१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड – रियाल भालाडोलिडमाथि  रबाफिलो जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेसँगै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले आफू स्वाभाविक लयमा फर्किएको संकेत गरेका छन्।

स्पेनिस ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि ५–१ को जित हात पारेको हो। मेसीले घरेलु मैदान क्याम्प नोउमा पुनः एक पटक फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। बार्सिलोनाको जितमा नायक बनेका मेसीले दुई गोल गर्नुका साथै दुई गोलका लागि अर्टुरो भिडाल र लुइस स्वारेजलाई असिस्ट गरेका थिए।

खेलको दोस्रो मिनेटमा क्लेमेन्ट लिगलेटले बार्सिलोनाको गोल खाता खोलेका थिए। तर बार्सिलोनाले घरेलु मैदानमा आफ्नो अग्रता लामो समय भने टिकाउन सकेन। भालाडोलिडका किको ओलिभासले १५ औँ मिनेटमा बललाई जाली चुमाउँदै पहुना टोलीलाई खेलमा फर्काएका थिए। २९औं मिनेटमा भिडालले मेसीको पासमा बललाई पोस्टको दिशा दिँदै बार्सिलोनालाई पुनः खेलमा अघि बढाएका थिए। 

त्यसको ५ मिनेटपछि मेसीले बार्सिलोनाको अग्रता ३–१ मा पु¥याएका थिए। अन्तिम १५ मिनेटमा २ गोल गरेसँगै बार्सिलोनाले प्रभावशाली जित पक्का गरेको हो। ७५ औं मेसीले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै बार्सिलोनाको अग्रता थप बढाएका थिए भने त्यसको २ मिनेटपछि नै स्वारेजले बार्सिलोनाको ५–१ को रबाफिलो जित पक्का गरे।

‘म मेसीको बारेमा केही भन्नै सक्दिनँ। उनको उत्कृष्टता शब्दमा बयान गर्न सकिँदैन,’ बार्सिलोनका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘उनको खुट्टामा जादु छ।’ भाल्भार्डेको टोलीले सबैखाले प्रतियोगिता गरी पछिल्लो ७ खेलमा शतप्रतिशत नतिजा ल्याएको छ। सेप्टेम्बर २४ मा भिल्लारियालमाथिको जितसँगै बार्सिलोनाले जित यात्रा सुरु गरेको थियो। 

जुन खेलबाटै मेसीले चोट मुक्त हुँदै सिजनको पहिलो खेल खेलेका थिए। त्यस्तै उनले सेभिया,एइबर र स्लाभिया प्रागविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए। ‘मेसी अझै पूर्ण रूपमा फिट छैनन् तर पनि उनको प्रदर्शन तारिफयोग्य छ,’ भाल्भार्डेले भने, ‘उनी दिनप्रतिदिन फिट हुँदै छन्।

यस जितसँगै बार्सिलोना १० खेलबाट २२ अंकका साथ शीर्ष स्थानमा यथावत् छ भने समान खेलमा समान २० अंक जोडेका ग्रानाडा र एट्लेटिको मड्रिड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समान १० खेलमा समान १९ अंकका साथ रियाल सोसिडाड र सेभिया क्रमशः चौथो र पाँचांै स्थानमा छन्। यता एक खेल कम खेलेको रियाल मड्रिड १८ अंकका साथ छैटाैं स्थानमा छ।

बार्सिलोनाको जितमा नायक बनेका मेसीले दुई गोल गर्नुका साथै दुई गोलका लागि अर्टुरो भिडाल र लुइस स्वारेजलाई असिस्ट गरेका थिए। एएफपी

प्रकाशित: १४ कार्तिक २०७६ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App