मलाई के थाहा, म अपराधीबाट शासित हुने छु। म सेलुट र शुभकामना व्यक्त गर्छु, आजको हवाईजहाजका मालिकहरूलाई। केही प्रसङ्ग राख्न चाहन्छु। सुरु गरौं श्री कुबेर शर्माबाट, जो एउटा धनाढ्यका सन्तान, चार्टर एकाउन्टेन्टको प्रथम विद्वान्। दोस्रो म कृष्णप्रसाद भण्डारी, जो आज पढेर कलेजबाट निक्लेपछि कानुन व्यवसायी हुन पुगें। म पनि एउटा विद्वान् र धनाढ्य बाबुको सन्तान हुन पाएँ। हामी दुवै सम्पन्न थियौं। सुखैसुखको जीवन त्याग गरी मानव उत्थानमा लाग्यौं। हामी दुवैको भनाइ, विकास तथा नैतिकताका आधारमा यो लेख तयार पारेको छु।
यसै सम्बन्धमा म कुबेर शर्मालाई सम्मान गर्छु। मानव सुख प्राप्तिको मुख्य आधार भनेको बुद्धि, इमान्दारिता र श्रम नै हो। यसै उद्देश्यलाई लिएर हवाईजहाजका मालिकहरूमा शुभकामनाका साथ सम्मान गर्ने यस लेखको दोस्रो उद्देश्य हो।
नेपालमा सुवर्ण शमशेर र महावीर शमशेर नभएको भए प्रजातन्त्र आउँदैनथ्यो। दुवै कलकत्ताको उच्चकोटिका धनाढ्य एवम् सम्मानित व्यक्ति थिए। महावीर शमशेरको कलकत्तामा उच्चकोटिको सिनेमा हल र अन्य उद्योग व्यवसाय लगायत हिमालयन हवाईजहाजको मालिक पनि थिए भन्ने मलाई थाहा छ।
सुवर्ण शमशेरको काठमाडाैंमा ललिता निवास, वीरगन्जमा हाल सेनाले रजाइँ गरेको नेसनल ट्रेडिङको जग्गासमेत कैयौं बिगाहा जग्गा र दरबार पनि थियो। उसबेला सुवर्ण शमशेरजस्तो जग्गाधनी वीरगन्जमा अरू कोही पनि थिएनन्। बारा जिल्लाको कबई भन्ने ठाउँमा ठुलो दरबार र सयकडौं बिगाहा जग्गा। त्यहाँ जनतासँग सुमधुर सम्बन्ध कायम थियो।
वीरगन्जमा बडाहाकिम हुँदा वीरगन्ज सहरलाई बजार विस्तार गर्नमा उहाँको ठुलो देन थियो। कलकत्तामा मुख्य बजारअगाडि ठुलो मैदान चौरंगीमा ठुला ठुला महल थिए। दुवै व्यक्तिमा मानव उत्थानको भावना उच्च थियो। विकासमा नैतिकताका यी उत्तम उदाहरण हुन्। मेरो शुभकामनासहित सम्मान छ।
नेपालमा सुवर्ण शमशेर र महावीर शमशेर नभएको भए प्रजातन्त्र आउँदैनथ्यो। दुवै कलकत्ताको उच्चकोटिका धनाढ्य एवम् सम्मानित व्यक्ति थिए।
२००७ सालको प्रजातान्त्रिक क्रान्ति धन, दौलत र हतियारसमेतले सहयोग पुर्याउने दुवै जवान थिए। हामीले नेपालको भूमिमा प्रजातन्त्र स्थापनाको पर्चा बाँडी उडेका हवाईजहाज उनै महावीर शमशेरको थियो। यसप्रकार महावीर शमशेर प्रथम व्यक्ति हवाईजहाजको मालिक, हाम्रो गौरव थियो। सो जहाजले पूर्व–पश्चिम धेरै ठाउँमा उडान गर्दै पर्चा छर्दै हिँडेको। म कृष्णप्रसाद भण्डारी पनि सो क्रान्तिमा लागेको थिएँ। हाम्रो जानकारीमा थियो, त्यो पर्चा बोकी जनचेतना दिने हवाईजहाजले धेरै महत्वको काम गर्यो।
नेपालको भूमिमा उड्ने प्रथम जहाज त्यही नै थियो। दोस्रो २००७ साल फागुन ७ गतेको दिन जनताले प्रजातन्त्र पाए। तत्पश्चात् भारतले दुवै देशबीचमा हवाई उडानको उद्देश्य लियो। मैदान पायौं।
