इराकमा ३० को मृत्यु, २३ सय घाइते

शनिबार, ०९ कार्तिक २०७६, १५ : ०६ नागरिक

बग्दाद- सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ।  

देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन्। प्रदर्शनमा हजारौँ सहभागी भएका थिए।  

सरकारविरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले विहानैदेखि प्रदर्शन गरेका थिए। उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

देशको मुख्य प्रशासनिक कार्यालयहरु रहेको तहरिर स्क्वायरलगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ। दक्षिणी र मध्य क्षेत्रका प्रदेशहरुमा भने प्रदर्शनकारीहरुले शुक्रबार निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेका थिए। धि क्वार, बास्रा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन्।

उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने माग गरेका छन्। झडपमा परी मृत्यु भएका ३० जना मध्ये केही सुरक्षाकर्मी पनि रहेको जनाइएको छ। उनीहरु मध्ये ८ जनाको बग्दादमै मृत्यु भएको हो।

त्यसैगरी मायसान र धि क्वारमा नौ नौ जनाको र बार्सा र मुथन्नामा चार चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। मृत्यु भएका र घाइते भएकाहरु अधिकांशलाई गोली लागेको, अश्रुग्यासको असर परेको र रबरका गोली लागेको पाइएको छ।

इराकमा यसै महिनाको सुरुमा जारी रहेको सरकार विरोधी आन्दोलनमा १ सय ५७ जना व्यक्तिको मृत्यु भइसकेको थियो। बेरोजगारी र भ्रष्टाचार  बृद्धिको  विरोघ गर्दै जनआन्दोलन सुरु भएको थियो। प्रदर्शनकारीहरुको आवासिय भवनको प्रवन्ध हुनु पर्ने पनि माग रहेको थियो। रासस





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad