिउन सिकायो। तीर्थंकरमा विश्वास जगायो। इन्द्रियजित बने मात्र जैन बनिन्छ भन्ने सन्देश दियो।

जातजातिको विभेदबाट मुक्त हुन सिकायो। सत तथा असतबाट हामी बन्छौं तथा ब्रह्माण्ड बन्छ भन्ने चिन्तन दियो। आत्मालाई अविनासी मान्यो। ब्रह्माण्ड हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन्छ भन्ने मान्यता जोडिदियो। द्रव्य, तत्त्व, आत्मा आदि वैदिक चिन्तनको विस्तार गर्‍यो।

मुस्लिम बन्चराले एकेश्वरलाई सुदृढ बनायो। बहु नै एक हो, एक नै बहु। एक, दुई, तीन तथा बहु एककै रूप हो भन्ने कुरा सिकायो। प्रकारान्तले नुर र ब्रह्म एकै हो भन्न लगायो। अल्लाह र उपनिषद् जोडेर अल्लोपनिषद् लेखायो। आर्य समाजी दयानन्द सरस्वतीको सत्यार्थ प्रकाशलाई जग बन्ने अवसर दियो। औरङ्गजेबले हिन्दु धर्मसँग सहकार्य गर्ने आधार दिए।

इसाई बन्चराले भक्तिमार्ग मात्र चिनायो, स्वर्ग, भगवान्, कृपा। यसले बहु देव, बहु भगवान् तथा एकमा अनेक र अनेकमा एकको चिन्तन नै बुझेन, बुझ पचायो अथवा तिनमा अविश्वास गर्‍ यो, अविश्वास गर्न उद्यत बनायो।

जोसमनी बन्चराले जातीय छुवाछुतविरुद्ध जेहाद छेड्यो। यसका अभियन्ता सन्त ज्ञानदिल दास, योगमायाजस्ताले अभ्यास गरेरै देखाए। धर्मराज्यको वकालत गर्ने भगत सर्वजित विश्वकर्माले वेदकै ज्ञानका आधारमा सनातनी अभ्यासलाई चुनौती दिए।

यसरी जोसमनी सन्त परम्परा तथा धर्मराज्यका वकालतकर्ताहरूले वैदिक चिन्तनका ऐजेरु हटाउने अभियान चलाए।

नारी बन्चराले मनुस्मृति, याज्ञवल्क्यस्मृति, तुलसी रामायण, स्वस्थानीका कुरा समात्यो। केही नारीले सांख्य दर्शनको जिकिर गरेका थिए। प्रकृति तथा पुरुषको सहसम्बन्ध। यत्र नार्यस्तु पुज्यन्ते भनेर मनुस्मृतिको पनि बचावट गरेका थिए। केहीले असली मनुस्मृति भिन्नै छ पनि भनेका थिए। कसैले स्वास्नी कुट्ने अनि ‘यादेवी सर्व भूतेषु’ भनी प्रार्थना गरेको सन्दर्भ पनि जोडेका थिए। जे होस्, नारी बन्चराले जीवन्त सन्दर्भलाई उजागर गरेको थियो।

दलित बन्चराले जातीय छुवाछुतको विरोध गर्‍ यो। पीडित भएकाले पीडक समुदायप्रति यो बन्चरो आक्रमक थियो, अहिले पनि छ। परिणामतः २०१९ तथा २०४७ को संविधानभन्दा बढी दलित पक्षीय बन्नेगरी २०७२ सालको संविधानको धारा २४ र ४० को प्रबन्ध भयो। अझै यसले जनस्तर चाहिँ छुन सकेको छैन।

जोसमनी बन्चराले जातीय छुवाछुतविरुद्ध जेहाद छेड्यो। यसका अभियन्ता सन्त ज्ञानदिल दास, योगमायाजस्ताले अभ्यास गरेरै देखाए। धर्मराज्यको वकालत गर्ने भगत सर्वजित विश्वकर्माले वेदकै ज्ञानका आधारमा सनातनी अभ्यासलाई चुनौती दिए।

जनजाति बन्चराले उनीहरूलाई हिन्दुकरण गरेकामा विरोध जनायो। त्यो स्वेच्छाको संस्कृतीकरण हो कि? वर्णसङ्करीकरण हो कि? उपनिवेशीकरण हो कि? नजिकीकरण हो कि ? प्रत्येक करणको अनुपात केही छ कि? जस्ता कुरामा यो बन्चराले चिन्तन दिएन। केबल उपनिवेशीकरणको विरोधमा मात्र यो बन्चराले आफूलाई उभ्यायो।

बन्चराहरूले सिकाएको पाठ

माथिका हर बन्चराहरूले हिन्दु धर्मलाई बिथोलेनन्। प्रकारान्तरले तिनीहरूले वेदकै सोचको कार्यान्वयन खोजे। अग्नि, पानी, वायु, पृथ्वी कुन ठुलो भन्नेमा वेदले सोच नै बनाएको थिएन। उल्टै सबै कुरालाई स्विकारेको थियो। त्यसैले वेदहरू संहिता थिए। चार्वाकले त्यहीं निश्चितता खोजेका थिए। वेदान्तीले त्यसको उत्तर गरे।

