१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लव समूहको प्रतिवन्ध हटाउन सकिँदैन :मन्त्री बास्कोटा

काठमाडौं-  सरकार प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको प्रभाव विश्वभर परेको दावी गरे। बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको हो? भनि संचारकर्मीहरुले जिज्ञासा राखेपछि मन्त्री बास्कोटाले नेपालको पनि प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढेको बताए। 'नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ मन्त्री बास्कोटाले भने, 'देशको हितमा लाभहरु लिन र साझा हितका निम्ति भारत, चीन र अमेरिकासँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो।’

मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने अडान पनि राखे। उनले चन्द नेतृत्वको नेकपालाई हिँसा छोडन र संविधानको पालना गरेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन पनि सचेत गराए।  मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्विकार्य नहुने मन्त्री बास्कोटाको भनाई थियो।

मन्त्री बास्कोटाले हिंसा जारी राखेर आफ्ना बन्दीहरुलाई रिहा गर्ने चन्द नेतृत्वको नेकपाले गरेको माग सम्बोधन हुनै नसक्ने पनि स्पष्ट पारे।

 

 

 

  

प्रकाशित: ७ कार्तिक २०७६ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App