१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आमा भैलो खेल्न जाँदा ७ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु

सोमबार नियन्त्रण लिइएको चितुवा । तस्बिर: नागरिक

दुलेगौँडा(तनहुँ)– तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए। 

आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका उनलाई चितुवाले आक्रमण गरेको हो। उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। बालकको शरीरको कम्मरमुनीको भागमा चितुवाले आक्रमण गरेको अवस्थामा शव भेटिएको छ।  

दसैँको टिकाको दिनमा पनि यहाँ चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको मृत्यु भएको थियो। भानु नगरपालिका–१ जामुने गैराका विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँको मृत्यु भएको हो। घर नजिकै परालको टौवामा हालिएको पिङ खेल्दै उनलाई चितुवाले आक्रमण गरेको थियो। 

भानुको वडा नम्बर  १, २, ३ र ४ का स्थानीय चितुवाको त्रासमा छन्। यहाँ डेढ बर्षयता निरन्तर चितुवाले आक्रमण गर्दै आइरहेको छ। यो अवधिमा ६ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएको डिभिजन वन कार्यालयले जनाएको। ४ बालबालिका घाइते छन्।

खोरमा पसेको चितुवा निकुञ्जमा छाडियो

यसैबीच सोमबार विहान मात्र भानु–३ ढोरफाँटस्थित देउराली सामुदायिक वनमा थापिएको पासोमा १२÷१३ बर्षको भाले चितुवा परेको थियो। परम्परागत काठाको खोरमा बाख्रासहित थापिएको पासोमा परेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ। डिभिजन वन कार्यालयका कर्मचारीको टोलीले नियन्त्रणमा लिएको चितुवा निकुञ्जमा छाडिएको डिभिजन प्रमुख केदार बरालले बताए।   

चितुवा नियन्त्रणमा परम्परागत काठको खोर प्रभावकारी देखिएको छ। गत असोज १६ गते पनि काठको खोरमा थापिएको पासोमा चितुवा परेको थियो। प्रभावकारी देखिएपछि नौ स्थानमा काठको खोर बनाउन लागिएको बरालले बताए। ‘चार वटा खोर बनिसके’, उनले भने, ‘पाँचवटा निर्माणका चरणमा छन्।’ चितुवाको आक्रमणबाट प्रभावित क्षेत्रमा नौ वटा सामुदायिक वन छन्। प्रत्येक सामुदायिक वनमा एउटा काठको खोर राख्न लागिएको उनले बताए। 

चितुवाको आक्रमण बढ्न थालेपछि जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ र बाख्रासहितको फलामको खोर बनाएर नियन्त्रणमा लिन खोजेपनि प्रयास सफल हुन सकेको थिएन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी लगायतको टोली पनि चितुवा नियन्त्रणमा खटिएका छन्। 

प्रकाशित: ११ कार्तिक २०७६ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App