७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

वैकल्पिक विचारको बहस

मानिसको सोच्ने तरिका, कार्य–प्रणाली र सभ्यताको विकास निरन्तर गतिमा विकसित भइरहेको छ। आधुुनिक समाजका प्रवर्ग र हालका सिद्धान्त इतिहासकै जन्मका विकसित एवं परिमार्जित रूप हुन्। मानिसको अस्तित्व रहँदासम्म वा मस्तिष्कको सोच्ने तरिकाको स्वत्व रहँदासम्म न त विचारको अन्त्य हुुन्छ, न चेतना नै नष्ट हुुन्छ। पौराणिक कालमा देवीदेवतालाई पूजाअर्चना गरेर जनतालाई सम्प्रेषण गर्ने र प्रभावित पार्ने सिद्धान्त थिए। टाढाटाढाका व्यक्ति र व्यक्तित्व पुुरोहितका रूपमा जन्मने गर्थे। राजाहरुले आफंैलाई देवताका रूपमा सार्वजनिक घोषणा गर्ने र विरोधीहरुलाई दमन गर्ने वा मृत्युदण्ड दिने प्रचलन थियो। त्यसबेला कुनै पनि प्रकारको लोकतान्त्रिक प्रणाली थिएन। तर, त्यसबेला पनि थुप्रै सभ्यता विकास भए। इजिप्टको नाइल सभ्यता होस् वा मेसोपोटामियाको टिग्रिस, भारतको इन्डस् होस् वा चीनको ह्वाङ–हो। ती कालखण्डमा संसारमा आ–आफ्नै प्रकारका विचारधारात्मक स्वत्व क्रियाशील थिए र अस्तित्वमा थिए।

विकासको क्रमसँगै वैचारिक प्रवर्ग पनि देखा पर्न थाले। हेराक्लिट्सले वस्तु, माटो, हावा, पानी, आगोबाट पैदा भएको तर्कसहित आफ्नो कुरा अगाडि बढाए। पाइथागोरसले संसार जोर–विजोरमा चलेको छ भन्दै साध्य संख्या सिद्धान्तको व्याख्या गरे, प्रेम र घृणा तथा जीवन र मृत्युसँंगै विपक्षीबाट निर्मित धनु र वाणको संसार भन्थे। सुकरात वास्तविक ज्ञान भनेको अज्ञानप्रति चेतना जाग्नु हो भन्ने गर्थे। धार्मिक विश्वासबिना पनि मानिस असल हुुन्छ भन्ने मान्यता राख्ने सुकरातलाई धर्मवादीले मृत्युदण्ड दिए। झण्डै २४०० वर्षपहिले अणुु र गतिको कुरा गर्ने ब्रह्माण्ड आँखाले नदेखिने सानाभन्दा साना तत्वहरुबाट बनेको हुन्छ भन्ने डेमोक्राइट्सकै विकसित रूपलाई आइन्सटाइनले प्रमाणित गरे। राजनीतिक द्वन्द्व सामाजिक असमानताबाट जन्मन्छ भन्दै यस्ता असमानता हटाउने प्राचीन सिद्धान्तकार अरस्तुकै विकसित रूपमा कार्ल मार्क्सले वर्गविहीन समाज परिकल्पना गरे।

सभ्य/भव्य, लगनशील र मेहनती नेपालीहरु बस्ने अर्गानिक/आधुनिक नेपाल निर्माण गर्ने वैकल्पिक विचारसहितको बहसमा सहभागी बनौं। सम्भव छ– हाम्रै पालामा समृद्ध नयाँ नेपाल।

ब्रह्मा, विष्णु, महेश्वरको धारणालाई पञ्जावमा स्थापना गर्दै भारतका आर्य ऋषिमुुनिहरुले वेद उपनिषद् र पुुराणका रूपमा धार्मिक गन्थ्रहरुको व्यवस्था गरे। ब्रह्माण्डको अस्तित्व, परमात्मा र व्यक्ति मित्रको आत्मा एउटै हुन् भन्ने मान्यता भारतीय दर्शनको मूल आधार हो। श्रीकृष्णका प्रवचनहरु हिन्दु दर्शनको मूल स्रोत बनेको छ। खासगरी पूूर्वीय दर्शनको एउटा केन्द्र भारतीय दर्शनमा चन्द्र सूूर्य, हावा, पानी, आकाश र पृथ्वी पञ्चतत्वका रूपमा ईश्वर मानेर पूजा गर्ने प्रचलन आजको २१ औं शताब्दीमा पनि व्याप्त छ। भारतीय उपमहाद्वीपमा उपनिषद् दर्शनशास्त्र र वेदलाई पवित्र ग्रन्थका रूपमा स्वीकार्न नसक्नेहरुले हिन्दु धर्म र दर्शनको विरोध गर्दै फरक र स्वतन्त्र विचार राख्न थाले। आपसी लडाइँ, विभिन्न प्रकारका जातीय युुद्ध र संघर्षहरुबाट ग्रसित समाजमा शान्तिको परिकल्पना गर्न थालियो। यसैलाई बुद्ध धर्मको दर्शनका रूपमा व्यापार गरी महायान बुुद्ध धर्म उत्थान गरियो।

