१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ग्राण्डी अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन्। 

नेकपाका महासचिव विष्णु पौडेलसँग आधा घण्टा अघि ग्राण्डी पुगेका प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। दाहाल र पौडेलले प्रधानमन्त्री उपचार भइरहेको ठाउँमा गएर चिकित्सकसँग जानकारी लिएका थिए।

अहिले अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस भइरहेको छ। 

टाउको दुख्ने र ज्वरो आएपछि प्रधानमन्त्री ओली बुधबार विहान धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका थिए। उनको आईसीयूमा उपचार भइरहेको छ। 

यसअघि नेकपाका नेताद्वय भीम रावल र नारायणकाजी श्रेष्ठ पनि प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका थिए। तर, दोस्रो डायलाइसिस चलिरहेकाले भेट्न पाएनन्। उनीहरुले चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएर फर्केका थिए। 

प्रकाशित: १४ कार्तिक २०७६ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App