१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सागको मिति तय गर्ने बैठक शनिबार

काठमाडौं- नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गर्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौंमा बस्दैछ।

उक्तबैठकमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको मुख्यालय नेपालमा स्थापना गर्ने, १३औं सागको मिति तय गर्नुका साथै विधानलाई समयसापेक्ष रूपमा संशोधन गर्ने मुख्य एजेन्डा रहने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराएका छन्।

भारतमा फागुनमा सम्पन्न १२ औं सागको समापन समारोहमा नेपाली टोली सन् २०१८ मा १३ औं साग आयोजना गर्ने गरी झन्डा लिएर फर्किएको थियो। नेपालले साग आयोजना गर्ने जिम्मा लिएको एक वर्ष बित्न लागे पनि त्यसअनुसारतयारी भएको छैन।सागआयोजना तयारीका लागि नेपालसँग अब करिब एकवर्षको समय मात्र बाँकी छ। तर, टासी घलेको संयोजकत्वमा भौतिक संरचना मर्मत तथा निर्माण समिति बनाउनु बाहेक अहिलेसम्मकुनै कामको थालनी हुन सकेको छैन।

यस्तो अवस्थामा श्रीलंकाले १३ औं साग आयोजनाका लागि दाबी गरिरहेको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष श्रेष्ठलेश्रीलंकाले दाबी गरे पनि नेपाल अझै समयमै प्रतियोगिता गर्नेमा प्रतिबद्ध रहेको बताए।

‘भूकम्पले नेपालको भौतिक पूर्वाधारमा क्षति पुर्‍याएकाले श्रीलंकाले पटक पटक १३ औं साग गर्नदाबी गरिरहेको छ। तर प्रतियोगिता आयोजना गर्ने कुरा नेपाल ओलम्पिक कमिटीको मात्र चासोको विषय नभएर यो देशकै गौरवको कुरा हो,’ १३ औं साग समयमै हुनेमा पूर्ण विश्वस्त हुन नसकेका श्रेष्ठले भने, ‘अझै पनि प्रतियोगिता नेपालमै गर्न  नेपाल सरकार प्रतिवद्ध छ। भोलि (शनिबार) को बैठकले जुन मिति तय गर्छ त्यसअनुसार तयारी तीव्र पारियो भनेसमयमै प्रतियोगिता गर्न सकिन्छ।’

सागबाट अफगानिस्तान भने मध्य एसियामा गएको छ। एनओसी अध्यक्ष श्रेष्ठले अफगानिस्तान मध्य एसियामा गएको भन्दै भारतबाहेक सबै देशबाट प्रतिनिधि आउने टुंगो लागिसकेको बताए।

बुधबार बसेको एनओसी कार्यसमितिको नवौं बैठकले यस वर्षको साधारणसभामा पत्रकारिताक्षेत्रबाट ओलम्पिक मुभमेन्टमा योगदान पुर्‍याएको भन्दै श्याम चित्रकार र राजुसिलवाललाई सम्मान गर्ने भएकोछ।

आगामी साधारण सभाबाट प्रत्येक वर्ष उत्कृष्ट काम गरेका दुई संघलाई एनओसी एक्सिलेन्सी अवार्डबाट पुरस्कृत गर्ने निर्णय गरेको छ। त्यस्तै दुईखेलाडी (महिला र पुरुष), दुई प्रशिक्षक (महिला र पुरुष) का साथै ६ पत्रकार (दैनिक पत्रिकाबाट १, साप्ताहिकबाट १, टिभीबाट १, एफएम रेडियोबाट १, अनलाइनबाट १ र फोटो पत्रकारबाट १) लाई वर्ष पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको छ। एनओसी एक्सिलेन्सी अवार्डको राशि २५ हजार नगद रहेको छ।

प्रकाशित: १७ मंसिर २०७३ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App