आज्ञाकारी, मिलनसार, सदाचार आदिलाई शिष्टाचारका रूपमा मान्दै चीनमा कम्फ्युसियसवादको विकास भयो। यसको विकल्पमा फेरि भेदभावबिनाको प्रेम युद्धरहित स्थिति र कम्फ्युसियस विचारमाथिको आलोचना गर्दै माओवादी विचारको जन्म भयो।

उता युरोपमा आस्थाको नयाँ युुग सुुरु भयो। क्याथोलिक चर्चका धार्मिक सिद्धान्तकार थोमस आक्युनसमार्फत २१ सूत्रीय पुुस्तक लेखेर तत्कालीन दर्शनशास्त्रलाई कमजोर बनाइयो र इसाई धर्मको प्रचार गरियो। धार्मिक आन्दोलनकै क्रममा चर्चहरुमाथि आक्रमण गरेर विजय प्राप्त गरे पनि कमै मानिस दुई धारमा विभाजित हुन थाले। खासगरी निकोलस म्याकियाभेलीसम्म आइपुुग्दा संसारमा दुुईवटा दृष्टिकोणहरु भ्रुणका रूपमा देखा पर्न थाले। अध्यात्मवादले धर्ममा निर्भर रहेर वस्तुको व्याख्या गरौं भन्न थाल्यो भने भौतिकवादले वस्तुलाई वैज्ञानिक ढंगले व्याख्या गरेर सत्य र तथ्यमा पुुगौं भन्ने तर्क प्रस्तुत गर्न थाल्यो। भौतिकवादकै आधारमा पुुनर्जन्मको युुगमा 'व्यक्तिगत मुुक्ति तथा मानवीय स्वतन्त्रता' विषय उठ्न थाले। जियोर्डानो ब्रनोले सर्वव्यापकताको सिद्धान्तलाई व्याख्या गरे। उनले धर्मको युुग सकिएको कुरा गरेर चर्च तथा धर्मबाट स्वतन्त्र भएर नयाँ सिद्धान्तको खोजी गरौं भन्दा उनलाई जलाएर मारियो।

इटालीका खगोलशास्त्री ग्यालिलियो ग्यालिलीलाई आधुनिक विज्ञानका प्रणेता पनि मानिन्छ। उनले पृथ्वीले सूूर्यलाई परिक्रमा गर्छ भन्दा धरैले उनलाई पागल भने। न्यायालयको बहसबाट निस्कँदा उनले जोड दिएर चिच्याउँदै भनेका थिए– 'तपाईंहरु जेसुकै भन्नुुहोस् पृथ्वी आफैं घुुम्छ।' त्यसैगरी ग्रहहरुको गतिसम्बन्धी नियम पत्ता लगाउने जर्मनीका खगोलशास्त्री योहानेसज्यश केप्लरलाई इसाई धर्मवालाहरुले मानव कलंकका रूपमा आएको दानव भन्ने गर्थे। आइज्याक न्युटनले रुखबाट स्याउ खसेको देखेर गुुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्दा धेरैले उनलाई पनि बौलाहा र पागल भन्ने गर्थे।

विभिन्न मानव जातिको व्याख्या गर्दै सिद्धान्त, प्रकृति र मन जस्ता तीन क्षेत्रमा निहित दर्शन प्रणालीलाई तर्कद्वारा पुष्टि गर्ने काम फ्रेडरिक हेगेलले गरे। तर्कशास्त्र लागु गर्ने वा नगर्ने तथा प्रगति गर्ने वा नगर्ने भन्नेबारेमा बहस हुुँदा नै राइटिस्ट र लेफ्िटस्ट दुुई विचार आएका छन्। लुुडकिङ फायरवाखले जोडदाररूपमा भौतिकवादको व्याख्या गरे। फ्रान्सका समाजवादी विचारक जोसेफ प्राउधानले मजदुुरकोे स्वतन्त्र संघ र राष्ट्रको शक्ति युनीकरणका लागि संघर्ष गरेका थिए। आत्माको अमरत्वप्रति आस्था नहुने हो भने नैतिकवान हुन सकिँदैन भन्दै ईश्वरको अस्तित्वबारे नयाँ बहस इमानुयल कान्टले सुरु गरे।

