१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

टेलर दशककै उत्कृष्ट आर्टिस्ट

लस एन्जल्स (एजेन्सी) — अमेरिकी गायिका टेलर स्वीफ्टले सांगीतिक करियरमा तुलनात्मक रुपमा संगीत अवार्ड जित्ने सूचीमा आफ्नो नाम दर्ता गरिसकेकी छिन्। उनको सांगीतिक यात्रालाई प्रोत्साहन गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ।

डिक क्लार्क प्रोडक्सन्स र एबिसीले संयुक्त रुपमा अमेरिकी गायिका स्वीफ्टलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को सम्मान दिने घोषणा गरेको थियो। सो समारोहमा गायिका स्वीफ्टले सांगीतिक प्रस्तुति समेत दिनेछिन्। डिक क्लार्क प्रोडक्सनका कार्यकारी उपाध्यक्ष मार्क ब्रार्कोले प्रेस विज्ञप्तिमा भनेका छन्,‘ यस दशकमा तयार भएका संगीतमा गायिका टेलरको प्रभाव निर्विवाद पाइएको छ। अमेरिकी संगीत अवार्डमा उनको साँच्चिकै शानदार प्रस्तुति दिनेछिन्। हामीले उनलाई दशकको उत्कृष्ट आर्टिस्टको सम्मान दिन पाउँदा रोमाञ्चित भएका छौं। यो उनको सांगीतिक करियरको रोचक पाटो भएकाले हामीपनि त्यो क्षणको प्रतिक्षा गरिरहेका छौं।’

गायिका स्वीफ्ट अमेरिकी म्युजिक अवार्डमा हालसम्म सबैभन्दा धेरै २३ वटा अवार्ड जित्ने गायिकाको रुपमा परिचित छिन्। उनले वर्षको उत्कृष्ट आर्टिस्ट, म्युजिक भिडियो र गायिका विधाका अवार्डहरु जितेकी थिइन्। हाल उनी आफ्नो स्वरमा रहेको गीतहरू पुर्नः रेकर्ड गरिरहेकी छिन्। गत जुनमा इथका होल्डिंगले स्कट बोर्चेेतृत्वमा रहेको बिग मेसिन लेबल ग्रुप खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्वीफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो।

गत नोभेम्बरमा गायिका स्वीफ्टले बिग मेसिन लेबल ग्रुपलाई छाडेर युनिभर्सल म्युजिक ग्रुपसँग सम्झौता गरेकी थिइन्। ब्राउनले अमेरिकी गायिक जस्टिन बीबर र एरियाना ग्रान्डेलाई व्यवस्थापन गरिरहेका छन्।

सन् २००६ मा आफ्नै नामको पहिलो एल्बम निकालेपछि कन्ट्री सिंगरका रूपमा रातारात चर्चामा आएकी गायिका स्वीफ्ट यो वर्ष विश्वको बढी कमाउने सेलेब्रिटीको सूचीमा परेकी थिइन्। विश्व प्रसिद्ध आर्थिक पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी पहिलो स्थानमा परेकी थिइन्। उनको वार्षिक आम्दानी १७ करोड डलर रहेको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App