१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अपुरो संशोधन मान्य छैनः महतो

लहान–सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चासँग विना सहमति सहमति ल्याइएको अपूर्ण संशोधन प्रस्ताव अमान्य भएको बताएका छन्। अहिले दर्ता भएको संविधान संशोधन प्रस्तावलाई महतोले आधी बाहिर आएको र आधी भित्रै अड्केको ‘कब्जियत’ को सिकार भनेर टिप्पणी गरेका छन्।

बिहीबार लहानमा नागरिकन्युजसँग  कुरा गर्दै महतोले भने, ‘आफूहरुको मागलाई पूर्ण रुपमा सम्वोधन गरी संशोधन प्रस्ताव ल्याउन भनेका थियौं, यसो भएन।’ संशोधन प्रस्ताव दर्ता हुनु वर्तमान सत्ता गठबन्धनको सकारात्म कदम भएपनि यो मधेसको मागलाई समाधान गर्नेखालको नदेखिएको उनको भनाइ छ।

‘सत्ता गठबन्धनसँग संविधान संशोधनमा पूर्व सहमति जुट्न नसक्दा पनि संशोधन दर्ता होस् भन्यौ,’ उनले थपे, ‘हाम्रो प्रत्येक मागको अधुरो सम्वोधन भएको पाइयो।’  उनले आफूहरुले अधुरो र उधारो सम्बोधनकालागि आन्दोलन नगरेको भन्दै महतोले मधेसमा पूर्ण रुपमा सम्बोधन नभएसम्म संशोधन प्रस्तावमा सहमति जनाउन नसकिने बताए। उनले संशोधन प्रस्तावले समस्या समाधान नहुने भन्दै मोर्चा र गठबन्धनको आगामी बाटो आन्दोलन हुने जनाए।

‘यो संशोधन मधेस, थरुहट, जनजाति आन्दोलनलाई सम्वोधन गर्ने हुनुपथ्र्यो,’ उनले भने,‘समस्या सुल्झाउने भन्दा बल्झाउने संशोधन आयो। अहिले पनि हामी सरकारलाई परिमार्जन सहितको संशोधन ल्याउन आग्रह गछौैं।परिमार्जन माँग सम्बोधन गर्नेगरी आए समर्थन जनाउँछौं ।’

प्रकाशित: १६ मंसिर २०७३ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App