१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अस्पतालमा प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार नियमित जाँच गरिएको छ। केही असहज महसुस भएपछि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा बुधबार बिहान पुगेका प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर उपचार गरिएको हो।

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिए। ‘उहाँको स्वास्थ्य सामान्य छ। नियमित जाँचका लागि अस्पताल जानुभएको हो’, अर्यालले भने।
ज्वरो आएको, टाउको पनि दुखेका कारण प्रधानमन्त्री ओलीलाई आइसियूमा राखिएको हो। प्रधानमन्त्रीको उपचारमा उनका निजी चिकित्सक डा. दिव्या सिंह शाह पनि सहभागी छिन्।

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिए। ‘उहाँको स्वास्थ्य सामान्य छ। नियमित जाँचका लागि अस्पताल जानुभएको हो’, अर्यालले भने।

प्रधानमन्त्री ओली पछिल्लोपटक भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यहाँ प्लाज्माफेरेसिस गराई उनी भदौ २० गते स्वदेश फर्किएका थिए। त्यसयता नियमित भेटघाट र काममा सक्रिय प्रधानमन्त्री ओलीलाई केही दिनदेखि भेटघाट कम गर्न चिकित्सकले सल्लाह दिएका थिए। स्वास्थ्यकै कारण प्रधानमन्त्री ओली मंगलबार नेवार समुदायले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी भएनन्।

प्रधानमन्त्रीलाई भेटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ग्रान्डी पुगेका थिए। उनले अस्पताल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको साउन १० गते सैनिक अस्पताल छाउनीमा नियमित स्वास्थ्य परीक्षणसहित युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो। बायोप्सीको रिपोर्टकै आधारमा उनी थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। रेनल बायोप्सीबाट प्रत्यारोपण गरिएको मिर्गौलाको अवस्था कस्तो छ जानकारी मिल्छ। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। त्यो संक्रमण उपचारपछि निको भएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले दिल्ली र थाइल्यान्ड गएर फ्लोअप उपचार गराउँदै आएका छन्। पछिल्लो पटक भने चिकित्सकको सल्लाहमा उनी थप उपचारका लागि सिंगापुर गएका थिए।

प्रकाशित: १४ कार्तिक २०७६ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App