१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सौगात र रायनालाई स्वर्ण

काठमाडौं – नेपालका सौगात विक र रायना शाहले एसियाली यु–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन्।सिंगल्सको ब्वाइजमा सौगात तथा गल्र्समा रायना पहिलो भएका हुन्।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सौगातले नेपालकै चिराग तिम्सिनालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे। सौगातले प्रतियोगितामा दोहोरो स्वर्ण जिते। बिहीबार पुरुष डबल्समा सौगातले भारतका मनुराज सिंहसंग मिलेर स्वर्ण जितेका थिए। गल्र्स डबल्समा नेपालका अजा रेग्मी र शुभाङ्गीलक्ष्मीको जोडीले स्वर्ण जिते।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स उपाधि भिडन्तमा रायनाले आफ्नै राष्ट्रकी शुभाङ्गीलक्ष्मी शाहलाई ६–० र ६–३ को सीधा सेटमा हराइन्। विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच पुरस्कृत गरिन्। पाँचदिने प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ४७ खेलाडी सहभागी थिए। नेपालबाट सर्वाधिक ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। भारतबाट ६, स्विट्जरल्यान्डबाट २ तथा जापान र मलेसियाबाट समान १÷१ खेलाडीले भाग लिएका   थिए।

प्रकाशित: ९ कार्तिक २०७६ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App