१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवन वुमन्स लिग च्याम्पियन

काठमाडौं - सुमन खतिवडाको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले अपराजित रहँदै पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको उपाधि जित्न सफल भएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा चितवनले क्याट क्विन्स काठमाडांैलाई ४५ रनले हराउँदै विजेता बनेको हो।

चितवनले प्रस्तुत गरेको १ सय १३ रनको लक्ष्य पछ्याएको क्याट क्विन्स अन्तिम ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रनमा सीमित बनेको थियो। क्याट क्विन्सका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोड्दा ममता थापा र ईश्वरी विष्टले समान १३ रन जोडे।

क्याट क्विन्सले ९ रन जोड्दा तेस्रो ओभरको पहिलो बलमा ओपनर शोभा आलेलाई पहिलो विकेटका रूपमा गुमाएको थियो। शोभालाई प्लेयर अफ दी फाइनल सुमनले बोल्ड गरेकी थिइन्। चौथो ओभरको अन्तिम बलमा थप १ रन जोड्दा क्याट क्विन्सले दोस्रो विकेट गुमायो। चितवनकी रेखा रावलले रन खाता नखोल्दै रोमा थापालाई विकेटकिपर काजल श्रेष्ठबाट क्याच गराएकी थिइन्।

थप ३ रन जोड्दा कप्तान रुबिना क्षत्रीलाई समेत गुमाएपछि भने क्याट क्विन्सको इनिङ संकटमा परेको  थियो। २ रन मात्र जोडेकी रुबिनालाई रेखाले कञ्चन श्रेष्ठबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएकी थिइन्। त्यसपछि ब्याटिङका लागि मैदान उत्रिएकी नितु भण्डारीले पनि उल्लेख्य प्रदर्शन गर्न सकिनन्।२ रन जोडेकी नितु रनआउट हुन पुगेकी थिइन्। १५–४ को अवस्थामा अप्सरी र ममताले पाँचांै विकेटका लागि २५ रनको साझेदारी गर्दै क्याट क्विन्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए।

तर ३१ बलमा २ चौका प्रहार गरकी अप्सरी चौथो ओभरको पहिलो बलमा ऋतु कनौजियाले बोल्ड भएसँगै क्याट क्विन्स पुनः दबाबमा परेको थियो। त्यसपछि ब्याटिङका लागि आएकी संगीता राईले ४ रन जोडिन् भने सरस्वती कुमारीले रन खाता खोल्न सकिनन्। ईश्वरीले ऋतुको बलमा सुमनबाट क्याच हुनुअघि १५ बलमा २ चौका प्रहार गरिनन्।

चितवनकी सुमनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चंदै ३ विकेट लिइन् भने ऋतुले पनि समान ४ ओभरमा १ मेडनसहित ७ रन खर्चंदै ३ विकेट लिइन्। रेखाको नाममा २ विकेट रह्यो।

‘हामीले प्रतियोगिताको सुरुआतबाटै आक्रामक रणनीति लिएका  थियांै र फाइनल खेलमा पनि सोही लयलाई निरन्तरता दिँदा च्याम्पियन बन्न सफल भयौं,’ चितवनकी कप्तान इन्दु बर्माले भनिन्, ‘खेलमा टस हार्देै ब्याटिङको निम्तो पायांै, त्यो नै खेलको निर्णायक पक्ष हो जस्तो लाग्छ। हामीले समर्थकबाट पाएको माया र साथका लागि विशेष धन्यवाद दिन चाहन्छु। डब्लुसिएलले नेपाली महिला क्रिकेटमा नयाँ आयाम थपेको छ।’

यसअघि टस हारेर ब्याटिङका लागि उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रनको लक्ष्य पाएको थियो। चितवनकी सुमनले सर्वाधिक २९ रन जोड्दा कप्तान इन्दुले अविजित २२, ओपनर काजोल श्रेष्ठले २१ र कञ्चन श्रेष्ठले १९ रनको योगदान गरे।

पहिलो विकेटका लागि काजोल र कञ्चनले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै चितवनलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। काजोलले २८ बलमा २ चौका प्रहार गर्दा कञ्चनले २६ बलमा ३ चौका प्रहार गरिन्। तेस्रो विकेटका लागि सुमन र ऋतुले ४४ रनको साझेदारी गरेका थिए। ऋतुले मात्र ६ रन जोड्दा सुमनले २५ बलमा ५ चौका प्रहार गरिनन्। पाँचांै विकेटका लागि चितवनकी कप्तान इन्दु र प्यारी चौधरीले अविजित २६ रनको साझेदारी गरेका थिए। इन्दुले १९ बलमा ४ चौका प्रहार गरिनन्। यस क्रममा इन्दुले सरस्वती कुमारीको अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार ३ चौका प्रहार गरेकी थिइन्।

क्याट क्विन्सकी कप्तान रुबिनाले टोलीले सम्हालिएको प्रदर्शन गर्न नसक्दा नतिजा सुम्पिनुपरेको बताइन्। ‘टोलीका जुनियर खेलाडी पूर्ण रूपमा सिनियर खेलाडीमा निर्भर भए। खेलको सुरुआतमै उनीहरू नर्भस भए,’ रुबिनाले भनिन्, ‘मैले व्यक्तिगत रूपमा पनि आज उत्कृष्ट प्रदर्शन गर्नै सकिनँ।’

प्रतियोगिताको विजेता टोली चितवनले नगद ७ लाख हात पार्दा उपविजेता क्याट क्विन्सले नगद ३ लाख हात पा¥यो। प्रतियोगितामा सर्वाधिक २ सय १४ रन जोडेकी रुबिना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै टिभिएस स्कुटर र नगद ५० हजारका साथै भारतीय क्रिकेट खेल सामग्री कम्पनी रेडरकको एक वर्षे सम्झौता प्राप्त गरिन्। त्यस्तै उत्कृष्ट बलर चितवनकी कविता गौतम (१० विकेट) र ब्याट्सवुमन चितवनकै काजोल श्रेष्ठ (१ सय ३४ रन) ले पनि समान २५ हजार र रेड रकसँग एक वर्षे सम्झौता पाए।क्याट क्विन्सकी इश्वरी विष्ट प्रतियोगिताको उदियमान खेलाडी बनिन्।

सर्वाधिक २ सय १४ रन जोडेकी रुबिना क्षत्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै टिभिएस स्कुटर, नगद ५० हजारका साथै भारतीय क्रिकेट खेल सामग्री कम्पनी रेडरकको एकवर्षे सम्झौता प्राप्त गरिन्।

प्रकाशित: ८ कार्तिक २०७६ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App