१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेरि उकालो लाग्दै सुन

काठमाडौं- निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ। बिहीबार छापावाला सुन ७० हजार ५ सय रुपैयाँमा खरीद बिक्री भएको थियो।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएर प्रतितोला ८ सय ७० रुपैयाँ पुगेको छ।

पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ। कात्तिक १ गते छापावाला सुन प्रतितोला  ७० हजार ६ सय रुपैयाँ र तेजाबी सुन ७० हजार ३ सय रुपैयाँमा खरीद बिक्री भएको थियो। रासस

प्रकाशित: १५ कार्तिक २०७६ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App