२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा अर्घाखाँची बन्द

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा अर्घाखाँचीमा भएको बिराध प्रदर्शन ।

 अर्जुन भुसाल

अर्घाखाँची–पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा  दर्ता गराएपछि   बुधबारदेखि  अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरिएको छ। बिहीबारपनि जिल्ला पूर्ण रुपमा बन्द रहेको छ।   जिल्लाबासीले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्। 

सन्धिखर्कमा बिहीबार  बिहान  विशाल बिरोध प्रदर्शन गरिएको छ । प्रदर्शन सन्धिखर्क बजार परिक्रमा गरी टुडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कान र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले सम्वोधन गरेका थिए।  सदरमुकाममा मात्र नभएर गाउँ गाउँमा पनि बिरोध जुलुस निक्लिरहेका छन्। नागरिक ग्रामीण क्षेत्रबाट आन्दोलन गर्न सदरमुकाम आएका छन्। बिहीबार भएको बिरोध प्रदर्शनमा उल्लेख्य मात्रामा सर्वसाधारणको सहभागिता रहेको  थियो। बन्दका कारण निजी क्षेत्रका बैंकसमेत बन्द भएका छन्।

बुधबार जिल्लामा क्रियाशील सबै राजनीतिक दलले प्रदेश टुक्राउने सकारको निर्णय गलत भएको भन्दै संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय गरेका थिए। जनताको चाहना विपरित ५ नम्बर प्रदेशलाई विखण्डन गर्नकालागि संशोधन विधेयक संसदमा लगिएको भन्दै पहाडी जिल्ला आन्दोलित बनेका छन्। पाँच नम्बर प्रदेशलाई टुक्राइएको विषयलाई लिएर अर्घाखाँची क्षेत्र नं. १ का सांसद तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले कडा बिरोध जनाएका छन्।  पाँच नम्बर प्रदेशलाई टुक्राउने नदिनका लागि आन्दोलनलाई कडा पार्ने यस क्षेत्रका सांसदहरुले चेतावनी दिएका छन्। सत्ता पक्ष माओवादी नेता रायमाझी र गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले खुलेरै बिरोध गरिरहेका छन्।  

उनीहरु नागरिकको पक्षमा उभिएको भन्दै बहुसंख्यक  अखण्ड पाँच नम्बर  पक्षधरहरु खुसी भएका छन्। आन्दोलनका कार्यक्रम तय गर्न १७ गते शुक्रबार बुटबलमा सर्बपक्षीय भेलाको आयोजना गरिने भएको छ। सो कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा प्यूठान क्षेत्र नं. १ का सांसद बामदेव गौतम,  एमाले उपमहासचिव तथा रुपेन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेल, एमाले सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्ट , माओवादी केन्द्रका संसदीय दलका उपनेतासमेत रहेका अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद रायमाझी, कांग्रेस केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद भण्डारी लगायतका नेताहरु आउने कार्यक्रम रहेको छ। उक्त भेलाबाट आन्दोलनका कार्यक्रमहरुको घाषणा गर्ने माओवादी नेता रायमाझीले बताए।

प्रकाशित: १६ मंसिर २०७३ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App