१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किराना पसलबाट लाखौको चोरी

डोल्पा- गएको राती डोल्पाको त्रिपुराकोट बजारस्थित एक पसलबाट लाखौको चोरी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटस्थित बगरबजारमा रहेको नरसिं विष्टको पसलमा चोरी भएको हो।

त्रिपुराकोट बजारमा रहेका पसलहरुमध्ये विष्टको सबैभन्दा ठुलो पसल हो। नरसिं विष्ट परिवार तिहार मान्न पश्चिम रुकुम जिल्लाको आठवीसकोट नगरपालिकामा पर्ने गोतामकोटमा गएको मौका छोपी चोरहरुले पसलमा चोरी गरेको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ।

त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज दानबहादुर मल्लका अनुसार प्रहरीले बजार क्षेत्रमा गस्ती गरिरहेको भएपनि पसलको उत्तरी मोहडातर्फको पर्खाल भत्काएर चोरी गरेको पाइएको बताए। पसल साहु नरसिं विष्टले आफुहरु नभएको मौका छोपी चोरी गरेको खवर प्रहरीले मोवाइलबाट जानकारी गराएपछि थाहा भएको बताए।

पसलमा के कति चोरी भएको भन्ने बारे पसल साहु नभएकाले एकिन विवरण नभएपनि नगद, जिन्सि तथा पेय पदार्थ गरेर लाखको हाराहारी चोरी भएको हुनसक्ने प्रहरी चौकीले जनाएको छ। प्राय जसो त्रिपुराकोट बगर बजारमा चाडपर्वमा कोही नभएको मौकी छोपी पसल तथा घरहरुबाट चोरी गर्ने क्रम बढ्दै गएको छ।

गत वर्षको तिहारमा पनि डोल्पाका विभिन्न स्थानमा रहेका पाँच ओटा पसलमा लाखौको चोरी भएको थियो।
 

प्रकाशित: १३ कार्तिक २०७६ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App