५ आश्विन २०७७ सोमबार
विचार

पति होइन, जीवन साथी

खैं किन आज मलाई दिक्क लागिरहेको थियो । शायद अलि सन्चो नभएर पनि होला, फोनको घण्टी बज्यो, कसको होला, झर्को मान्दै हेरेँ । छोरीको रहेछ, खुसी लाग्यो । आजकल छोराछोरीको फोन अनि एफएम रेडियो मेरो एक्लोपनका साथी भएका छन् क्यार । कुरा चल्दै जा“दा अन्तरराष्ट्रिय नारी दिवस अर्थात् ८ मार्चको प्रसंग आयो, उसले भनी मम, हजुरलाई थाहा छ– पितृसत्ताको उल्टो के हो ? मैले सोधाइको पारा अनि उसको सानैदेखिको स्वभाव सम्झँदै भनेँ– मातृसत्ता त हुन सक्दैन किनभने मातृसत्ता पनि त आखिर कसैको सत्ता भयो । उसले उत्साहित हु“दै भनी– एक्ज्याक्टली मम, पितृसत्ताको अपोजिट समानता हो । यसबारे हामीले लामो कुरा ग¥यौं ।

                कहिलेकाहींँ उसका कुरा सुनिरहन मन लाग्छ । मैले यति लामो समयसम्म फोनमा कुरा गर्ने एउटामात्र मान्छे मेरी छोरी नै हो । नत्र लामो समयसम्म फोनमा कुरा गर्नेहरुलाई देखेर मलाई झर्को लाग्थ्यो र सोच्थेँ, फोनमा पनि कति लामो कुरा गर्दा हुन्, के नै हुन्छ र त्यत्रो लामो विषयवस्तु, चाहिने कुरा ग¥यो फोन राख्यो । वाहियात, समय र पैसाको बर्बादी । तर छोरी टाढा गएदेखि ऊस“ग कुरो गर्दा मलाई समय गएको पत्तै हु“दैन । कहिले त उसका कुरा, उसका विचार र तर्क सुनेर लाग्छ– म उसकी आमा होइन, ऊ पो मेरी आमा भइछ ।

                म सोच्न थालेँ, हो त है पितृसत्ता हाम्रो समाजको सिस्टम बनिसकेको छ । पिँढीदर पिढी हामी त्यसैलाई निरन्तरता दिइरहेका छाँै । पुरुषमात्र होइन, हामी महिला पनि त्यसै पितृसत्ताकै हिमायती बनेका छौं । कारण हामी पनि त यसै समाजका उपज हौँ । यसै पितृसत्तात्मक समाजको चालचलन, बोलीव्यवहार र संस्कार हाम्रा नशाहरूमा रगत बनेर दौडिरहेको छ ।

                यसै बोली व्यवहार र जनजिब्रोमा बसेको एउटा शब्द हो पति । जसको शब्दार्थमा समेत पितृसत्ता झल्कन्छ । के हो त पतिको अर्थ, त्यसभन्दा पहिले भनौं, करोडपति अनि लखपतिको अर्थ के हो ? हामी सबै फ्याट्ट भन्न सक्छौ, करोडौंको मालिक अनि लाखौँको मालिक । त्यसो भए पतिको अर्थ हो– मालिक । त्यसैले होला आजभोलि सभाहरूमा सभापति शब्दको प्रयोग निषेध गरिएको ।

                पति मालिक भए पत्नी के त ? निःसन्देह उनीहरू नोकर, दास हुने भए । जहिले पनि नोकर निर्धो, कमजोर र कमसल मानिन्छ । ऊ मालिकको आदेश, दया र छत्रछायाँमा बा“च्छ । जबसम्म उसले मालिकको आदेश मान्छ, उसको इच्छाअनुसार चल्छ तबसम्म उसलाई छत्रछायाँ प्राप्त भइरहन्छ । जुन दिन विरोध गर्छ उसको त्याग गरिन्छ । त्यस दिनदेखि ऊ समाजको नजरमा समेत खोटिलो र नाकाम हुन्छ । यस्तै होइन र हाम्रो समाजमा बहुसङ्ख्यकहरूको सोच, गराइ र भोगाइ ? यसै सोचलाई संस्कार बनाएर हिँडेका हाम्रा मनमस्तिष्क जतिसुकै अपमान, कुटाइ, पिटाइ, यातना, भोगेर, सहेर, लुकाएर भए पनि पतिको छत्रछायाँमा बा“च्नुलाई आफ्नो सौभाग्य ठानेर बा“चिरहेका छन्, कुकुरको जस्तो जिन्दगी ।

