१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालिगण्डकी नदीमा युवक बेपत्ता

पाल्पा- वल्डलिंङ्क कम्युनिकेशनको फाईवर तार तान्नेक्रममा एक कर्मचारी कालिगण्डकी नदीमा बेपत्ता भएका छन्। इन्टरनेटको तार तान्ने क्रममा २४ वर्षिय जय किशोर यादव कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रामपुर नगरपालिका–८, खोरियाघाटबाट इन्टरनेटको तार तान्नडोरी तार्ने क्रममा रोहिणी गाउँपालिका–४, घर भएका जयकिशोर यादव नदीमा खसेर वेपत्ता भएका हुन्। उनी वल्र्डलिंङ्क कम्युनिकेशनका गाडी चालक समेत रहेको बताईएको छ। यादवसँगै  बिहान गएका अन्य ३ जना व्यक्तिहरु पनि नदीमा पसेका थिए। यादव साथीहरुसँगै रहेको समयमा नदीको बीच भागबाट बेपता भएका हुन्।

वेपत्ता भएका यादवको खोजीकार्य भैरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

 

प्रकाशित: १५ कार्तिक २०७६ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App