१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः सांसद साह

रौतहट– नेकपाको प्रदेश नम्बर २ अध्यक्ष एवम् साँसद प्रभु साहले प्रदेश नम्बर २ को सरकारको ध्यान विकासभन्दा छुट्टितिर केन्द्रीत रहेको बताएका छन्। दीपावली तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नै गृहनगर मौलापुर बजारमा बोल्दै प्रदेश पार्टी अध्यक्ष साहले विकासको रकममा प्रदेश सरकारले चरम भ्रष्टाचार गरिरहेको बताएका छन्।

संघ संसदका सदस्यले दश लाखभन्दा बढीको योजनालाई टेन्डर प्रक्रियामार्फत कार्यान्वयन गर्नुपर्ने तर प्रदेश साँसदले भने २५ लाखसम्मको योजनालाई उपभोक्ता समितिमार्फत कार्यकर्तालाई दिएर चरम लूट मच्चाएको यादवले आरोप लगाए। कार्यकर्ताहरुको माध्यमले काम गर्ने योजना बनाएर रकम बाँडफाँड गरी प्रदेश सरकारले व्यापक लुट मच्चाइरहेको आरोप लगाउँदै साँसद साहले विकास केही नगर्ने तर सस्तो लोकप्रियताको लागि जथाभावी छुट्टि दिने प्रदेश सरकारले छुट्टिको नाउँमा सबैलाई खुसी पार्ने नीति लिएको टिप्पणी गरे। जथाभावी छुट्टि दिएर प्रदेश सरकारले अधिकारको दुरुपयोग गरेको साहको भनाइ छ।

साँसद साहले प्रदेश सरकारले जहिले पनि संघ सरकारले काम गर्न नदिएको आरोप लगाउने गरेकोप्रति टिप्पणी गर्दै कुनै पनि सकारात्मक काम गर्न प्रदेश सरकारलाई संघले अंकुश नलगाउने गरेको र आफ्नो अकर्मण्यता ढाकछोप गर्न आरोप लगाउने गरेको बताए। मधेसको विकासको लागि प्रदेश सरकार नै बाधक रहेको साहको भनाई छ।

आपूmलाई मधेसवादी भन्ने दलहरुको मधेसप्रतिको नीति नै अस्पष्ट रहेको बताउँदै साँसद साहले मधेसको नाउँमा संघ सरकारसँग ब्यालमेलिङ नगरी राम्रो काम गरेर देखाउन सुझाव समेत दिए। 

प्रकाशित: ११ कार्तिक २०७६ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App