१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङ संकट : लोकतन्त्रवादी जोसहुवा ओङ निर्वाचन लड्नबाट बञ्चित

हङकङ – हङकङका उच्च तहका लोकतन्त्रवादी अभियन्ता जोसहुवा ओङलाई आसन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रशासनले अयोग्य ठहर गरेको छ।

केही महिनादेखि लोकतन्त्र पक्षधरको प्रदर्शनका कारण अशान्त हङकङमा उच्च तहका नेतालाई निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट नै बञ्चित गरेसँगै हङकङको राजनीति थप तनावतर्फ बढ्ने संकेत देखिएको छ।

चीनको शासित सहर हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विद्यमान हिंसा अन्त्य नभएसम्म कुनै राजनीतिक समाधान ननिस्कने जिकिर गर्दै आएकी छन् र विपक्षीलाई निर्वाचन प्रतिस्पर्धा गर्नबाटै बञ्चित गरिएसँगै थप हिंसा बढ्ने अनुमान गरिएको छ।

अर्को महिना हुने निर्वाचनको उम्मेदवारी मनोनयन अवैध भएको भन्ने प्रशासनको जानकारीसहितको पत्र ओङले आफ्नो ट्विटर अकाउन्टमा राखेका छन्।
 

प्रकाशित: १४ कार्तिक २०७६ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App