मनुदेखि महात्मा गान्धीसम्म मेकियावेलीदेखि माक्र्ससम्मका चिन्तकले राज्य र राजनीतिका बारेमा ज्ञान र अनुभवको गंगा उछालेका छन्। तीमध्ये राष्ट्र रक्षासँग सम्बन्धित चाणक्यका मतहरु दक्षिण एसियाले भोग्नुपरेका समस्याबाट पार पाउनका लागि सान्दर्भिक छन् । पश्चिमाका अगाडि घुँडा टेक्ने भारतेली शासक वर्ग र भारतीय शासकको ताबेदार बन्ने होडमा लागेका कांग्रेस, केन्द्र, मधेसवादी र नयाँ शक्तिको भारत भक्तिको प्रकोपबाट बच्न चाणक्य सूत्र नै नेपालका लागि रक्षाकवच हो । हरेक कालखण्डका चिन्तकले देश, काल, पात्र र प्रवृत्ति हेरेरजनताका लागि जनबलको संगठन गर्न शस्त्रबल र शास्त्रबलको पुनरुद्धारगर्नुपर्ने चाणक्य निष्कर्ष नेपालको सन्दर्भमा उपयोगी छ ।
पूर्वी गोलाद्र्ध अझ खास गरी भारतीय उपमहाद्वीपमा शासक र जनताकोस्वभाव विरोधाभासपूर्ण रहँदै आएको छ । परेका बेला परचव्रmीसामु वीरता देखाउनु यहाँका जनसमुदायको पहिचान रहेको छ भने आफ्नो मान र शान निरन्तरताको स्वार्थले वशिभूत भएर बलियो प्रतिद्वन्द्वीको चरणचुम्बन गर्न धक नमान्नु यहाँका शासक वर्गको कुलत बनेको छ । उहिले सिकन्दरको नेतृत्वमा यवनहरुले भारतका विभिन्न राज्यमाथि हमला गर्दा जनपद र गणराज्यका जनताले प्रतिरोध गरेका थिए । राबी नदी पूर्वको कठ गणराज्यलगायत नगरका नरनारीले जीवनको वलिदान दिइरहँदा ठूला ठूला सम्राटहरु सिकन्दरका पिछलग्गु बनेका थिए । कैकेयसँग पराजीत भएर अधीनता स्वीकार गरेका गान्धार नरेश आभ्भी सिकन्दरसँग मिलेर कैकेयराज पुरुको प्रतिशोधमा उत्रिएका थिए । पुरु पनि एक युद्धमा भोगेको पराजयपछि सिकन्दरले दिएको जीवनदान र सम्मानको बल्छीमा बल्झिए ।शक्ति राष्ट्रले निर्वल र पराजीत राष्ट्रसँग मूलतः दुई प्रकारका व्यवहार गर्छन् । पहिलो त सिध्याइ नै दिन्छन् नत्र सम्मानित सेवक बनाउँछन् । अमेरिकासँग भारतले स्थल, जल र हवाई सैन्य अखडा उपयोगसम्बन्धी सन्धि गरेपछि र नेपालको वर्तमान सत्तारुढ गठबन्धनले विदेशनीतिको चाबी भारतलाई सुम्पिएपछि सिकन्दर र चाणक्यको समयमा जस्तै दक्षिण एसियाको स्वाभिमानमा गम्भीर धक्का लागेको छ । विजेता अमेरिकाले अघोषित सिकन्दरको स्थान ग्रहण गरिसकेको छ भने परावलम्वी रसायन मिलेका नरेन्द्र मोदी, पुष्पकमल दाहाल र शेरबहादुर देउवा आफ्नो समयका पुरु र आभ्भी हुने पंक्तिमा लामबद्ध छन् ।