यसरी मानवजातिको सभ्यताका विभिन्न चरणमा विभिन्न प्रकृतिबाट विचार र सिद्धान्तहरु अगाडि बढ्ने क्रममा जर्मनीमा दर्शनशास्त्रको विकास, बेलायतमा राजनीतिक अर्थशास्त्रको विकास र फ्रान्समा समाजवादको विकास भएको पाइन्छ। यसैगरी पूूर्वीय दर्शनमा चीन, जापान र भारतमा पनि विभिन्न दर्शन र दृष्टिकोणहरुको निरन्तर विकास भएको पाइन्छ। सभ्यताका विभिन्न केन्द्रमध्ये युरोपको सभ्यता बढी विकसित भएकाले स्वतः त्यहाँ विज्ञान र प्रविधिको पनि छिटो विकास हुन पुुग्यो। खासगरी मानवजातिको विकाससँग जीवनचक्रकै विकासको प्रसंगसँग जोडेर डार्बिनले गरेको अनुसन्धान र मानिस/मानिसबीच हुने विभेद अन्त्य गर्नेगरी प्रकृति, जीव, वस्तुु र समाजलाई चित्रण गर्दै जर्मनीका कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरे। सुुरुमा यी दुवै जनालाई बहुुसंख्याले बहुलाको संज्ञा दिएका थिए।

बीसौं शताब्दीसम्म आइपुुग्दा संसार विभिन्न दृष्टिकोणबीचमा बहस र संघर्षमा प्रवेश गरेको पाइन्छ। तर, आजको एक्काइसौं शताब्दी विज्ञान र प्रविधिका कारण भूूमण्डलीय विश्वग्राममा परिणत भएको छ। फेरि पनि नेपाल जस्तो देशमा विभिन्न पृष्ठभूूमिका व्यक्तित्वले अंगीकार गरेको मुुख्य विचार नेपालमा सामन्तवाद र अर्धपुुँजीवाद अन्त्य गर्दै समाजवाद कायम गर्ने नै हो। विश्वेश्वरप्रसाद कोइराला आफंै समाजवादी थिए। पछि भारतमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलन र अंग्रेज विरोधी आन्दोलनबाट प्रभावित हुुँदा 'समाजवाद' मा प्रजातान्त्रिक पदावली जोडेर 'प्रजातान्त्रिक समाजवाद' भन्न थाले। नेपालमा वामपन्थी पृष्ठभूूमिको विचार सम्प्रेषण गर्ने पुुष्पलाल श्रेष्ठ आफंै समाजवादी विचारका थिए।

राणा शासनकालीन अवस्थाको अन्त्यतिर यदि कसैले लोकतन्त्र वा समाजवादको कुुरा गर्‍यो भने उसलाई घृणा गरिन्थ्यो वा अपराधी सावित गरेर राज्यले दण्ड दिन्थ्यो। तर आज २०७२ मा घोषणा गरिएको संविधानको मूलः प्रस्थावनामै समाजवादी प्रणालीमा देशलाई लैजाने भनिएको छ। त्यसैले मानिसले सोच्ने तरिकालाई समय, परिस्थिति र सभ्यताका कालक्रमले निरन्तर प्रभावित पार्ने गर्छ। माथि उल्लिखित जे/जति दृष्टान्त छन् ती सबै सभ्यताको विकासक्रममा प्रतिबिम्बित भएका मानवीय विचार छन्। त्यसैले हामी भन्न सक्छौं मानिसको अस्तित्व रहँदासम्म विचारको अस्तित्व निरन्तर जीवित रहन्छ। बरु प्रश्न समकालीन देश, समाज र परिस्थितिमा अभिव्यक्त भएका अन्तरविरोध हल गर्न कस्तो विचारलाई ग्रहण गर्ने भन्ने प्रश्न मुुख्य हो।

