१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो

जुम्ला – तिहारमा खेलिने देउसीभैलोमार्फत जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षण गरिरहेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

पञ्चेबाजा हराउँदै गएपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको स्थानीय लोकेन्द्र गिरीले बताए। उनीहरुले पञ्चेबाजा पोशाकमा सजिएर देउसीभैलो खेलेका थिए। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्छन्। यो नेपाली धार्मिक एवम सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको छ। पञ्चेबाजा जोगाउने अभियानमा गैर–दलित युवा समावेश छन्। घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन्।

‘नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ। यस्ता साइतमा मंगलधुन बजाएर साइतलाई शुभ बनाउने चलन छ। मंगल धुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो। यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता हो,’ उनले भने, ‘शहरी भेगमा आधुनिक ब्याण्डबाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नुपरेको छ। पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि समस्या भएको हो। पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन पहल थालिएको छ।

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन्। गाउँघरमा पञ्चेबाजा बजाउने व्यक्ति भेटिन छाडेका छन्। यो बाजा १२ देखि १८ जनासम्मको समूहमा मिलेर बाजा बजाइन्छ। पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको यहाँका युवा बताउँछन्। चन्दननाथ–१० का युवाले नगरपालिका क्षेत्रका सबै बस्तीमा पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App