१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

ला पाज– बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्। राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन्।

बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी हुनुभएको घोषणा गरेको छ। 

मोरालेसले कूल खसेको मतको ४७.१ प्रतिशत मत प्राप्त गरेको आयोगको भनाई छ  उहाँका विपक्षी कार्लोस मेसाले ३६.५ प्रतिशत मत प्राप्त गरेका छन्। 

बोलिभियाको संविधान र निर्वाचन कानुन अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ। 

निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए । मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गर्नुभएको थियो ।

मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उहाँ आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउनु हुनेछ । 

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ, तर सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ । सर्वोच्चकै आदेश बमोजिम उहाँ राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार हुनु भएको थियो ।

विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म (मास) ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाउनुभएको छ । एएफपी

प्रकाशित: ८ कार्तिक २०७६ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App