१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चार महिनादेखि मजदुरले ज्याला पाएनन्

बैतडी- बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदुरले ४ महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन्।

अघिल्ला वर्षहरुमा सडक डिभिजन कार्यालयसँग करार सम्झौतामा काम गर्दै आइरहेका मजदुरले सडक स्वामित्व पूर्वाधार विकास कार्यालयमा गएपछि  ज्याला नपाएका हुन्।

साउनदेखि बिना सम्झौता काम गरिरहेका १६ जना मजदुरले ज्याला नपाउँदा गाह्रो भएको बताएका छन्। आफूहरुले तलब नपाउँदा दसैं पनि खल्लो भएको र तिहार पनि खल्लै हुने मजदुर घनश्याम भट्टले जानकारी दिए। तर यो विषयमा पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले भने कार्यालयले उनीहरुलाई काम नगर्न भनिसकेको बताए।

उनीहरुको फाइल मन्त्रालयमा पठाए पनि अहिलेसम्म केही जानकारी नआएकाले काम नगर्न भनेको तर उनीहरुले आफूखुसी काम गरिरहेको जानकारी दिए।

पाटन–पञ्चेश्वर सडक अहिले स्तरोन्नतीको काम भइरहेको र सम्पूर्ण जिम्मा ठेकेदार कम्पनीको हुने भएकाले कार्यालयले कर्मचारी राख्न नसक्ने पूर्वाधार कार्यालयले बताएको छ। पहिलादेखि काम गरिरहेका मजदुरको फाइल आफूले मन्त्रालयमा बुझाएको तर केही प्रक्रिया अघि नबढेको र अख्तियारी समेत नआएकाले ज्याला दिन नसकिएको कार्यालयले जनाएको छ।
 

प्रकाशित: ९ कार्तिक २०७६ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App