१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचन तयारीमा राजपा

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले उपनिर्वाचन तयारी सुरु गरेको छ। राजपाको अध्यक्षमण्डलको शुक्रबारको बैठकमा उपनिर्वाचन तयारीबारे छलफल भएको महासचिव केशव झाले बताए।

मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय गर्दै राजपाले चुनावी तयारी सुरु गरेको हो। महासचिव झाका अनुसार बैठकमा समाजवादी पार्टीसँग एकीकरण प्रक्रियाबारे पनि छलफल भयो।

केही महिनादेखि राजपा र समाजवादी पार्टीबीच पार्टी एकीकरणका लागि विभिन्न तहमा औपचारिक÷अनौपचारिक बैठक भइरहेको छ। अध्यक्षमण्डलको बैठक संयोजक महन्थ ठाकुरको अध्यक्षतमा बसेको थियो।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App