१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बजेट अभावले सेमी कभर्डहल निर्माण अलपत्र

आवश्यक बजेट विनियोजन नहुदा अलपत्र अवस्थामा रहेको सेमी कभर्डहल निर्माण कार्य ।

डडेल्धुरा– जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम अलपत्र परेको छ। बजेट विनियोजन नहुँदा सदरमुकाम खलङ्गाको टुडिखेल छेउमा निर्माणाधिन सेमी कभर्डहलको काम अलपत्र परेको हो।

गत आर्थिक वर्षदेखि निर्माण शुरु थालिएको सेमी कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमा रकम विनियोजन नगरिएपछि कभर्डहल निर्माण थालनीपछि अलपत्र परेको हो। कर्भडहल नहुँदा वर्षातको समयमा भलिबलदेखि अन्य ईन्डोर खेलकुद प्रतियोगिता शुन्य भएका छन्।

जिल्लामा रहेको एक मात्र ४० वर्ष पुरानो  टिटि कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो। गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषदको करिब १० लाख रुपैयाँ बजेटले कर्भडहल निर्माणको काम शुरुवात गरिएको भएपनि चालु आर्थिक वर्षमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकुद विकास समिति डडेलधुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताए।

पुरानो जिर्ण अवस्थामा रहेको टिटि कभर्डहल गत वर्षको वर्षातले भत्किएपछि सेमि कभर्डहल निर्माण गर्ने योजना अनुसार गत वर्ष भत्केको भवनका ढुङ्गा, ट्रष्ट, जस्तापाता हटाई एउटा भागमा पिल्लर हाल्ने काम मात्रै भयो। उनले भने, यस वर्ष आवश्यक रकम विनियोजन नगरिँदा शुरुवात गरिएको काम पनि रोकिएको छ। निर्माण कार्य पनि अलपत्र नै प-यो।

कभर्डहलसँगै जोडिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि भत्किए पछि एक वर्ष यता भाडाको घरमा कार्यालय सञ्चालन भईरहेको छ। खेल मैदानबाट एक किलोमिटरको दुरीमा कार्यालय हुँदा खेलकुदका प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको जिल्ला खेलकुद विकास समिति भलिवल प्रशिक्षक नरेश थापाले बताए। अहिले ईन्डोरमै गेम सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षातको समयमा जिल्लामा खेलकुद गतिविधि शुन्य रहेको भलिवल प्रशिक्षक थापाले बताए।

कभर्डहल नहुँदा वर्षातको समयमा ईन्डोरका साथै भलिबल प्रतियोगिता हुन सकेका छैनन्। जिल्लामा नेपाली सेनाको स्वामित्वमा रहेको टुडिखेल बाहेक अन्य खेल मैदान नहुँदा खेलकुद गतिविधिमा कमि आएको छ। खेलकुदको विकासका लागि आवश्यक पुर्वाधारको विकास गर्न तीन वटै सरकारले पहल गर्नु आवश्यक रहेको जिल्ला खेलकुद विकास समिति निवर्तमान अध्यक्ष राजेन्द्र थापा बताउँछन्। नेपाली सेनाको स्वामित्वमा रहेको टुडिखेल पनि सबै खेलका प्रतियोगिता सञ्तालनका लागी पर्याप्त छैन्। विगतका वर्षमा रंगशाला निर्माणका लागी दुई वटा मैदानको डिपिआर गरिए पनि ति मैदानमा आवश्यक बजेट विनियोजन नहुँदा निरास बनाएको उनले बताए।

अमरगढी नगरपालिका ६ भजनेउटामा क्रिकेट मैदान र अमरगढी ४ घोविखोलामा रंगशाला निर्माणका लागी डिपिआर तयार गरिए पनि आवश्यक बजेट विनियोजन नभएको उनले बताए।

प्रकाशित: १४ कार्तिक २०७६ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App