१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिहारको विदामा समेत निगमको डिपो खुल्ला हुने

काठमाडौं- अन्य समय भन्दा चाडपर्वका बेला इन्धनको माग बढ्ने गर्छ। इन्धनको सहज आपूर्तिका लागि नेपाल आयल निगमले तिहार बिदाका दिन पनि डिपो खुला राख्ने भएको छ। चाडपर्वमा इन्धनको अभाव हुन नदिइनका लागि निगमले देशभरका डिपो खुला राख्ने भएको हो।

इन्धन आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ। उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए। अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग धेरै हुने गर्दछ।

इन्धनको कुनै अभाव हुन नदिन तिहारकका बेला आवश्कयताअनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए। थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ। निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ।

बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकताअनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए।

प्रकाशित: ९ कार्तिक २०७६ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App