२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साउथह्याम्पटनमाथि लेस्टरको कीर्तिमानी जित

रसाउथह्याम्पटन – इङ्लिस प्रिमियर लिगमा शुक्रबार लेस्टर सिटीले साउथह्याम्पटनमाथि कीर्तिमानी ९–० कोे जित हात पारेको छ।

लेस्टरले प्रिमियर लिग फुटबलमा ठूलो गोलअन्तरले पराजित गर्दै २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको हो। भ्रमणकारी लेस्टर सिटीले साउथह्याम्पटनको पोस्टमा गोलको वर्षा गरेको हो। १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको लेस्टरले सन् १९८५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९–० को जितको कीर्तिमानलाई बराबरी गरेको हो।

साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज रंगशालामा वर्षाले प्रभावित खेल जितेपछि लिभरपुलका पूर्वप्रशिक्षक ब्रेन्डन रोजर्सको टिम लेस्टरले तालिकामा सुधार गरेको छ। लेस्टर लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरको १० खेलबाट २० अंक छ।

भ्रमणलाई सफल पार्न लेस्टरका स्टार खेलाडी जेमी भार्र्डी र एयोज पेरेजको ह्याट्रिक गरेपछि फराकिलो जित निकाल्न सफल भएको हो। पहिलो हाफबाट नै आक्रामक देखिएको लेस्टरले १०औं मिनेटमा गोलको खाता खोलेको थियो। बेन चिलवेलले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि लेस्टरका पेरेजविरुद्ध डरलाग्दो ट्याकल गरेका साउथह्याम्प्टनका ¥यान बेट्र्रान्डले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा सीमित लेस्टर बाँकी समय पूरै दबाबमा परेको थियो।

त्यसपछि रक्षात्मक खेलेको साउथह्याम्पटनले लेस्टरको आक्रामक खेललाई रोक्न सकेन। युरी टिलेम्यान्सले १७औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दा पेरेजले १९औं, ३९औं र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै व्यक्तिगत खाता खोलेका भार्डीले ५८औं र खेलको इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै  ह्याट्रिक पूरा गरे। जेम्स म्याडिसनले ८५औं मिनेटमा आठौं गोल गरेका थिए।

१ सय ३१ वर्षको इङ्लिस प्रिमियर लिग इतिहासमा यो सबैभन्दा ठूलो अवे जित हो। फराकिलो अन्तरमा पराजित भएको साउथह्याम्पटनले कुनै पनि प्रतियोगितामाभोगेको यो सबैभन्दा ठूलो अन्तर हो। यस्तै अवे खेलको पहिलो हाफमै ५–० को अग्रता पनि प्रिमियर लिग इतिहासमा अहिलेसम्म ५ पटक मात्र भएको छ। यसअघि सन २०१० मा म्यानचेस्टर सिटीले बर्नलीविरुद्ध उसैको मैदानमा ५–० को कीर्तिमान रचेको थियो। यससँगै प्रिमियर लिगमा एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको यो दोस्रो खेल हो। यसअघि सन २००३ मा आर्सनलले साउथह्याम्पटनविरुद्ध नै जित निकाल्दा पेन्नान्ट र पिरेसले ह्याट्रिक गर्दै कीर्तिमान बनाएका थिए।

फराकिलो अन्तरले पराजित भएको साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहटलले हारको जिम्मेवारी लिने प्रतिक्रिया दिए। उता कीर्तिमानी जित हात पारेको लेस्टरले क्लबका तत्कालीन अध्यक्ष भिचाई श्रीवद्धनाप्रभाको हेलिकोप्टर दुर्घटनाबाट निधन भएको वर्ष दिनभन्दा दुई दिनअघि हासिल गरेको हो। ४ जनाको ज्यान गएको दुर्घटनामा अध्यक्ष पनि परेका थिए। १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको लेस्टरले सन् १९८५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९–० को जितको कीर्तिमानलाई बराबरी गरेको हो।

प्रकाशित: १० कार्तिक २०७६ ०४:२० आइतबार

लेस्टरले_प्रिमियर_लिग फुटबल साउथह्याम्पटन