हालको त्रिभुवन एयरपोर्टमा गौचरण थियो। दोस्रो सिमरामा पनि हालको एयरपोर्ट गौचरणका रूपमा कायम थियो। भारतले दुवै उडानको ठाउँ एकिन गर्यो। उडान सुरु भयो पवित्र स्थल गौचरणबाट। सुरुआत कसरी गर्ने भने सोचमा भारतीय दूतावासले बिएल शर्माको सहयोग माग्यो। बिएल शर्मा, अमृत भण्डारका मालिक, श्री ५ को दरबारमा मिठाई पुर्याउने। मिठाई पुर्याउने कार्य गर्दागर्दै दशरथ चन्दले श्री ५ सँग सम्बन्ध कायम गर्न लड्डुको प्रयोग गर्ने सोच गरी बिएल शर्मासँग मितेरी सम्बन्ध कायम गरे।
बिएल शर्मा पनि उदार विचारका धनी, प्रजातन्त्र स्थापना गर्न योगदान पुर्याउने गरी लड्डुभित्र चिठी राखी आदानप्रदान सुरु भयो। प्रजातन्त्र आयो बिएल शर्माको पहुँच दरबारमा आत्मीयतामा परिणत भयो। यसै आत्मीयताको प्रयोग भारतीय दूतावासले गर्यो र सरकारबाट दुवै ठाउँमा प्रदान गर्ने गरी काठमाडाैं र सिमरामा गौचरण एयरपोर्ट कायम गरी उडान स्वीकृत प्राप्त भयो। आज अन्तर्राष्ट्रिय उडान पनि कायम छ।
काठमाडौं–सिमरा उडान सुरु भयो। मालिकजस्तै बने बिएल शर्मा। दरबारको आवतजावत बिएल शर्माको राम्रो हुँदा राजा महेन्द्रको पनि सम्बन्ध पनि राम्रै थियो। निजले आफूलाई एकलौटी कुनै पद र सम्पत्तिको चाहना र माग गरेनन्, बरु दरबारको शक्ति प्राप्तिबाट धेरै व्यापारी र उद्योगपतिलाई सहयोग प्राप्त गराउँदै रहे। यसप्रकार व्यापार, व्यवसाय र उद्योग स्थापनामा पनि निजको ठुलो सहयोग र योगदान थियो। अरू धेरैलाई बनाए आफू उही अमृत भण्डारको मालिक नै बनिरहे। पछि भारत सरकारको भारतीय जहाज गौचरण एयरपोर्टबाट कलकत्ता, पटना र दिल्लीको उडान गर्न थाल्यो।
नेपालको भूमिमा उड्ने प्रथम जहाज त्यही नै थियो। दोस्रो २००७ साल फागुन ७ गतेको दिन जनताले प्रजातन्त्र पाए। तत्पश्चात् भारतले दुवै देशबीचमा हवाई उडानको उद्देश्य लियो। मैदान पायौं।
नेपाल र भारतको हवाईजहाज सम्बन्ध कायम भयो। यसै सम्बन्धबाट नेपालीहरूलाई पनि जापान, अमेरिकासम्म उडान गर्ने सौभाग्य प्राप्त भयो। राजा महेन्द्र उद्यमशील व्यक्ति भएकाले सोभियत संघले नेपाललाई पनौती जलविद्युत् आयोजना, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानालगायत पूर्व–पश्चिम राजमार्गको सर्भे र निर्माण गर्न सहयोग दिने गरी सम्झौता गर्यो। यति ठुलो सहयोग दिन सक्षम उसबेला सोभियत संघ थिएन। आफ्नै समस्या विकराल थियो तर पनि अविकसित राष्ट्रलाई सहयोग गर्ने पवित्र उद्देश्य लिएर सहयोग पुर्यायो।
राजा महेन्द्रको सोभियत संघ भ्रमण सानदार रूपमा सम्पन्न हुनुका साथै राजदूतावासको स्थापनामा राजा महेन्द्रलाई हवाईजहाजको सौगात भेट चढाए। नेपालमा हवाईजहाजको प्रथम मालिक राजा महेन्द्र बन्न गए। उनी पनि सम्मानको पात्र पाउने मेरो सोच। हवाईजहाजको कल्पना अगि बढ्दै जाँदा बिएल शर्माद्वारा सञ्चालित हवाईजहाजको साटो सरकारले नै सरकारी जहाज त्यस बेला शाही नेपाल वायु सेवा निगमको नामले सञ्चालित हुन पुग्यो।
