१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महराको मुद्दा तिहारपछि

काठमाडौं – महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा अनुसन्धान गरी प्रहरीले शुक्रबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रहरीले सबै अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन अध्ययन र निर्णय गरेपछि दर्ता गर्ने सरकारी वकिलको कार्यालयले बताएको छ। बिदा परेकाले तिहारपछि मुद्दा दर्ता गर्ने विषयमा निक्र्योल हुनेछ। बिहीबार काठमाडौं जिल्ला अदालतमा तेस्रोपटक सात दिनका लागि महरालाई हिरासतमा राख्ने अनुमति लिइएको थियो। अदालतले महरालाई डिएनए परीक्षणका लागि रगत दिनसमेत आदेश गरेको थियो।

महराले डिएनए परीक्षणका लागि रगत दिन नमानेपछि अदालतबाट अनुमतिसहितको आदेश प्रहरीले माग गरेको थियो। महराको यौन दुव्र्यवहारसम्बन्धी मुद्दामा तेस्रोपटकसम्म अनुसन्धानका लागि २५ दिनको म्याद अदालतबाट थपिसकिएको छ।

तिहार बिदा सकिएलगत्तै अभियोग पत्र दायर गर्नुपर्ने कानुनी बाध्यता छ। तीनपटकसम्म गरी २५ दिनको अनुसन्धानका लागि अनुमति पाउने कानुनी व्यवस्थाअनुसार कि त मुद्दा नचलाउने निर्णय गर्नु पर्ने कि अभियोग पत्र दर्ता गर्नुपर्नेछ।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App