१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तरुण दलको स्थापना दिवसमा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश

डोल्पा - नेपाल तरुणदल डोल्पाले आफ्नो ६६ औँ स्थापना दिवस हिमाली जिल्ला डोल्पामा पनि मनाएको छ ।

राष्ट्रियता लोकतन्त्र र तरुण एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ स्थापना दिवस तथा शुभ दिपावलीको अवसरमा बृहत चियापान कार्यक्रमको आयोजना गरेर आफ्नो दिवस मनाएको हो । तरुणदल डोल्पाको स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका पाँच जनाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन ।

नेकपा त्यागेर काँग्रेसमा प्रवेश गर्नेहरुमा त्रिपुरासुन्दरी नगरपालिका ४ रंगका प्रताप बुढा, वडा नं. २ का अलिप्रसाद बुढा, सइन बुढा, वडा नं. १ का विष्णु बुढा र रमेश आचार्य रहेका छन ।

नवप्रवेशी लाई नेपाली कांग्रेस डोल्पाका पार्टी सचिव जयनन्द उपाध्याय,पुर्व महासमिति सदस्य दिलबहादुर विष्ट र नेपाल तरुणदलका अध्यक्ष तुलबहादुर बोहराले अबिर टिका र खादा लगाइ स्वागत गरेका थिए । पछिल्लो समय डोल्पामा बिभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढेको छ ।

त्यस्तै राप्रपा डोल्पाका केन्द्रिय सदस्य कर्ण बहादुर बुढा लगायत ५३ जना राप्रपा डोल्पाका कार्यकर्र्ता नै केही दिनअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकाँश कार्यकर्ताले विशेष चाडपर्ब र स्थापना दिवसमा गरिने चियापानले आपसी एकता र सद्भाव एवं भाइचाराको भावनालाई एकिकृत गर्न र कार्यकर्तामा उर्जा थप्न सहयोग पुर्याउने बताउदै नेकपाको सरकारले जनतालाई ढाट्ने र बोले अनुसारको जनहित काम गर्न नसकेकाले पछिल्लो समय नेकपा कार्यकर्तामा विचलन आई कांग्रेसमा प्रवेश गर्ने लहर चलेको बताए ।

कार्यक्रममा पार्टी सचिव जयनन्द उपाध्याय महासमिति सदस्य दिलबहादुर बुढा नेपाल बिद्यार्थी संघका अध्यक्ष कुशलविक्रम शाही र तरणदल अध्यक्ष तुलबहादुर बोहरा लगायतले बोलेका थिए ।

प्रकाशित: १० कार्तिक २०७६ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App