                महिला अधिकारवादी, मानव अधिकारवादी अभियन्ताहरु कराउ“दा–कराउ“दा थाकिसके । यसको अर्थ समाजमा कुनै परिवर्तन भएको छैन, समाज वर्षौंदेखि यथास्थितिमा छ भन्न खोजेको हैन तर हुनुपर्ने जति परिवर्तन भएको छैन । सोचेअनुरूप परिवर्तन हुन सकेको छैन । जुन परिवर्तन भएको जस्तो देखिन्छ त्यो पनि सतहीरूपमा मात्रै । पुरुष श्रेष्ठ र महिला कमसल मानिने पितृसत्तात्मक सोचमा खासै परिवर्तन भएको देखिँदैन । घरमै बस्ने महिलामात्रै हैन, घरबाट कामका लागि बाहिर निस्कने जुनसुकै क्षेत्रमा कार्यरत महिलाले यस पुरातनवादी सोचको सिकार हुनुपरेको तथ्य नकार्न सकिँदैन । शोषण र विभेदको प्रकृतिमा केही परिवर्तन आयो होला तर अवस्थामा ठूलो परिवर्तन आएको छैन । यो विभेदपूर्ण नजरबाट अति उच्च तहमा आसीन महिलासमेत अछुतो रहन सकेका देखिँदैनन् ।

केही दिनअघि मात्रै बिबिसीका पत्रकार रवीन्द्र मिश्रले भन्नुभएको थियो– ‘दूरदराजको कुरा छाडौँ, राजधानीदेखि १० किमिमात्र टाढा जाने हो भने पनि त्यहा“को अवस्था देखेर मुटु दुख्छ ।’ तर अफसोच, उहा“जस्तो विज्ञ व्यक्तिलाई समेत यति सानो कुरा बुझ्न २० वर्ष लाग्यो । हुन त उहा“ले यो कुरा समाजको समग्र अवस्थाबारे भन्नुभएको हो तर यहा“ उठान गरिएको विषयवस्तुको अवस्था पनि त्यस्तै देखिन्छ ।

पुरुषहरु दिनमा औसत ७–८ घण्टा काम गरेर पैसा कमाएर ल्याउ“छन् भने महिला दिनको औसत १२–१३ घण्टा काम गर्छन् जसको मूल्याङ्कन पैसामा गर्ने हो भने पुरुषको तुलनामा अझै धेरै हुन जान्छ । पुरुषले गर्ने हरेक काम महिला गर्न सक्छन् तर महिलाले गर्ने थुप्रै संवेदनशील जिम्मेवारी पुरुषले पूरा गर्न सक्दैनन् । जस्तै– बच्चाको हेरचाह, वृद्धवृद्धाको स्याहारसुसार र घरको रखवारी । त्यसमाथि सबैभन्दा ठूलो कुरो उनीहरूले बच्चा जन्माउ“छन् र पूर्ण वात्सल्यतासाथ हुर्काउ“छन् पनि । यति हु“दाहु“दै पनि किन उनीहरु तिरस्कृत र कमसल भएर बा“चिरहेका छन् ? किन समानताको दर्जा पाउन सकेका छैनन् ? यो समस्या घरेलु महिलाको मात्र होइन, हाम्रो समाजमा कामकाजी अर्थात् जागिरे महिलाको अवस्था पनि खासै फरक छैन । उनीहरु झन् दोहरो मारमा छन् । घरको जिम्मेवारी त यथावत छ नै, त्यसमाथि अफिसको जिम्मेवारी पनि थपिएको छ ।

हो, वास्तवमै महिलाले पितृसत्ताको बदलामा मातृसत्ता चाहेका होइनन्, समानता चाहेका हुन् । यो समानताको लडाइँ पुरुषका विरुद्ध पनि होइन, हाम्रो पितृसत्तात्मक सोचविरुद्ध भने पक्कै हो । जसको सुरुवात हामी सबैले आफूबाटै गर्नुपर्छ । आफ्नो सोच परिवर्तन गर्दै व्यवहारमा सुधार गर्नु जरुरी छ । हामी घरमा पति र पत्नी होइन, जीवनसाथी भएर एक÷अर्काप्रति समानताको व्यवहार गरौं । त्यसले सिर्जना गरेको प्रेम, विश्वास, सद्भाव र सहयोगको वातावरणमा हुर्केका हाम्रा छोराछोरी अवश्य पनि सवल र सभ्य हुनेछन् । उनीहरू पुरुष वा महिला अनि मालिक वा नोकर होइन, मानव हुनेछन् । अनि पति वा पत्नी होइन्, जीवनसाथी हुन रुचाउनेछन् । जसले हामीले चाहेको समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

                                                                                                                               

प्रकाशित: २५ फाल्गुन २०७३ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App