आज हामीले बिएल शर्मालाई पनि मेरो सम्मान छ, नेपालको जहाजप्रति। नाफा राम्रै हुँदै गयो र राष्ट्रिय हवाईजहाजको उडान भारतसम्म कायम भयो। पछि हङकङ आदिमा उडान गरे। उता चिनी कारखाना समेतको निर्माण कार्यमा सोभियत संघलाई नेपाली रूपैयाँको आवश्यकता हुँदा नेसनल ट्रेडिङको स्थापना गरी सोभियत संघमा निर्मित जिप, ट्रयाक्टर, घडी आदि बिक्री गरी खर्च जुटाउने परिपञ्च गरे। यो संस्थाले पनि ठुलो आय गर्न थाल्यो। यसको श्रेय श्री गोपीमाधव देवकोटा, रामेश्वरप्रसाद शाह, गोविन्द मास्के र मसमेतलाई सम्मान गर्नुपर्ने हुन्छ। मबाहेक अरूलाई सम्मान छ।
नेपाल र भारतको हवाईजहाज सम्बन्ध कायम भयो। यसै सम्बन्धबाट नेपालीहरूलाई पनि जापान, अमेरिकासम्म उडान गर्ने सौभाग्य प्राप्त भयो।
अर्कातिर चुरोट कारखाना घाटा तर श्री गोपीमाधवको ठुलो प्रयासमा म सहयोगी हुन पुगें। करोडाैं नाफा गर्न सफल भयो। यसतर्फ पनि श्री गोपीमाधव देवकोटालाई सम्मान गर्नैपर्यो र मेरो सम्मान छ। नेसनल ट्रेडिङले कोष प्रदान गर्यो भने सो चिनी कारखानाको महाप्रबन्धकबाट हाल नाम सम्झना भएन। किसानको घर घरमा पुगी उखु रोप्न लगाउनुका साथै चिनी कारखानालाई उच्चतामा पुर्याए। नाम याद नभए पनि उहाँप्रति मेरो सम्मान छ। सो चिनी कारखानाले कृषकको उत्थान गर्दै ठुलो राशि राजकीय कोषमा दाखिल गर्न थाल्यो। नेपालको हवाई कम्पनी लगायत सबै संस्थानहरूले राजकीय कोषमा प्रशस्त नगद दाखिला गर्न थाले।
नेपाल बैंक लगायत साल्ट ट्रेनिङलगायत धेरै संस्थानहरू नेपाल सरकारको सहभागितामा काम गर्न थाले। सबै संस्थानहरू आयमूलक हुनुका साथै ठुलो संख्यामा रोजगारी पनि दिए। तसर्थ जहाजको इतिहासमा सुरुवात बिएल शर्माले गरे भने त्यसपछि राजा महेन्द्रको ठुलो योगदान राष्ट्रले प्राप्त गर्यो। हवाईजहाजका साथै उद्योग स्थापनातर्फ पनि राजा महेन्द्रको आर्थिक सोच सम्पन्नतामा पुग्यो। इँटा कारखाना आदि सबै आयको स्रोत बन्यो। आज हामी भन्छौं–प्रजातन्त्र आयो, गणतन्त्र आयो। धेरै उद्योग स्वाहा पारियो नगन्यबाहेक। सबै घाटामा चलेका देखिन्छन्। प्रजातन्त्रको दोष वा हाम्रो दोष? जनताले विचार गर्न छाडे।
अब सुरुवात गराैं, व्यक्तिद्वारा हवाईजहाज सञ्चालनतर्फ २०४६ सालमा राजकीय सत्ता संसद्मा प्राप्त भएपछि श्री निलाम्बर आचार्य कम्युनिस्ट पार्टी (संयुक्त) का तर्फबाट पर्यटकमन्त्री बन्ने सौभाग्य पाए। म कृष्णप्रसाद भण्डारी सो पार्टीको बलशाली व्यक्ति हुन पाएँ। एकदिन प्रमोद शमशेर मेरो ल फर्ममा आउनुभयो। उहाँ पनि एउटा उद्यमशील व्यक्ति हुँदा मेरो परिचय र सम्मान कायम थियो। उहाँले निजी हवाईजहाज चलाउने योजना प्रस्तुत गर्नुभयो।