विभिन्न काल, परिस्थिति र समयअनुसार संसारमा देखापरेका पुुरानै विचारहरुको कित्ताबन्दीमा उभिएर प्रश्न गर्ने गरिन्छ। नयाँ शक्तिले कुन विचारको प्रतिनिधित्व गर्छ? कांग्रेस हो कि कम्युुनिस्ट? वामपन्थी विचार राख्नेहरुले कांग्रेस देख्ने र कांग्रेसी विचार राख्नेहरुले कम्युुनिस्ट देख्ने गरेको पाइन्छ। यी दुवै विचारले व्यावहारिकरूपमा भन्दै ५० वर्ष नेपालमा भूमिगत, अर्धभूूमिगत, खुुला र सरकारी राजनीति गरे। यसका साथै राजसंस्थालाई आदर्श भन्ने विचारले पनि लामो समय शासन गरे। यी तिनै विचारको प्रतिनिधित्व गर्ने पार्टीहरुले मात्रै मिलिजुली शासन गर्ने, अरुलाई आउनै नदिने स्थायी व्रान्ड हैन नेपाल र नेपाली जनता। संसारमा स्थापित सिद्धान्त आत्मसात गर्न हामी सबै स्वतन्त्र छौं। कसैले मार्क्सलाई आदर्श व्यक्तित्वका रूपमा स्वीकार गर्लान्, कसैले महात्मा गान्धीलाई, कसैले माओलाई मान्लान्। यो उनीहरुको स्वतन्त्रताको कुरा हो।

तर अब देशलाई समृद्ध बनाउनका लागि परम्परागत विचारको नेतृत्वले सम्भव छैन। त्यसैले नयाँ शक्तिले यी सबैभन्दा फरक एवं वैकल्पिक विचार, दर्शनको बहस उठाएको छ। वैकल्पिक कार्यक्रमको बहस सुुरु गरेको छ। समावेशी, समानुुपातिक र सहभागितामूलक लोकतन्त्र लागु गर्ने कुरा आफंैमा वैकल्पिक विचार हो। शासन प्रणालीलाई आमूल परिर्वतन गर्ने र सुशासित नेपाल निर्माण गर्ने दृष्टिकोण आफैंमा नयाँ विचार र कार्यक्रम हो। बदलिएको एक्काइसौं शताब्दीको विश्व मानचित्र र संसारभरिका परिवर्तित अन्तरविरोधहरुको अवस्थामा देशको सार्वभौमिकता र अखण्डतालाई नयाँ परिस्थितिअनुसारको आन्तरिक राष्ट्रिय एकतासहितको स्वाधीनताको पक्षधरता आफैं वैकल्पिक विचार हो।

देशलाई २० देखि २५ वर्षसम्ममा अन्तर्राष्ट्रियस्तरको विकसित मुलुकमा पुुर्‍याउने लक्ष्यसहितको कार्यक्रम आफंै वैकल्पिक विचार हो। इमानदार र सदाचारी भएर देशको सेवा गनर्ुुपर्छ भन्ने दृष्टिकोण आफैंमा नयाँ विचार हो। साम्यवादी र समाजवादी नभएका हेगेल, फायर र डार्बिनहरुबाट मार्क्सले धेरै कुरा सिक्न हुने, तर कम्युनिस्ट नभएका संसारका पछिल्ला विकसित विचारहरुबाट नयाँ कुुरा सिक्छौं भन्दा मार्क्सको विरोध गरेको हुुन्छ र? अनि मार्क्सले प्रतिपादन गरेको वस्तु र पदार्थको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको कुुरा गर्दा लोकतन्त्रविरोधी वा अधिनायकवादी हुन्छ र? यस्ता प्रवृत्ति र सोचाइ परम्परागत संकुुचित मानसिकताको निरन्तरताबाहेक अरु केही पनि होइन।

अब वैकल्पिक विचार, दर्शन र दृष्टिकोणसहितको नयाँ कार्यक्रम अवश्यक भइसकेको छ। परम्परावादी कांग्रेस/कम्युुनिस्टको साँघुरो घेराबाट वस्तु, घटना र परिस्थितिको व्याख्या गर्ने होइन, विज्ञान र प्रविधिको भरपुर प्रयोग गर्दै आधुुनिक नेपाल निर्माण गर्ने अभियानमा हामी छौं। समृद्धिको परिकल्पनासहितको, सामाजिक न्याय र विधिको शासनको पूूर्ण परिपालना गर्ने सभ्य/भव्य, लगनशील र मेहनती नेपालीहरु बस्ने अर्गानिक/आधुनिक नेपाल निर्माण गर्ने वैकल्पिक विचारसहितको बहसमा सहभागी बनौं। सम्भव छ– हाम्रै पालामा समृद्ध नयाँ नेपाल।

संगठन विभाग प्रमुख, नयाँ शक्ति पार्टी, नेपाल

प्रकाशित: ९ आश्विन २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App