ऋग्वेद (१०.९०.२) ले उपमाका रूपमा वर्णाश्रम प्रणालीको भ्रूण दिएको थियो। प्रवृत्ति तथा निवृत्तिको चिन्तनमा बनेका मनुस्मृति, याज्ञवल्क्यस्मृति, तुलसीकृत रामायणले त्यसको विस्तार गरेका थिए। यो कुराको अन्त्यका लागि यजुर्वेदको अंगपूजा विधि आधार थियो। छान्दोग्यपनिषद् आधार थियो। बुद्ध, जोसमनी सन्त परम्परा, श्रामनिक सन्त, महावीर, कबिर, रविदासजस्ता धर्म सुधारक सन्तहरूले हटाउनुपर्छ भनेका थिए। तन्त्र साधकहरू विरोधमै थिए।

इस्लाम धर्मावलम्बीको एकदेवको चिन्तनलाई शंकराचार्यले ब्रह्म सत्य, जगत् मिथ्या भनेर मिलाएकै थिए। गुप्त वंशीय तथा लिच्छवि वंशीय शासकहरूले बुद्धको चिन्तनलाई मूलधारमा जोडेकै थिए। ‘जन्मना जायते शूद्र संस्कार द्विज उच्यते’ भनेर आर्य समाजीले जातीय छुवाछुत अन्त्य गर्ने आधार दिएका थिए।

मनुस्मृतिले नै ‘यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भनेर नारी सम्मानकी पात्र हुन् भन्ने ऋग्वेदीय चिन्तनको विस्तार गरेको थियो। साङ्ख्य दर्शन प्रकृति र पुरुषको समयोगी चिन्तन थियो।

निचोड

बिरुवालाई काँटछाँट गर्दा सुन्दर देखिन्छ, मोटाउँछ। सोचौं, समयको स्थिरतामा वेद बुझे जडसूत्री बनिन्छ। समयको गति बुझे निरन्तरता हुन्छ। कुन स्थानमा ती सोच बने? अहिले हामी कुन स्थानमा छौं? यति विचार गरे हामी वेदका विस्तारक बन्छौं। त्यसले दिएको चिन्तनमा अणु विज्ञान खोज्छौं। संज्ञान विज्ञान खोज्छौं।

क्वाण्टाम विज्ञान खोज्छौं। योगको तागत चिन्छौं। संहिताको मर्म बुझ्छौं। संहितालाई वेदान्तमा बदल्ने सोच किन ल्याए भन्ने कुरा जान्दछौं। किन अनिश्चयवादी थिए? त्यो बुझ्छौं। कसरी निश्चयवादी बनिँदो रहेछ भन्ने पनि जान्दछौं। कसरी अर्थान्तर हुन्छ भन्न सक्छौं।

यी सबै परिवेशमा माथिका बन्चराहरूले हिर्काएका ठाउँमा आवश्यक फेरबदल गर्न सक्छौं श्रमणवादी भएर, समाजी भएर, भिन्न दर्शन बनाएर। परिणामतः हामी जातीय छुवाछुत अन्त्य गर्न सक्छौं, हाम्रै शास्त्रको आडले।

महिला समता सुनिश्चित गर्न सक्छौं, हाम्रै सोचको उत्खनन गरेर। वर्णसङ्करीय कुरालाई मिलाउन सक्छौं, जनजातिले उठाएका सोचलाई कार्यान्वयन गरेर। विदेशी सोच नमिलेर भएका अप्ठ्याराहरूलाई सल्टाउन सक्छौं। वैदिक सोचका बन्चराको डोब चिन्न सक्छौं, मेट्न सक्छौं, मेटाउन सक्छौं अनि वेदले खोजेजस्तो ‘सहना भवतु’ बन्न सक्छौं, सह बन्न सक्छौं।

महिला समता सुनिश्चित गर्न सक्छौं, हाम्रै सोचको उत्खनन गरेर। वर्णसङ्करीय कुरालाई मिलाउन सक्छौं, जनजातिले उठाएका सोचलाई कार्यान्वयन गरेर।

वैदिक धर्मकै आडमा जातीय विभेद गर्नेले सोचौं, लैंगिक विभेद गर्नेले सोचौं, जनजाति तथा विधर्मीलाई होच्याउनेले सोचौं। आफू र आफ्ना पुर्खाले गरे–गराएका मानव विरोधी अभ्यासहरू अन्त्य गरौं। हामीलाई थाहा छ–गाँजा, भाङ, धतुरो सबै विष हुन्। हामीलाई यो पनि थाहा छ-मात्रा मिलाए ती सबै औषधी पनि हुन्। यस अर्थमा हामी तथा हाम्रा पुर्खाले बनाएका विषवृक्षहरूलाई हिन्दु धर्मका बन्चराहरूले चिनाएका हुन्। ती सबैको सविस्तार उन्मूलन गरौं।

वसुधैव कुटुम्बकमलाई व्यवहारमा ल्याऔं। समस्या धर्ममा होइन, बुझाइमा हो। समस्या वेदमा होइन, अर्थ्याइमा हो।  

प्रकाशित: २० श्रावण २०८० ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App