सरकारसँग पैसाको अभाव। नेपालीले लगानी गरी हवाईजहाज विस्तार हुनु र निजीले चलाउँछन् भन्ने मलाई राम्रै लाग्यो। मैले सोचें, समय मागें, अध्ययन गर्न। मेरो प्रथम सोचमा हवाईजहाज पनि पर्न गयो। यसपछि मैले आरएनएसीलाई सुधारमुखी बनाउँदै विकसित गर्ने सोच मनमा आयो।
भ्रष्टाचारलगायत अपराधजन्य कार्यलाई कम गर्न कानुन व्यवसायीको ठुलो हात हुन्छ। कानुन व्यवसायी कानुनका ज्ञाता मात्र होइनन्, अपराध रोकथाम गरी यस्ता कुकृत्य वृद्धि गर्नमा रोक लगाउने विज्ञ पनि हुन्। मैले आरएनएसीमा महादेवप्रसाद यादवलाई कानुनी सल्लाहकारका रूपमा पठाएँ। मेरो आफ्नै कार्यालयमा योग्य कानुन व्यवसायी हुँदाहुँदै पनि श्री महादेव यादवलाई पठाउने मैले निर्णय गरें। म कम्युनिस्ट, मलाई धनीमानीले घृणा र बाधा उत्पन्न गर्न सक्ने सम्भावन थियो।
यादव नेपाली कांग्रेसका निकट, प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका निकटतम भएर काम गरेका व्यक्ति थिए। त्यसैले उनीबाट सहयोग पाइन्छ भन्ने कुरा बुझी आरएनएसीमा कानुनी सल्लाहकारमा नियुक्त गरें। निलाम्बर आचार्यको कृपा मात्र होइन, सहयोग पनि प्राप्त हुँदै गयो। उस बेलाको आरएनएसी उच्चतामा पुर्याउन महादेवप्रसाद यादवको ठुलो योगदान थियो। निजलाई पनि मैले सम्मान व्यक्त गर्नैपर्यो। मेरो थोरथारको संलग्नताले गर्दा जहाजबारे ज्ञान पनि मलाई प्राप्त भयो। श्री प्रमोद शमशेरको दोस्रो भेटघाटमा निवेदन र योजना ल्याउनुहोस् भने उहाँले ल्याउनुभन्यो। मैले मन्त्री समक्ष पेस गरें।
नेपाल बैंक लगायत साल्ट ट्रेनिङलगायत धेरै संस्थानहरू नेपाल सरकारको सहभागितामा काम गर्न थाले। सबै संस्थानहरू आयमूलक हुनुका साथै ठुलो संख्यामा रोजगारी पनि दिए।
मन्त्री निलाम्बर आचार्यज्यूले नपढी नबुझी स्वीकृति दिनुभयो। निजी कम्पनीको जन्म, मेरो प्रयास र श्री निलाम्बरजीको बुद्धिमत्ताको उपज हुन गयो। यस पुनीत कार्यमा म आफूलाई सम्मान दिने कार्य अशोभनीय हुँदा निलाम्बर आचार्यलाई मेरो सम्मान। प्रथम निजी हवाईजहाज नेपाल एयरवेजको नामबाट प्रमोद शमशेरको नाम सम्मानको सूचीमा प्रथम स्थान पाउँछ। आफूले रोपेको बिरुवा फलेफुलेको देख्दा मलाई खुसी तुल्याउनु स्वाभाविक नै हो। गरे हुँदो रहेछ, नेपालीले गर्न सक्ने रहेछ, बुद्धि र आँट गरे सफलता हासिल हुँदो रहेछ।
नेकोन आदिले कामयाबी गर्न सकेनन् तर बुद्ध एयर र यतीको सफलतालाई म साधुवाद भन्छु, सम्मान गर्छु। रोपेको बिरुवाले सम्मान पाउन र गर्न मेरो कर्तव्य पनि हो। सरकारद्वारा सञ्चालित हवाईजहाज दुरावस्थामा पुग्यो भने व्यक्तिगत हवाईजहाज उच्चतामा पुग्यो। प्रजातन्त्रको दोष वा नेताको दोष हो? जनताले निर्णय गर्ने समय आएको छ।
नेपालमा कैयौं निजी कम्पनी डुबे, एनएसी पनि डुबिरहेको छ। निलाम्बर आचार्यको पालामा यस्ता कम्पनी फस्टाउनु र आज डुब्नुको रहस्य के हो? पाठक आफै विचार गर्नुहोस्। म कसैको बदनाम गर्ने पक्षमा छैन। म पनि डुबें। यसै लेखमा सानो प्रस्तुति राख्छु।
