अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

मङ्गलबार, १२ कार्तिक २०७६, १३ : ४५ नागरिक

लण्डन- समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल भएका छन्। बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्बन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो।

प्रधानमन्त्री जोनसोनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए। संसद्मा भएको मतदानमा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २९९ मत मात्र परेको थियो। प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक पर्नेमा २९९ मत मात्र परेकोले उनको प्रस्तावको विपक्षमा भने ७० मत खसेको थियो।

मतदानअघि संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसोनलाई विश्वास गर्न नसकिने बताएका थिए। प्रधानमन्त्री जोनसोनले यसअघि युरोपेली सङ्घका नेताले बेलायत ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति दिएको सार्वजनिक भएको थियो।

नयाँ ब्रेक्जिट प्रस्तावमा बेलायतको संसद्मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री जोनसोनले समयसीमा लम्बाउन ईयूलाई अनुरोध गर्न बाध्य भएका थिए। प्रधानमन्त्री जोनसनले कुनै सम्झौता भएनभए पनि ३१ अक्टोबरको समयसीमाभित्रै ईयूबाट बेलायत बाहिरिसक्ने दावी गर्दै आएका थिए। रासस






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad