१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘मखमली, सयपत्री र गोदावरी रैथाने होइनन्’

तीर्थबहादुर श्रेष्ठ, वनस्पतिविद्

फूलैफूलको चाड हो, तिहार। तिहार पौराणिककालदेखि मनाउन थालिएको किंवदन्ती पाइन्छ। तिहारबारे अध्ययन, अनुसन्धान र सोधिखोजी गर्दा योसँग जोडिएका मुख्य चारवटा चिज आउँछन्– फलफूल, फूल, तेल र मिठाई।

सेलरोटी पकाउन तिहारमा तेलको बढी प्रयोग हुन्छ, त्यसकारण यसलाई तेलको पर्व पनि भनिन्छ। त्यस्तै, तिहारमा सगुनका रूपमा फलफूल बढी प्रयोग हुन्छ। दिदीबहिनीले टीका लगाएर दक्षिणा र मिठाई खुवाउने परम्परा कायमै छ।

पहिले–पहिले पालामा बत्ती बालेर तिहारमा उज्यालो बनाउने चलन थियो। यो चलन अहिले पनि कायमै छ। तर, अहिले विद्युतीय बत्ती पाइने भएकाले पालाको प्रयोग घटेको छ। पालामा तेल बाल्न भने छाडिएको छैन, यो छाड्नु पनि हुँदैन।

फूल र तिहार
फूलबिना तिहार हुनै सक्दैन। फूलले नै तिहारको महिमा र महत्व बोकेको छ। तिहारलाई जनाउ दिने पहिलो तत्व फूल हो। हामीकहाँ घरको आँगन र डिलमा रोपेका फूल तिहारका बेला फूल्ने गर्छन्। ती फुलेपछि तिहार आयो, फूलले झिलिमिली छ-यो भन्ने हुन्छ।

मखमली साउथ अमेरिका, पानामा र बाज्रिलमा पाइन्छ। त्यहीँबाट यी फूल नेपाल भिœयाएको इतिहास छ। गोदावरी चीन र एसियाका केही देशमा पाइन्छ। यो फूल तिनै देशबाट नेपाल भित्रिएको हो। सयपत्री पनि युरोपियन फूल हो।

तिहारमा मुख्य तीन प्रकारका फूल प्रयोग हुन्छन्– मखमली, सयपत्री र गोदावरी। यी फूल तिहारसँग प्रत्यक्ष जोडिएका छन्। यी फूल हाम्रो वनका रैथाने फूल भने होइनन्, बाहिरबाट ल्याइएको हो। आजभन्दा सय वर्ष अघिदेखि यीमध्येका केही फूल नेपाल भित्रिएको पाइन्छ। पछिल्लो समय यसलाई व्यापक बनाइएको छ। तिहार भन्ने बित्तिकै यिनै तीन जातका फूललाई लिने गरिएको छ। मखमली साउथ अमेरिका, पानामा र बाज्रिलमा पाइन्छ। त्यहीँबाट यी फूल नेपाल भित्र्याएको इतिहास छ। गोदावरी फूल चीन र एसियाका केही देशमा पाइन्छ। यो फूल तिनै देशबाट नेपाल भित्रिएको हो। सयपत्री पनि नेपालको रैथाले फूल होइन, युरोपियन फूल हो। यसले हामीकहाँ फूलजन्य वनस्पतिको नर्सरी राख्ने तरिका राम्रो रहेको देखाउँछ।

अहिले हामीले तिहारमा बाहिरी मुलुकबाट ल्याएका फूलको प्रयोग गर्न थालेका छौँ। विदेशबाट ल्याएका फूल हाम्रो संस्कृतिसँग जोडिएकाले कतिपयले यसमा प्रश्न गर्न थालेका छन्। तर, तिहारसँग यी तीनथरी फूल परिचायकको रूपमा जोडिइसकेका छन्, यीबिना हाम्रो तिहार सम्भव छ जस्तो लाग्दैन। त्यसकारण यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। आखिर फूल जहाँसुकैको भए पनि प्राकृतिक हो। यो पहाडी ठाउँमा बढी हुन्छ। नेपाल यस्ता फूल र वनस्पतिका लागि एकदमै उपयुक्त थलो हो। यहाँ संसारका धेरै मुलुकमा नपाइने दुर्लभ वनस्पति र बोटबिरुवा पाइन्छन्। बरु हामीले तिहारमा अन्य हाम्रै मुलुकका थुंगे फूल, बाह्रमासे फूल प्रयोग गर्नुपर्छ।

विदेशबाट कुनैताका भित्रिएका फूल भए पनि तिनले हाम्रो चाडबाडमा बानी बसालिसकेका छन्। सबैतिर फैलाएको छ। नेपालका समुद्र सतहदेखि एक हजारदेखि दुई हजार मिटरसम्म उचाइमा यी तीन जातिका फूल मज्जाले फूल्न र बास्ना दिन सक्छन्। विदेशी फूल भएर पनि हाम्रो संस्कृतिमा राम्रोे प्रवेश पाउनु गतिलो कुरा हो। यसलाई हामीले संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्छ। फूलको गरिमा मालिन्य हुन दिनु हुँदैन। फूललाई स्वतन्त्र भएर फूल्न दिनुपर्छ। त्यसमै हुन्छ, वनस्पति जगत् र प्रकृतिको सुन्दरता।
(नागरिककर्मी शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित)

प्रकाशित: ११ कार्तिक २०७६ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App