१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता बर्खास्त

काठमाडौँ - १८ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पक्राउ परेका विद्यार्थी नेता बर्खास्तीमा परेका छन्। प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका हुन् ।

आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरेका हुन्। राईलाई आजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको उनले जानकारी गराए । 

संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

उनका अनुसार पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानको आधारमा राईलाई साेधपुछकाे लागि नियन्त्रणमा लिएका छाैँ। प्रहरीलाई ती किशोरीले राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको आफ्नो साथीको कोठामा लगी बलात्कार गरेको बयान दिएकी छन् ।

पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७६ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App