सिकन्दरका पिछलग्गुलाई चाणक्यले यस भूखण्डका जनताको शस्त्रबल र शास्त्रबलको आड लिएर म्याद गुज्रेको औषधि जस्ता बनाएका थिए । शासक लत्रिए पनि उनले जनसमुदायको आडमा भारतको गुमेको शाख फिर्ता गरेका थिए ।आज पनि चाणक्यले छाडेर गएको चेतनाको अखण्ड ज्योति निभेको छैन । यस भूखण्डका जनसमुदायको शक्ति, गौरव, शान र स्वाभिमानको मेरुदण्ड निष्कण्टक नै छ ।शासक वर्गको दास मनोवृत्ति जनतालाई कदापि स्वीकार्य हुने छैन । चाणक्यले छाडेर गएको ज्ञान गंगाको स्मरण र यसको समयानुकूल उद्धारले दक्षिण एसियामा हाबी रहेको निमित्त पात्र राजनीति (एजेन्ट पोलिसी)लाईजरासहित उच्छेद गर्न सघाउ पु¥याउनेछ ।
कौटिल्य, चाणक्य र विष्णुगुप्त नामले चिनिने ती राजमनिषिजसले आफ्नो समयमा शत्रु र मित्र दुवै पक्षका राजाहरुलाई कठपुतलीलाई झंै नचाउन सकेका थिए । यवन विजेता सिकन्दरका समकालीन चाणक्यले धनदौलत, शक्ति र पदमा मोह राखेनन् । ज्ञानलाई उनी सम्पत्ति मान्थे । त्याग उनको अनन्त अटलता र ऊर्जाको आधार थियो । आफ्नो र आफ्ना पक्षधरको पोल्टामा कष्टकर बाटो र वलिदानको पक्ष थमाउनु, त्यसका लागि उत्प्रेरित गर्नु, राष्ट्रको हितको मूल्यमा कसैसँग सम्झौता नगर्नु, मातृभूमिको स्वाधीनताका लागि आफू र अरुप्रति कठोर निर्णय गर्न मोलाहिजा नराख्नु, राष्ट्र हितका अगाडि व्यक्तिलाई महत्व नदिनु चाणक्यको विशेषता थियो । यवनलाई परास्त गर्नु, मगधको नन्दवंशीय राजतन्त्रको उच्छेद गर्नु, हिमालयदेखि समुन्द्रसम्मको विशाल भूमिलाई एकसूत्रमा संगठित गर्नु जस्ता जटिल कार्य उनले सम्पन्न गरे । यवन आव्रmमणको प्रतिरोध गर्नेव्रmममा उनले जनताको शस्त्रशक्ति र शास्त्रशक्ति दुवैको पुनरुद्धार गरेका थिए । शक्ति प्राप्त गर्न शत्रु राज्यमा ज्योतिष, वेश्या, सेवक आदिको भेषमा छिपिएर निचभन्दा निच हर्कत गर्न अनुमति दिने औशनस नीतिका पारंगतहरु पनि उनीसामु टिक्न सकेनन् ।
राज्य सञ्चालन, रक्षा, उत्थान र मर्यादासम्बन्धी चाणक्यका धारणालाई चाणक्य नीति भनिन्छ । पात्र र परिस्थितिमा अन्तर आए पनि चाणक्यनीतिको मर्म र गतिमा खिया लाग्न सम्भव छैन । उनले कुशल शासकका लागि केही सर्त र मर्यादा निर्धारण गरेका छन् । उनका अनुसार शासक इन्द्रियजयी, आफूलाई सर्वज्ञ नठान्ने, राष्ट्र उत्थानशील, त्रिनीति धर्म, अर्थ र काम अर्थात् मर्यादा, मेहनत र मनोरञ्जनको समायोजनमा पारंगत, प्रत्येक समयको सदुपयोग गर्ने, सहायक चयन र परिचालनमा निपूर्ण, जनताको सहयोगको अभिलाशी र जनताको कोपबाट सचेतहुनुपर्छ ।
