प्रविधि विकास प्राथमिकतामा राखिनु पर्छः प्रधानमन्त्री

शुक्रबार, १७ मङि्सर २०७३, १३ : ०९ नागरिक

ललितपुर- प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति पुष्पकमल दाहालले प्रविधि विकास प्राथमिकतामा नाष्टले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार यहाँ बसेको नास्टको ३९ औं बैठकमा उनले नास्टको विकासका लागि पुरक बजेटमार्फत बजेट वृद्धि गरिने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री दाहालले नाष्टले गर्ने हरेक अनुसन्धान परिणाममुखी हुनुपर्नेमा पनि जोड दिए ।

बैठकले विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित बासस्थानको व्यवस्था, प्रकृति, सिमसार क्षेत्र तथा जैविक विविधताको क्षेत्रमा योगदान पुर्याएबापत विसं २०७३ को प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरिने निर्णय गरेको छ ।

नाष्टद्वारा प्रदान गर्ने उक्त पुरस्कारको राशि रु दुई लाख छ ।

यसैगरी रु एक लाख राशिको विज्ञान पुरस्कार डा मनोजकुमार यादवलाई प्रदान गर्ने निर्णय भएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडलाई विभिन्न अप्टिकल र इलेक्ट्रोनिक उपकरणमा उपयोग गर्ने जिङ्क अक्साइड अणुको समूहमा म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकता अनुसार विभिन्न रङ्गको लेजर उत्पादन गर्न सकिने कुराको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रकाशित गरी योगदान पुर्याएबापत उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नास्टका उपकुलपति प्रा डा. जीवराज पोखरेलले बताए ।

त्यस्तै रु एक लाख राशिको प्रविधि पुरस्कार डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गर्ने छ । डडुवा रोग अवरोधक वर्णशङ्कर गोलभेंडाको उत्कृष्ट जात विकास गरी नेपालको खेती र किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पुर्याएबापत उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यसैगरी जनही रु ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाँच जनालाई प्रदान गर्ने निर्णय भएको नाष्टले जनाएको छ । उक्त पुरस्कार पाउनेमा पाल्पाका डा. सन्तोष नेपाल, दार्चुलाका डा. खेमराज जोशी, झापाका डा. सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा. उर्मिला प्याकुरेल र सप्तरीका डा. रामदेवी तचामो शाह रहेका छन् ।

त्यस्तै प्रज्ञा प्रतिष्ठान तथा प्रविधि प्रवर्द्धधन पुरस्कार दुई जनालाई प्रदान गर्ने भएको छ । जनही रु. पचास हजार राशिको उक्त पुरस्कार पाउनेमा महिला स्वास्थ्य स्वयम्सेवीका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङ्गका श्री रामचन्द्र अधिकारी छन् ।

‘द वल्र्ड एकेडेमी अफ साईन्सेस’ पुरस्कार रसुवाका डा सरस्वती आचार्यले प्राप्त गर्ने भएकी छिन् । उक्त पुरस्कार रु एक लाख नौ हजार (एक हजार डलर) राशीको छ ।

यसैगरी नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गर्ने भएका छन् । पुरस्कार पाउनेमा ओखलढुङ्गाका प्रा.डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा.डा कृष्णदास मानान्धर र ललितपुरका प्रा.डा सिर्जनलाल श्रेष्ठ रहेका छन् । पुरस्कारको राशि जनही रु एकलाख २५ हजार रहेको छ ।

नास्टले प्रदान गर्न लागेको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार दुई जनाले प्राप्त गर्ने छन् । जनही रु पच्चीस हजार रहेको उक्त पुरस्कार पाउनेमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका श्री विमला ढकाल र प्राणीशास्त्र केन्द्रीय विभागका श्री श्यामकुमार पुन रहेका छन् । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad