१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बालबालिका आमा केन्द्र स्थापना

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ‘असहाय बालबालिका आमा केन्द्र’को शाखा स्थापना गरिएको छ। केटाकेटी एभिनियरको आर्थिक सहयोगमा निर्माणको गरिएको २० कोठे भवनको उद्घाटनसँगै जिल्लामा केन्द्रको स्थापना गरिएको हो। असहाय बालबालिकालाई आश्रय, शिक्षादिक्षा र पालनपोषणका लागि काम गर्दै आएको बालबालिका आमा केन्द्रको पहिलो शाखा सोलुदुधकुण्ड नगरपालिका–६, दोर्पुमा स्थापना गरिएको केन्द्रका संस्थापक पेम्बा शेर्पाले जानकारी दिए।

आमा केन्द्रको लागि नवनिर्मित भवनको विधिवत उद्घाटन धर्मगुरु टुल्कु पेमा थार्छेन रिम्पोक्षले गरेका हुन्। धर्मगुरु रिम्पोक्षेले जीवन बनेर असहाय बालबालिकाको सेवामा सर्मपित हुनु उत्कृष्ट मानवीय कर्म भएकाले सदासर्वदा अघि बढ्न र सफल बन्न शुभकामना दिए। सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले स्थानीय सरकारले ध्यान दिन नसकेको क्षेत्रमा ‘असहाय बालबालिका आमा केन्द्र’ले काम गरिरहेको र केटाकेटी एभिनियरको सहयोगले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक तुल्याउन सहयोग गर्ने बताइन्।

कार्यक्रममा वडाअध्यक्ष रामकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघ सोलुखुम्बुका पूर्वअध्यक्ष बुद्धिनारायण श्रेष्ठले असहाय बालबालिका आमा केन्द्रको स्थापनाले सोलुखुम्बुका असहाय बालबालिकाको भविष्य खेर नजाने वातावरण तयार बनेको बताएका थिए। उद्घाटन अवसरमा असहाय बालबालिकाले सांस्कृतिक प्रस्तुति दिएका छन्।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App