शासकइन्द्रियजयी रहन उसले काम, व्रmोध, लोभ, मोह, अभिमान र हर्ष पूरै त्याग गरेको हुनुपर्छ । शासक र जनता मर्यादामा बसेपछि विरोधीको कपटमय औशनस नीतिबाट राज्यलाई बचाउन सकिन्छ।राजनीतिकर्मीले कहिल्यै पनि आफै सर्वज्ञ हुँ भन्ने गल्ती गर्नुहुँदैन । राज्यशक्ति पाएपछि मात्तिनु र अन्धो हुनु मानवीय कमजोर हो । यस्ता कमजोरीबाट जोगिन राजनीतिज्ञले सधैँ आफूभन्दा ठूला र निर्लोभी मानिसको संगतमा रहनुपर्छ । राज्यमा रहेका विद्वान्, स्थानीय तहका अगुवा, नगर तथा गाउँका ज्येष्ठ नागरिकको सल्लाह लिनुपर्छ । प्रज्ञावान व्यक्तिका अगाडि आफ्नो बुद्धिलाई उत्कृष्ट ठान्ने गल्ती गर्नुहुँदैन र उनीहरुको विचारलाई आदर गर्न भुल्नुहुँदैन ।
राज्यको उत्थानका लागि राजनीतिज्ञको उद्देश्य नै राज्यको योग र क्षेम रहनुपर्छ । शासकका आँखा गुप्तचर हुन् । राज्यले सर्वत्र गुप्तचर छरेको हुनुपर्छ र राज्यले तिनैको आँखाले हेर्नुपर्छ ।सरकार प्रमुख राष्ट्रको उत्थानशील रहँदामात्र कर्मचारी पनि उद्यमशील रहन्छन् । प्रमुख नै प्रमादी भए सहायकले सिको गर्छन् र देश बर्बाद हुन्छ । राष्ट्रको उत्थान तब हुन्छ जब शासक र जनता मर्यादामा बस्छन् । सबै मानिसले आआफ्नो कर्तव्य पालना गरेमात्र राज्यको उन्नति हुन्छ । शासक उत्साही र उद्यमी हुनसके मात्र सबैले राष्ट्रका लागि लय पव्रmन सक्छन् ।
राज्यको समृद्धिका लागि त्रिनीति धर्म, अर्थ र काम अर्थात् मर्यादा, मेहनत र मनोरञ्जनको समान आवश्यकता छ । जीवन निर्वाहका लागि धन आवश्यक हुन्छ । त्यसैले धनार्जनको उपलब्धिबाट जनतालाई लाभान्वित पार्नुपर्छ । मानव जीवनमा प्रणय अपरिहार्य छ । कष्टप्रद् संन्यासी जीवन मानव समाजको हितमा छैन । साधु, सन्त र भिक्षु जीवनमात्र मुक्ति र सम्पूर्ण होइन तर मर्यादा नहुने हो भने अर्थ र काम नीति स्थितिमा रहँदैन ।त्रिनीतिमा कुनै एकको उपेक्षाले व्यक्ति र समाज दुवैलाई हानि हुन्छ ।
चाणक्यका अनुसार लक्ष्यवर्ती सरकार प्रमुखलाई खेर फाल्न समय छैन । उनले सरकार प्रमुखका लागि डेढ डेढ घण्टाको समय तालिकामा एक दिनलाई सोह्र भाग लगाएका छन् । तीमध्ये आठ भाग दिन र आठ भाग रातका लागि छन् । दिनको पहिलो भाग राज्य रक्षाको उपाय, राज्यको आय÷व्ययको चिन्तन र राज्यका महत्वपूर्ण मुद्दामा सहायकसँग विचारविमर्शमा खर्चनुपर्छ । दोस्रो भागमा स्थानीय तहका समस्या, ती सबैको स्थानविशेषमा रहेको भिन्नता पहिचान र तीमाथि चिन्तनसँग सम्बन्धित छ । तेस्रो भाग नित्यकर्म, स्नान, भोजन र स्वअध्ययनका लागि छ । चौथो भाग राज्यका विभिन्न निकायका प्रमुखसँग भेट र राज्य कोष वृद्धि गर्ने उपायमाथि छलफलका लागि छ । पाँचौं भागमा सरकार प्रमुख मन्त्री परिषद्सँग छलफल, गुप्तचरका सूचना श्रवण र तीमाथि मन्थन गर्छ । छैटौं भाग मनोरञ्जनका लागि छ र आवश्यक परेमा यो समय पनि राजकार्यमा लगाउन सकिन्छ । सातौं र आठौं भाग सेना, किल्ला, युद्ध सामग्रीको निरीक्षण, तिनको स्तरवृद्धि र उन्नतिको उपायमाथि चिन्तन र सुरक्षा प्रमुखहरुसँग छलफलका लागि छ ।
रातका आठ भागमा पहिलो भागमा गुप्तचर अधिकारीसँग भेट, शस्त्र युद्ध जतिकै मन्त्र युद्धलाई सशक्त बनाउन चिन्तन, दोस्रो भागमा नित्य कर्म, विश्राम र भोजन, तेस्रो भागमा सयन कक्षमा प्रवेश, चौथो र पाँचौं भाग शयनका लागि छ । छैटौं भाग शास्त्र चिन्तनका लागि हो । सातौं भाग राजकार्यका विषयको छलफलका लागि छ । आठौं भाग पूर्वतयारी र योग, व्यायमका लागि हो ।
चाणक्य मत छ, थोरैमा सन्तुष्ट हुने, कहिल्यै नडग्ने मन्त्रीले मात्र देशको पोल्टामा सौभाग्य थमाउन सक्छ। राज्यलाई स्थिर र सुरक्षित राख्न निरन्तर प्रयत्नशील रहने, जनताको विचारलाई दृष्टिमा राखेर राज्य सञ्चालन गर्ने मन्त्रीमा राज्यको वास्तविक शक्ति हुन्छ । चाणक्यले राज्यका सात अंगसरकार प्रमुख, मन्त्रिपरिषद्, सेना, किल्ला, कोष, मित्र र जनपद वा जनसमुदायमध्ये सर्वोपरि स्थान जनसमुदायलाई दिएका छन् । उनी भन्छन्–‘संसारमा जनताको शक्ति सबैभन्दा ठूलो शक्ति हो । जनताको कोपभन्दा भयंकर अन्य कुनै कोप छैन ।’ जनताको साथ पाउन राजनीतिकर्मीले बस्ती बस्तीको माटो र ढुंगासँग मिल्न सक्नुपर्छ र त्यो भूगोलमा रहेका परम्परागत धर्म, चरित्र, रहनसहन, मर्यादा र व्यवहारको आदर गर्नुपर्छ। व्यक्तिहरुका आआफ्ना गुण र कर्म भएजस्तै जनसमूह र जनपदहरुका पनि आआफ्नै विशेषता हुन्छन्। त्यसैले जनताले शासनमा अब आफूहरुको कुनै आवाज रहेन भन्ने अनुभव नगरुन् भनेर राजनीतिकर्मी चनाखो रहनुपर्छ । विविध जनसमूह र जनपदको पृथक सत्ता कायम रहन दिनुपर्छ । केन्द्रले स्थानीय तहको सहयोग र प्रीतिलाई महत्व दिनुपर्छ । यसरी के देखिन्छ भने हरेक कालखण्डमा राज्य रक्षाका उपायबारे जनताको चेतनामा समस्या छैन । समस्या छ त ठूलाको गुलामी र सानालाई फलामी गर्ने स्वाभिमानको मेरुदण्ड नभएका पुरु र आभ्भीमार्काका शासक वर्गमै छ।
प्रकाशित: १९ आश्विन २०७३ ०३:३३ बुधबार