यसै सिलसिलामा हवाईजहाजको मेरो ज्ञान–म २०२८ सालमा स्नातक तहमा राष्ट्रिय पञ्चायतको सदस्य थिएँ। १७ महिना कारावास बस्ने सौभाग्य पाएँ। राष्ट्रिय पञ्चायतको सदस्य हुँदा मैले होमस्टेको परियोजना सञ्चालन गर्ने सोच राखे।
नेपाली बेचारा उद्योगधन्दा गर्न बुद्धि र हिम्मत छैन। घर निर्माणबाहेक सहरबासीको अर्को उद्यम छैन। घरको कोठा खाली, बस्ने कोही छैन। होमस्टेको व्यवस्था गरे केही आय हुन्छ भनी मैले पनि साथीभाइको सहयोगमा इन्टरनेसनल ट्राभल एजेन्सी खोलें। उसबेला लाखाैं रूपैयाँ मेरो स्वाहा भयो। यसमा छोरा निर्मल भण्डारीको सक्रियता उल्लेख्य रह्यो।
केही बुझ्यो, केही सम्झ्यो। इन्टरनेसनल ट्राभल एजेन्सी डुबे पनि केही वर्षपछि छोराले इन्द्र ट्राभल एजेन्सी खोल्यो। बुद्धि लगायो, मेहनत गर्यो, राम्ररी चलायो। इमान्दारीसाथ काम गर्दा काम पनि पाउँदै गयो। कुनै सरकारी सहयोग मेरो छोरालाई प्राप्त थिएन। मेहनत गर्यो, राम्रो ग¥यो। बुद्ध एयरले पनि साझेदारीमा राख्न चाह्यो। बालकसँग पैसा थिएन। म पैसा उडाउन दिन नसक्ने, तैपनि आजसम्म छोराको मृत्युपछि बुहारी सबला भण्डारीले चलाइरहेकी छन्। बुद्ध एयरको सुरुवाती राम्रो सम्बन्धले पनि एजेन्ट भई काम गरेको हुँदा सो इन्द्र ट्राभलको नामधारी अध्यक्ष समेत भएको छु। काम सारा बुहारीले र राम श्रेष्ठसँग मिली काम गरेकी छन्। बुहारी सबला ट्राभल एजेन्सी संगठनको कार्यकारिणी सदस्य भएकी छन्। मेरो सोचमा आज ट्राभल एजेन्सीमा सबभन्दा पुरानो संस्था हो।
नेकोन आदिले कामयाबी गर्न सकेनन् तर बुद्ध एयर र यतीको सफलतालाई म साधुवाद भन्छु, सम्मान गर्छु। रोपेको बिरुवाले सम्मान पाउन र गर्न मेरो कर्तव्य पनि हो।
आज नेपालीले गरेको हवाई व्यवसाय सफल र सम्मानित छ। कैयौंले रोजगारी पाएका छन्। बुद्ध एयरले जहाजको मात्र काम गरेको छैन, कृषि कार्यमा समेत अद्वितीय काम गरेको छ भने यती एयरका मालिक पर्यटन व्यवसायमा पनि सफल बनेका छन्। यस्ता उद्यमशील व्यक्तिबाट नै राष्ट्र समुन्नत बन्छ।
यसै सन्दर्भमा हार्दिक सम्मान गर्दै एउटा सानो निवेदन पनि गर्न चाहन्छु। सुरु गर्ने प्रमोद शमशेरलाई निजी कम्पनीले सम्मान गरोस् र हाम्रो सम्मानसमेत निजमा कायम छ। उद्यमशीलता गर्नेलाई मेरो हार्दिक सम्मान छ। अन्त्यमा हेलिकोप्टर उडानको श्रेय प्राप्त विहारीलाल, मित्रलालमा पनि सम्मान व्यक्त गर्छु। सफल हुनेहरू सबैमा मेरो सम्मान चढाउँछु। यो लेख तथा सोचाइ म वरिष्ठ अधिवक्ताको भए पनि सहयोग गर्ने अधिवक्ता नागेन्द्रलाल अमात्य र निर्मल भण्डारीकी छोरी अधिवक्ता निवेदिता भण्डारी तथा वासु दाहालसमेतले टाइप गर्ने र सरसल्लाह दिनमा सहयोग गरेका छन्। बुद्ध एयरले २५ वर्षको वसन्त पार गरेकामा शुभेच्छा र शुभकामना!
लेखक भण्डारी वरिष्ठ अधिवक्ता हुन्।
प्रकाशित: १३ श्रावण २०८० ०२:२३ शनिबार