१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तिहार मनाई काठमाडाैं फर्कनेको सवारी साधनमा चाप

जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा सवारीका साधनमा यात्रुको चाप। तस्विर : पुष्कर/ नागरिक

डडेल्धुरा- दसैं तिहार पछि कर्मथलो फर्कनेको घुँईचो बढेको छ। तिहार पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जाँत मेला पर्वको धार्मिक परम्परा अनुसार पुजाआजाको रौनक सुरु हुने भए पनि डडेल्धुरा लगाएत सुदूरपश्चिमबाट संघिय राजधानी काठमाडाैं फर्कनेको घुईचो सवारीका साधनमा निकै बढेको छ।

डडेल्धुरा–काठमाडाैं यस अघि दैनिक एक बस मात्रै सञ्चालनमा आउने भए पनि यात्रुको चाँप बढे पछि दैनिक रुपमा दुई वटा बस सञ्चालन गरिएका छन्। अहिले एक सात अघि नै यात्रुले टिकट खरिद गर्ने गरेको उग्रतारा यातायात प्रालीले जनायो।

४० यात्रु सिट क्षमता भएका दुई वटा बस दैनिक रुपमा डडेल्धुराबाट काठमाडाैंका लागी छुट्ने गरेका छन्। करिब एक साता अघि देखि नै यात्रुले टिकट काट्ने गरेका छन्। उग्रतारा यातायात प्रालीका संयोजक मान बहादुर साउदले भने, त्यो भन्दा बढी बस सञ्चालनमा हामिले पनि ल्याउन सकेका छैनौ। डडेल्धुराबाट काठमाडाैंका लागी बझाङ्ग, बैतडी, डोटीबाट पनि यात्रुहरुले टिकट लिने गरेका छन्। आइतबार र सोमबारका लागी पनि बसका सबै टिकट बिक्रि भएको उनले बताए।

मंगलबार १९ गते परेकाले अहिलेसम्म केही टिकट बिक्रि हुन बाँकी रहेको उनको भनाई छ। महिनाको १९ गते यात्रा गर्न शुभ नमानिले परम्परा रहेकाले केही टिकट बिक्रि हुन बाँकी रहेको उनले बताए।

सुदूरपश्चिमका पहाडी जिल्ला मध्ये काठमाडाैं रुटमा डडेल्धुराबाट मात्र दैनिक दुई वटा बस छुट्ने गरेका छन्। तराईका जिल्ला कैलाली, कञ्चनपुरबाट दैनिक रुपमा २० भन्दा बढी बस सञ्चालनमा आए पनि यात्रुको निकै चाप रहेको उनले बताए।

यस्तै काठमाडाैंका लागी दार्चुला, बैतडी र बाजुराबाट दैनिक एक/एक बस सञ्चालनमा छन् भने डोटी र अछाम जिल्लाबाट काठमाडाैं रुटमा सवारीका साधन सञ्चालनमा छैनन्।
 

 

प्रकाशित: १५ कार्तिक २०७६ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App